निमन्त्रणापत्र लिएर मत माग्न जाँदै काठमाडौं २ का स्वतन्त्र उम्मेदवार सुवेदी
काठमाडौं । काठमाडौं २ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका कोषराज सुवेदी मत माग्न जाँदा निमन्त्रणापत्र लिएर गाउँगाउँ जाने भएका छन् ।
उनले जनतालाई आफ्नो पक्षमा मतदान गर्न निमन्त्रणापत्र बाँड्ने योजना बनाएका हुन् । ‘म अलिकति फरक काम गर्छु, अरु नेता घोषणापत्र लिएर जान्छन् म निमन्त्रणापत्र लिएर उनले भने ‘निमन्त्रणापत्रमा केही खालि ठाउँ छोडिएको हुन्छ, जसमा मतदाताले आफ्नो कुरा लेख्नुहुन्छ र निर्वाचन जितेपछि म त्यसलाई घोषणापत्र बनाउँछु ।’ उनले जितेपछिमात्र घोषणापत्र बनाउने जनाएका छन् । निकै लामो समयदेखि यो क्षेत्रमा उठ्ने तयारी गरेका उनले जनताको समस्या के छ भन्ने आफूले बुझेको बताएका छन् । जनताको समस्या आफ्नै समस्या भएको ठान्ने उनी जनताले नयाँ र सक्षम नेतृत्व खोजेकाले आफू अघि बढेको बताउँछन् । हिजोसम्म राजनीति गर्नेहरुले सधैं जनताका नाममा राजनीति गरेको तर जनताको जीवनस्तरमा सुधार ल्याउन नसकेको बताएका छन् । ‘म अभियान लिएर गाउँमा जाँदा नागरिकहरु उत्साहित हुनुभएको छ, मैले आफ्ना कुरा राखेपछि उहाँहरु विश्वस्त हुनुभएको छ’ उनले भने ‘म उम्मेदवार हुँ, अरु पार्टीका पनि उम्मेदवार हुनुहुन्छ, को को उम्मेदवार भन्नेतिर मैले ध्यान दिएको छैन, कसरी जनताको मन जितेर निर्वाचन जित्ने र जनतालाई न्याया दिने त्यहीमात्र मेरो उद्येश्य हो ।’
उनले नयाँनयाँ कार्यक्रम घोषणा गरेका छन् । आफू किसानको छोरो भएकाले किसानका कुरालाई उनले प्राथमिकतामा राखेका छन् । कृषिबाट क्रान्ति गर्न सकिन्छ भन्ने उनी थप्छन् ‘हाम्रो देशमा जहाँ जेमा पनि सम्भावना छ तर अहिलेसम्म शासन गरेकाले त्यसलाई बुझ्न सकेनन् त्यसैले म र हामीजस्ताको खाँचो छ अहिले ।’ कृषिको समृद्धिबाट देश विकास सम्भव छ भन्ने उनी आर्थिक क्षेत्रमा देखिएको नीतिगत भ्रष्टाचारको विरुद्धमा बोल्दै आएका छन् ।
एक प्रतिष्ठित वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतसमेत भइसकेका उनी डिजिटल नेपाल बनाउने लक्ष्य लिएर अघि बढेका छन् । ‘अर्थतन्त्रभित्र देखिएका धमिराहरुको अन्त्य गर्नु छ, सदनमा सधैं जनताका आवाज उठाउँछु’ उनले भने ‘मेरा धेरै योजना छन्, अहिले नै बाहिर सार्वजनिक गर्दा अरु नेताले पनि मेरो योजना चोर्ने भएकाले सबै कुरा सार्वजनिक गर्दिन ।’ उनले सोचसँग समृद्धि, समुन्नत लोकतन्त्र, दीगो पूर्वाधार, आर्थिक पारदर्शितालगायतका एजेण्डा बनाएका छन् । ‘मसँग छुट्टै भिजन छ जसले देश बनाउँछ र जनतालाई न्याया दिन्छ त्यसैले पनि म जनप्रतिनिधि हुनुपर्छ’ उनले भने ‘ दलहरुले हिजोको जस्तो गाना गाएर हुँदैन, अहिलेसम्म उनीहरुले देशलाई कुन अवस्थामा पु¥याए भन्ने जनताले राम्रो बुझेका छन् त्यसैले म नै सबैको साझा उम्मेदवार हुँ ।’
One thought on “निमन्त्रणापत्र लिएर मत माग्न जाँदै काठमाडौं २ का स्वतन्त्र उम्मेदवार सुवेदी”
Leave a Reply
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार






I want u winner . What i can help u ? 1 week my son pathaun sakchhu . Lokanthalima baser bachalar patdai chha .