भेटिएन नक्शा विमानस्थलभित्र बालेनको डोजर छिराउदै !

२०७९ आश्विन १० गते, सोमबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको जोडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भद्रगोल गरिरहेका छन् ।

अधिकारी र श्रेष्ठले नेपाल पर्यटन बोर्डको राजस्व कार्यालय बन्द गराइदिएका छन् । त्यही विमानस्थलभित्र डलर तस्करी काण्डमा पक्राउ परेर छुटेका विवादित व्यापारी सुवास श्रेष्ठले करीव १५ वर्षदेखि कौडीको भाउमा क्याफे अर्थात पसल सञ्चालन गरिरहेका छन् । सुवासलाई प्रदीपले कौडीको भाउमा पसल सञ्चालन गर्न दिएर राज्यलाई ठूलो नोक्सानी आरोप छ ।

प्रदीप र जीवनरामको मिलोमतोमा बोर्डको राजस्व उठाउने कार्याल बन्द गरिदिएका छन् । त्यस्तै भयो भने सेटिङमा मन्त्री र महानिर्देशक मिलेर आफ्नो मान्छेलाई व्यापार गर्न दिन सक्ने सम्भावना पनि छ ।

 

विवादास्पद व्यापारी सुवास डलर तस्करीको आरोपमा पक्राउ परेर छुटेका हुन् । सुरुवाती दिनमा सुवासको आर्थिक हैसियत खासै राम्रो थिएन । विमानस्थलभित्र छिरेपछि उनको आर्थिक हैसियत १५ वर्षमा कुनै ‘माडे’को भन्दा कम छैन । सुवासको आर्थिक आम्दान र सम्पत्तिमाथि छानविन गर्न पनि बेलाबेला माग उठ्ने गरेको छ ।

 

सुवासले करीव १५ वर्षदेखि अदालतका नाममा कौडीको भाउमा क्याफे र पसल सञ्चालन गरेपछि विरोध पनि भइरहेका छन् ।
स्रोतका अनुसार चलखेल गरेर प्राधिकरणका महानिर्देशक अधिकारीले सुवासलाई अहिले पनि पसल सञ्चालन गर्न दिएको आरोप छ ।

 

महानिर्देशक अधिकारीमा हिम्मत छभने टेण्डर निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय डिपाचारको कक्षमा रहेको सुवासको क्याफे र पसलको टेण्डर निकाल्नुपर्छ । त्यो टेण्डरमा जसको धेरै दररेट पर्छ त्यसलाई दिनुपर्छ । तर, प्रदीपले त्यो हिम्मत गर्न सक्दैनन् । किन भने प्राधिकरणका उच्च कर्मचारी र विवादास्पद व्यापारी सुवासबीच दुषित कुरामा मन मिलेको छ ।

क्याफे अर्थात पसल नगुमोस् भनेर सुवासले अदालतमा मुद्दा हाल्न पुगिहाल्छन् । अदालतबाट अन्तरिम आदेश ल्याएर करीव १५ वर्षदेखि विमानस्थल कब्जा गरेर बसेका छन् । सुवासको दादागिरी तोड्न न्यायालयले पनि सकेको छैन । न्यायालयले बोल्ड निर्णय गरिदिने हो भने विमानस्थलभित्र सुवास जस्ता व्यापारीको दादागिरी अन्त्य हुने थियो । राज्यलाई करोडौंको आम्दानी हुने थियो ।

 

तल्लो तहका कर्मचारीहरूले सुवास र प्राधिकरणबीचको मुद्दामा न्यायालयले छिटो फैसला गरिदिए ठीक ढंगले अगाडि बढ्न सकिन्थ्यो कि ? भन्ने धारणा राखेका छन् ।

 

प्राधिकरणलाई आजित बनाएका विवादित व्यापारी सुवास प्राधिकरणका तल्लो तहका कर्मचारीहरू डराउँछन् । महानिर्देशक अधिकारी र मन्त्री श्रेष्ठलाई गोजीमा हाले हिँड्ने हैसियत बनाएका सुवासले पार्किङको छेउमा कान्तिपुर क्याफेको नाममा सञ्चालनमा लिइएको सटरमा आफ्ना सबै कारोबार त्यहिँबाट गर्दै आएका छन् । स्टोरका रुपमा लिइएको सटरलाई सुवासले काठमाडौं उपत्यकाभित्र आफ्ना व्यापारको उत्पादनस्थल बनाएको आरोप कर्मचारीहरूको छ । उनले स्टोरका नाममा भाडामा लिइएको सो ठाउँमा कान्तिपुर क्याफे समेत सञ्चालनमा ल्याएका छन् । यो कुरामा पनि कर्मचारीहरू रिसाएका छन् ।

 

यस विषयमा प्रतिक्रिया लिन खोज्दा व्यापारी सुवाससँग सम्पर्क हुन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले सार्वजनिक खरिद ऐनअनुसार सुवास श्रेष्ठलाई क्याफे र पसल सञ्चालन गर्न दिइएको बताए । उनले सम्झौताअनुसार नै काम गर्न दिइएको बताएका छन् । प्रक्रिया लिन फोन गर्दा प्राधिकरणका महानिर्देशक अधिकारीले फोन उठाएनन् ।

 

प्राधिकरण र विमानस्थलका कर्मचारीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को आवश्यक्ता महशुस गरिरहेका छन् । बालेनको डोजर ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको विवादित व्यापारी सुवासको क्याफेसहितका सेटिङमा दिइएका अबैध संरचनालाई भत्काइदिनुपर्ने चर्चा हुने गरेको छ । प्राधिकरणभित्रको बेथिति र सुवास जस्ता व्यापारीका संरचना भत्काउन बालेन जस्तो हिम्मत भएको व्यक्ति आवश्यक रहेको चर्चा प्राधिकरण र मन्त्रालयमा हुने गरेको छ ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal