देशभरकै १६औं उत्कृष्ठ विद्यालयमा विश्व निकेतन मावि

२०७९ आश्विन २ गते, आईतवार

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन मावि देशभरकै उत्कृष्ठ १६ औं विद्यालय घोषित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको मूल्यांकनमा यो विद्यालय १६औं स्थानमा आउन सफल भएको हो । देशभरका निजी र सामुदायिक विद्यालयको मूल्यांकन गर्दा यो विद्यालय काठमाडौं जिल्लाको दोश्रो उत्कृष्ठ विद्यालय बनेको छ ।
४ हजार ८ सय ६७ विद्यालयको मूल्यांकन परीक्षण केन्द्रले गरेको थियो । विश्व निकेतनले ८७.०३ नम्बर पाएको छ । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, शुभचिन्तक, समुदाय र अन्यको सहयोगमा विद्यालयले प्रगति गरेको बताए । प्रधानाध्यापक कँडेलले आगामी दिनमा पनि विद्यालयलाई उत्कृष्ठ बनाउँदै लाने प्रतिबद्धता जनाए । परीक्षण केन्द्रले भदौ २३ गते यो नतिजा सार्वजनिक गरेको हो ।
२००३ साल माघ १९ गते स्थापना भएको यो विद्यालयमा अहिले ४ हजार ६ जना विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक कँडेलले विद्यालय उत्कृष्ठ घोषित भएपछि सरकारले केही सहुलियत दिने बताए । विद्यार्थीको संख्या, भौतिक पूर्वाधार, नियमित पठनपाठन, विद्यालयको वातावरण, कक्षा कोठाको अवस्था लगायतको मूल्यांकन गरेर परीक्षण केन्द्रले यो नतिजा प्रकाशन गरेको हो । प्रधानाध्यापक कँडेलले सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन आफू लागिपरेको बताएका छन् । ‘नियमित रुपमा विद्यार्थीहरु भर्नाका लागि आउँछन् सबै विद्यार्थीलाई भर्ना लिन सम्भव छैन’ प्रधानाध्यापक कँडेलले भने ‘धेरै दुःख र संघर्ष गर्दै यहाँसम्म आएका छौं, अबको दिनमा पनि यो विश्वासलाई थप मजबुद बनाउँदै लैजाने छौं ।’

336 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal