‘म कामलाई हल्का रूपमा लिन्न’
लालमणि पौडेल, सिनेमाटोग्राफर
नेपाली म्युजिक भिडियो तथा टेलिभिजन कार्यक्रमका कुशल छायाँकारका रूपमा आफूलाई स्थापित गराउन सफल छन् लालमणि पौडेल । विगत डेढ दशकदेखि यस क्षेत्रमा क्रियाशील उनले थुप्रै टेलिभिजन कार्यक्रम र म्युजिक भिडियो छायाँकन गरेका छन् । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बिहान ९ बजे प्रशारण हुँदै आएको कार्यक्रम विकास र बहसमा हालसम्म क्रियाशील उनले विशेषगरी आधुनिक कृषि उत्पादन, व्यवसायिक कृषिपालन र वस्तुको विविधीकरणसम्बन्धी थुप्रै वृत्तचित्र छायाँकन गरिसकेका छन् । बुध्दभूमि न.पा. २, गोरुसिंगे, कपिलवस्तुका स्थानीय वासिन्दा लालमणि पौडेल हाल काठमाडौंलाई कर्मथलो बनाउँदै आएका छन् । अनुशासित तथा क्षमतावान छायाँकारको परिचय बनाएका लालमणि पौडेलसंग गरेको कुराकानीको अंशः
० छायाँकार कसरी बन्नुभयो ?
अध्ययनका लागि राजधानी काठमाडौं छिरियो । त्यतिबेला हाँस्य टेलिशृंखलाहरूको अत्यन्तै क्रेज थियो । हाम्रो क्षेत्रका प्रख्यात हाँस्यकलाकार तथा टेलिभिजनकर्मी शेखर खनालजी टेलिभिजन कार्यक्रम निर्माण र ‘झ्याइँ कुटी झ्याइँ’ हाँस्य शृंखला निर्माण तथा निर्देशन गर्दै हुनुहुन्थ्यो । सुरुमा हाँस्य कलाकारको रूपमा प्रवेश गरेको म यस क्षेत्रको क्रेजका कारण अन्ततः छायाँकार बन्न पुगे । अहिले पनि निरन्तर काम गर्दैछु ।
० किन छायाँकार नै बन्नु भयो त ?
टेलिभिजन कार्यक्रममा छायाँकारको राम्रो माग थियो । अर्को कुरा छायाँकारबिना कसैको काम हुन सक्दैनथ्यो । भनेजति काम र दाम पाउनेहुँदा छयाँकार बने ।
० वर्तमान अवस्था कस्तो छ छायाँकारको ?
पहिलेभन्दा अहिले क्रेज बढेको छ । मैले निरन्तर काम गरिरहेको छु । कोभिड १९ को संक्रमणका कारण केही समय अन्योलता थियो । तर पछि विस्तारै हामी फर्ममा आइसकेका छौ । राम्रो काम गर्नेहरूको जहाँ पनि माग हुने गरेको छ । म आफूले प्राप्त गरेको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने भएकाले पनि होला सबैले रोज्नुहुन्छ ।
० टेलिभिजन कार्यक्रम र म्युजिक भिडियोमा भिन्नता के छ ?
म्युजिक भिडियोमा विशेषगरी कथानक निर्माण गरी कलाकारहरूबाट काम लिइन्छ । यसमा केही नाटकीयता, केही बनावटी र केही मानवीय समवेदनालाई समावेश गरी म्युजिक भिडियो निर्माण हुन्छ । दर्शकलाई बाँधेर राख्ने खालको अभिनय, भेषभूषा, लोकेशन आदिको प्रयोग गरिन्छ भने टेलिभिजन कार्यक्रममा वास्तविकताको नजिक भएर यथार्थवादी अवस्थालाई चित्रित गर्नुपर्ने हुन्छ । टेलिभिजन कार्यक्रममा प्रयोग हुने रिपोर्ट र वृत्तचित्रमा विषयको गम्भीरता र आवश्यकतालाई मिहिन ढंगले केलाउनु पर्दछ । दर्शकलाई सही सूचना दिन सक्नुपर्दछ अर्थात म्युजिक भिडियोले स्टार जन्माउँछ भने टेलिभिजन कार्यक्रमले वास्तविकताको खोजी गर्दछ ।
० संघर्ष कतिको गर्नु पर्यो ?
जीवन नै संघर्ष हो भन्ने राम्रोसंग बुझेको थिइन त्यो उमेरमा तैपनि काम सिकियो, गर्दै गइयो । राम्रो आम्दानी र क्रेज पनि बनाइयो । तर अहिले आएर बल्ल संघर्ष सुरु भएको छ । एकभन्दा अर्काे राम्रो काम गर्नु परेको छ । नयाँ नयाँ प्रविधिबारे अध्ययन, अनुसन्धान गर्नुपर्ने अवस्था छ । वास्तवममा भोकले मर्ने अवस्था नआए पनि आज पनि आफूलाई भिन्न परिचय दिलाउन संघर्ष गर्न परिरहेको छ ।
० तपाईंको विशेषता के के छन् ?
म कहिल्यै पनि कामलाई हल्का रूपमा लिन्न । काम चाहे सानो होस् या ठूलो । आफ्नो होस् या अरूको सबैलाई बराबर महत्व दिन्छु र अर्को कुरा मैले नबुझेको विषय स्पष्ट रूपमा नबुझ्दासम्म त्यो काममा हात हाल्दिन । म छलफल गर्छु टिमसंग, प्रविधिगत विषय भए अध्ययन अनुसन्धान खोज गर्ने गर्छु । तबमात्र म आफूलाई अघि सार्छु । यही नै मेरो प्रमुख विशेषता हो ।
० नव प्रवेशीहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
कुनै क्षेत्रमा प्रवेश गर्दा लहडको मारमा नजानुहोस् । आफ्नो रुचिको काम गर्दा मानिस भोको भएर पनि गुनासो गर्दैन । यसर्थ जुन क्षेत्रमा जाने सोच बनाउनु भएको छ त्यस विषयको अध्ययन, विश्लेषण गरेरमात्रै प्रवेश गर्ने काम गर्नुहोला । अर्थात प्रतिबद्धतापूर्ण प्रवेश गर्नुभयो भने निराश हुने दिन आउने छैन ।
० श्रव्यदृश्यको क्षेत्रमा रोजगारी सिर्जना गर्न सक्ने अवस्था कत्तिको छ ?
अहिले हाम्रो गीत संगीत क्षेत्र पनि विशाल भएको छ । थुप्रै टेलिभिजन सञ्चालनमा छन् । वृत्तचित्रहरू निर्माणको क्रम तीव्र छ । सर्ट फिल्मलगायत प्रचारप्रसार सामग्रीहरू थुप्रै निर्माण हुन थालेका छन् । चलचित्र निर्माण पनि व्यापक रूपमा हुँदै आएका छन् । यी लगायत थुप्रै प्रचार प्रसारात्मक सामग्रीहरू निर्माण हुँदै आएका कारण नेपालमा श्रव्यदृश्य क्षेत्रको बजार ठूलो छ । विज्ञता र अनुभव भएका सर्जकहरूको माग दिनप्रतिदिन बढ्दै गएको छ ।
० आफ्ना दर्शक तथा पाठकहरूलाई के भन्न चाहनुहुन्छ ?
संघर्षबाट खारिएको एउटा दिब्य सपना संगाल्ले मान्छे हुँ । मलाई र मेरो कामलाई माया गरिदिनुहोला । म आफूले जानेको, बुझेको र अनुभव गरेको काममा सतप्रतिशत योगदान दिने प्रतिबद्धता व्यक्त गर्दछु । यो क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई आवश्यक सल्लाह सुझाव र अवसर प्रदान गर्न कटिबद्ध रहने वचन दिलाउन चाहन्छु ।
० तपाईंको भावी योजना के के छन् ?
लक्ष्य र योजना मानिसका अनगिन्ती हुन्छन् । मेरा पनि छन् तर यो क्षेत्रभन्दा बाहिर जाने मानसिकतामा म छैन । मेरा केही योजनाहरू छन् । म निर्देशनतर्फ पनि आकर्षित छु । थुप्रै म्युजिक भिडियो निर्देशन गरेको छु । हाम्रो गाउँ ठाउँमा रहेका यथार्थवादी कथाहरूलाई खोजी केही साथीहरुको टिम मिलेर चलचित्र निर्माण गर्ने योजना छ ।
० तपाईको यो सफलता प्रति कसलाई श्रेय दिनु हुन्छ ?
मलाई सुरुवाती समयमा यो क्षेत्रमा लाग्न प्रेरणा र हौसला दिनु हुने कलाकार, निर्देशक तथा मिडियाकर्मी शेखर खनाल दाइ र यसै क्षेत्रमा निरन्तर लागि रहन प्रेरित गरिरहने मेरी जीवन संगिनी उमा पौडेललाई दिन चाहन्छु ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





