निमन्त्रणापत्र लिएर मत माग्न जाँदै काठमाडौं २ का स्वतन्त्र उम्मेदवार सुवेदी

२०७९ आश्विन २ गते, आईतवार

काठमाडौं । काठमाडौं २ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका कोषराज सुवेदी मत माग्न जाँदा निमन्त्रणापत्र लिएर गाउँगाउँ जाने भएका छन् ।
उनले जनतालाई आफ्नो पक्षमा मतदान गर्न निमन्त्रणापत्र बाँड्ने योजना बनाएका हुन् । ‘म अलिकति फरक काम गर्छु, अरु नेता घोषणापत्र लिएर जान्छन् म निमन्त्रणापत्र लिएर उनले भने ‘निमन्त्रणापत्रमा केही खालि ठाउँ छोडिएको हुन्छ, जसमा मतदाताले आफ्नो कुरा लेख्नुहुन्छ र निर्वाचन जितेपछि म त्यसलाई घोषणापत्र बनाउँछु ।’ उनले जितेपछिमात्र घोषणापत्र बनाउने जनाएका छन् । निकै लामो समयदेखि यो क्षेत्रमा उठ्ने तयारी गरेका उनले जनताको समस्या के छ भन्ने आफूले बुझेको बताएका छन् । जनताको समस्या आफ्नै समस्या भएको ठान्ने उनी जनताले नयाँ र सक्षम नेतृत्व खोजेकाले आफू अघि बढेको बताउँछन् । हिजोसम्म राजनीति गर्नेहरुले सधैं जनताका नाममा राजनीति गरेको तर जनताको जीवनस्तरमा सुधार ल्याउन नसकेको बताएका छन् । ‘म अभियान लिएर गाउँमा जाँदा नागरिकहरु उत्साहित हुनुभएको छ, मैले आफ्ना कुरा राखेपछि उहाँहरु विश्वस्त हुनुभएको छ’ उनले भने ‘म उम्मेदवार हुँ, अरु पार्टीका पनि उम्मेदवार हुनुहुन्छ, को को उम्मेदवार भन्नेतिर मैले ध्यान दिएको छैन, कसरी जनताको मन जितेर निर्वाचन जित्ने र जनतालाई न्याया दिने त्यहीमात्र मेरो उद्येश्य हो ।’
उनले नयाँनयाँ कार्यक्रम घोषणा गरेका छन् । आफू किसानको छोरो भएकाले किसानका कुरालाई उनले प्राथमिकतामा राखेका छन् । कृषिबाट क्रान्ति गर्न सकिन्छ भन्ने उनी थप्छन् ‘हाम्रो देशमा जहाँ जेमा पनि सम्भावना छ तर अहिलेसम्म शासन गरेकाले त्यसलाई बुझ्न सकेनन् त्यसैले म र हामीजस्ताको खाँचो छ अहिले ।’ कृषिको समृद्धिबाट देश विकास सम्भव छ भन्ने उनी आर्थिक क्षेत्रमा देखिएको नीतिगत भ्रष्टाचारको विरुद्धमा बोल्दै आएका छन् ।

एक प्रतिष्ठित वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतसमेत भइसकेका उनी डिजिटल नेपाल बनाउने लक्ष्य लिएर अघि बढेका छन् । ‘अर्थतन्त्रभित्र देखिएका धमिराहरुको अन्त्य गर्नु छ, सदनमा सधैं जनताका आवाज उठाउँछु’ उनले भने ‘मेरा धेरै योजना छन्, अहिले नै बाहिर सार्वजनिक गर्दा अरु नेताले पनि मेरो योजना चोर्ने भएकाले सबै कुरा सार्वजनिक गर्दिन ।’ उनले सोचसँग समृद्धि, समुन्नत लोकतन्त्र, दीगो पूर्वाधार, आर्थिक पारदर्शितालगायतका एजेण्डा बनाएका छन् । ‘मसँग छुट्टै भिजन छ जसले देश बनाउँछ र जनतालाई न्याया दिन्छ त्यसैले पनि म जनप्रतिनिधि हुनुपर्छ’ उनले भने ‘ दलहरुले हिजोको जस्तो गाना गाएर हुँदैन, अहिलेसम्म उनीहरुले देशलाई कुन अवस्थामा पु¥याए भन्ने जनताले राम्रो बुझेका छन् त्यसैले म नै सबैको साझा उम्मेदवार हुँ ।’

213 Views

ताजा

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal