निमन्त्रणापत्र लिएर मत माग्न जाँदै काठमाडौं २ का स्वतन्त्र उम्मेदवार सुवेदी

२०७९ आश्विन २ गते, आईतवार

काठमाडौं । काठमाडौं २ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका कोषराज सुवेदी मत माग्न जाँदा निमन्त्रणापत्र लिएर गाउँगाउँ जाने भएका छन् ।
उनले जनतालाई आफ्नो पक्षमा मतदान गर्न निमन्त्रणापत्र बाँड्ने योजना बनाएका हुन् । ‘म अलिकति फरक काम गर्छु, अरु नेता घोषणापत्र लिएर जान्छन् म निमन्त्रणापत्र लिएर उनले भने ‘निमन्त्रणापत्रमा केही खालि ठाउँ छोडिएको हुन्छ, जसमा मतदाताले आफ्नो कुरा लेख्नुहुन्छ र निर्वाचन जितेपछि म त्यसलाई घोषणापत्र बनाउँछु ।’ उनले जितेपछिमात्र घोषणापत्र बनाउने जनाएका छन् । निकै लामो समयदेखि यो क्षेत्रमा उठ्ने तयारी गरेका उनले जनताको समस्या के छ भन्ने आफूले बुझेको बताएका छन् । जनताको समस्या आफ्नै समस्या भएको ठान्ने उनी जनताले नयाँ र सक्षम नेतृत्व खोजेकाले आफू अघि बढेको बताउँछन् । हिजोसम्म राजनीति गर्नेहरुले सधैं जनताका नाममा राजनीति गरेको तर जनताको जीवनस्तरमा सुधार ल्याउन नसकेको बताएका छन् । ‘म अभियान लिएर गाउँमा जाँदा नागरिकहरु उत्साहित हुनुभएको छ, मैले आफ्ना कुरा राखेपछि उहाँहरु विश्वस्त हुनुभएको छ’ उनले भने ‘म उम्मेदवार हुँ, अरु पार्टीका पनि उम्मेदवार हुनुहुन्छ, को को उम्मेदवार भन्नेतिर मैले ध्यान दिएको छैन, कसरी जनताको मन जितेर निर्वाचन जित्ने र जनतालाई न्याया दिने त्यहीमात्र मेरो उद्येश्य हो ।’
उनले नयाँनयाँ कार्यक्रम घोषणा गरेका छन् । आफू किसानको छोरो भएकाले किसानका कुरालाई उनले प्राथमिकतामा राखेका छन् । कृषिबाट क्रान्ति गर्न सकिन्छ भन्ने उनी थप्छन् ‘हाम्रो देशमा जहाँ जेमा पनि सम्भावना छ तर अहिलेसम्म शासन गरेकाले त्यसलाई बुझ्न सकेनन् त्यसैले म र हामीजस्ताको खाँचो छ अहिले ।’ कृषिको समृद्धिबाट देश विकास सम्भव छ भन्ने उनी आर्थिक क्षेत्रमा देखिएको नीतिगत भ्रष्टाचारको विरुद्धमा बोल्दै आएका छन् ।

एक प्रतिष्ठित वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतसमेत भइसकेका उनी डिजिटल नेपाल बनाउने लक्ष्य लिएर अघि बढेका छन् । ‘अर्थतन्त्रभित्र देखिएका धमिराहरुको अन्त्य गर्नु छ, सदनमा सधैं जनताका आवाज उठाउँछु’ उनले भने ‘मेरा धेरै योजना छन्, अहिले नै बाहिर सार्वजनिक गर्दा अरु नेताले पनि मेरो योजना चोर्ने भएकाले सबै कुरा सार्वजनिक गर्दिन ।’ उनले सोचसँग समृद्धि, समुन्नत लोकतन्त्र, दीगो पूर्वाधार, आर्थिक पारदर्शितालगायतका एजेण्डा बनाएका छन् । ‘मसँग छुट्टै भिजन छ जसले देश बनाउँछ र जनतालाई न्याया दिन्छ त्यसैले पनि म जनप्रतिनिधि हुनुपर्छ’ उनले भने ‘ दलहरुले हिजोको जस्तो गाना गाएर हुँदैन, अहिलेसम्म उनीहरुले देशलाई कुन अवस्थामा पु¥याए भन्ने जनताले राम्रो बुझेका छन् त्यसैले म नै सबैको साझा उम्मेदवार हुँ ।’

281 Views

One thought on “निमन्त्रणापत्र लिएर मत माग्न जाँदै काठमाडौं २ का स्वतन्त्र उम्मेदवार सुवेदी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal