बालेन वि,रुद्ध उभिए पर्यटन मन्त्री। अब के होला ?”

२०७९ आश्विन १० गते, सोमबार

काठमाडौं=संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भ त्काउने काम गर्नु नहुने बताएका छन् ।

 

पहिलाका भौतिक संरचनाहरुको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनु पर्ने बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाए । उनले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नु पर्नेमा जोड दिए ।

 

काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन् । त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानु पर्छ । शहरका पहिलाका घरहरु जस्ता छन् त्यस्तै राख्नु पर्छ ।

साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भ त्काउने यसलाई मास्ने कामहरु गर्नु हुँदैन । हिजो जुन खालको यो शहरको बनावट छ। त्यसको अवस्था छ।त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ। उनले भने ।

मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए । मन्त्रालयले पुरानै शैलीमा संरचनाहरुको स्थापना गर्ने योजना बनाएको बताए । उनले पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्ने बारेमा पनि मन्त्रालयले कयोजनावद्ध रुपमा काम गरिरहेको बताए ।

 

हनुमान ढोका देखि स्वयम्भूसम्म २,२ किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ । पर्यटकहरुलाई शान्तिपूर्ण रुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदामार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए । यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने उल्लेख गरे ।

 

उनले पुराना सीप, शैली,पेशा, व्यवसायलाई पुन स्थापित गरी कसरी रोजगारी सिर्जना गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताए । काठमाडौंका पर्यटकीय स्थानको भ्रमणका लागि पर्यटकहरुलाई घुमाउन ४० जना जनशक्ति सञ्चालन गरेको बताए ।

 

मन्त्री श्रेष्ठले पर्यटकहरुले शान्तिपूर्ण रुपमा यात्रा गर्न नपाएको गुनासो गरिरहेको भन्दै यो सम्पदा मार्गमा सम्भव भएसम्म मोटरसाइकल, अन्य सवारी चल्न नदिने गरी निर्माणको व्यवस्था गरेको बताए ।

92 Views

ताजा

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’

२०८२ आश्विन २७ गते, सोमबार

बक्स अफिसमा ‘कान्तारा २’को आँधी

२०८२ आश्विन २७ गते, सोमबार

मेची राजमार्ग तत्काल नखुल्ने

२०८२ आश्विन २७ गते, सोमबार

देश हामीले नबनाए कसले बनाउँछ ?

२०८२ आश्विन २७ गते, सोमबार

जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ

२०८२ आश्विन २७ गते, सोमबार

विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै

२०८२ आश्विन २७ गते, सोमबार

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

२०८२ भाद्र २९ गते, आईतवार

रेशम चौधरीले छोडे नाउपा

२०८२ भाद्र २९ गते, आईतवार

आज मन्त्रिपरिषद् विस्तारको तयारी

२०८२ भाद्र २९ गते, आईतवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal