राष्ट्रपति संस्था इमानदार भएन । सरकार भ्र,ष्ट भयाे । रवीन्द्र मिश्र

२०७९ आश्विन १२ गते, बुधबार

काठमाण्डाै = राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा राजसंस्था हुनैपर्ने अवस्था आएको जिकिर गर्नु भएकाे छ । राष्ट्रपतिजस्तो संस्थाले समेत इमानदारितापूर्वक काम गर्न न सकेकाले देशमा राज संस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उहाँको भनाइ थियो ।

आज बुधवार काठमाण्डाैमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठ्नुपर्ने राष्ट्रपति संस्था इमानदार नभएको, सरकार भ्र,ष्ट भएको भन्दै आपत्तिसमेत जनाउनु भयो । उहाँले देशले सङ्घीयता धान्नै नसक्ने जिकिर गर्नु भयो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि देश झनै कमजोर हुँदै गएको दाबी गर्नुभयो । उहाँले भन्नु भयो । हामी कमजोर, भ्र,ष्ट सरकार र समाज लिएर बसेका छौँ । राष्ट्रपति संस्था राजनीति भन्दा माथि उठ्नुपर्ने हो तर त्यो संस्थाले इमानदारिता पूर्वक काम गर्दैन । जहाँ प्रधानमन्त्रीको संस्थाले इमानदारिता पूर्वक काम गर्दैन ।

जहाँ प्रशासन र प्रहरीले इमानदारितापूर्वक काम गर्दैन । जहाँ सबै स्वार्थ केन्द्रित छन् । जुन देश भूराजनीतिकरूपले संवेदनशील छ । कुनै पनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि कुनै पनि किसिमको द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने ? स्पष्ट कुरा के हो भने यो देशकै निम्ति राजनीति गर्ने हो ।

देशको निम्ति राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशले दुःख पायो । समाज विकृत भयो । देशकै निम्ति राजनीति गर्ने हो भने राजसंस्था हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो । सङ्घीयता आर्थिकरूपमा मात्रै होइन, राजनीतिकरूपमा पनि धान्न सकिँदैन । भौगोलिक रूपमा त झन् सङ्घीयता धान्नै नसकिने गम्भीर विषय हो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले आफूमा भन्दा बढी नेपाली कांग्रेसमा विचलन आएको आ,रोप समेत लगाउनु भयो ।”

196 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal