टुकुचामा भेटिएको राजाको गाडीबारे हिमानी शाहले मुख खोलिन,

२०७९ आश्विन १५ गते, शनिबार

केही दिनअघि टुकुचा उत्खनन क्रममा लक्ष्मी बैंकको निजी पार्किङमा भेटिएको पुरानो विलासी कारका बारेमा सर्वत्र चासो र चर्चा बढ्यो ।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा राजा महाराजाले चढ्ने त्यो गाडी अनधिकृत कसरी व्यक्तिको घरमा पुग्यो भन्ने बहसले ठाउँ पायो ।

यद्यपि दरबारका भौतिक संरचना संरक्षण गर्ने दायित्व पाएको नारायणहिटी संग्रहालय भने ६५ सालअघिको दरबारका सवारी साधनको लगत आफूसँग नभएको बताउँछ ।राजामहाराजा चढ्ने गाडी रातो नम्बर प्लेटको हुने गरेपनि यसमा फरक अवस्था पाइयो ।

जसका घरमा गाडी भेटियो, उनले आफूले कवाडी खानाबाट गाडी ल्याएको स्वीकार्छन ।गाडी राखिएको क्षेत्र उत्खनन हुन थालेपछि वषौंदेखि पार्किङमा रहेको ठाउँबाट तत्काल गाडी अन्यत्र सारिएको थियो

भिडियाे हेर्नु्स ।

यो पनि पढनुहोस्

दशैं वा बडा दशैँ (अन्य नाम) दशहरा, विजया दशमी नवरात्र आयुध–पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने दशैँ (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन विहान दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका९प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

विजया दशमी को दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो ।तर दशैँको शुरुवात कसरी भयो भन्ने शास्त्रमा फरक फरक उल्लेख छ । दशैँको टीका कहिलेबाट सुरुवात भएको एकीनसाथ भन्न नसकिने संस्कृतिविद् पनि बताउँछन् । दशैँको टीका लगाउने चलन महाभारतकालीन र रामायणकालीन परम्परा रहेको भन्ने श्लोकहरूले सिद्ध गरेको छ ।

‘भारत वर्षमा महाभारत र रामायणको ठूल्ठूला युद्ध भए । रामायणको युद्ध त भारत वर्षभन्दा बाहिर लंकामा भयो । ठूलो धनजनको क्षति भयो । तर, महावर्षमा त्यति प्रभाव पारेन । महाभारत युद्ध कुरु क्षेत्रमा भयो’, संस्कृतिविद् जगमान गुरुङले भन्नुभयो, ‘रामायण युद्ध राम र रावणबीच भयो ।

महाभारत युद्ध त भाइभाइबीच भयो । यी युद्धले विश्व विषाक्त भयो । धेरै महिला विधुवा भए । पारिवारिक संगठन भएन । राष्ट्रिय संगठन भएन । मानिसको मनस्थितिलाई जगाउन, पारिवारिक संगठन, समाज र राष्ट्रको संगठनका लागि ऋषिमुनीहरूले महाभारत र रामायण युद्धका महापात्रका नाम स्मरण गरेर श्लोक बनाएको छ । यो श्लोकको आधारमा दसैँको टीका महाभारतकालीन र रामायणकालीन परम्परा हो भन्ने सिद्ध हुन्छ ।’

दशैँको टीका सेतो नै

विजया दशमीको दिन रातो टीका र जमरा लगाउने गरिन्छ । तर, दशैँको टीका सुरुमा सेतो लगाउने गरिएको थियो । संस्कृतिविद् गुरुङका अनुसार दशैँको टीका चामल र दहीमा मुछेर लगाउने गरिएको थियो । तर, पछि रंङ र अबिरको उपलब्धतापछि मात्रै रातो टीका लगाउन थालिएको हो ।

नेपालमा धेरैजसो समुदायले दशैँलाई राष्ट्रिय चाडको रूपमा मनाउने गरे पनि यो चाड मनाउने तरिका र टीका लगाउने चलन समुदाय र भूगोल अनुसार फरक(फरक छ।कतै देवीको पूजा आराधनासहित बलि दिएर यो चाड मनाइन्छ भने कतै टीका जमरा मात्रै लगाएर पनि दशैँ मनाउने प्रचलन छ। कतिपय जनजाति समुदायले आफन्त भेटघाट र मिठो परिकार खाएर मात्रै पनि दशैँ मनाउने गरेका छन्।

संस्कृतिविद् र जानकारहरूका अनुसार नेपालमा जाति, भूगोल र परम्परा अनुसार दशैँमा रातो, सेतो, पहेँलो र कालो रङ्गको टीका लगाउने चलन छ।दशैँलाई प्रमुख चाडको रूपमा मनाउने हिन्दू ब्राह्मण र क्षेत्री समुदायका धेरैजसोले यो चाडमा रातो टीका लगाउँछन् भने राई, लिम्बु, मगर, गुरुङ, तामाङ र थारु समुदायका अधिकांशले दशैँमा सेतो टीका लगाउने गरेका छन्।

धेरैजसो बौद्ध मार्गीले दशैँ नमनाए पनि तामाङ समुदायका केहीले सेतो टीका लगाएर दशैँ मनाउने गरेका छन्। पछिल्लो समय कतिपय जनजातिहरूले पनि दशैँमा रातै टीका लगाउने गरेका छन्।

दशैँ मान्ने धेरै जसो नेवार समुदायमा दशैँमा रातो टीकाकै चलन भए पनि केही नेवारहरूले यो चाडमा कालो टीका पनि लगाउने प्रचलन छ। दैलेखको दुल्लुमा चाहिँ बेसार मिसाएर पहेँलो टीका लगाउने चलन रहे पनि त्यो चलन हट्दै गएको छ।कतिपयले दुल्लु क्षेत्रलाई नेपालका बाहुन जातिको उद्‌गमस्थल मान्ने गरेका छन्।

267 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal