फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगर

२०७९ भाद्र ३१ गते, शुक्रबार

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् ।

जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गरेका हुन् ।

फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरले प्रदर्शन गर्दै महानगर घेराउ गरेका हुन् ।

साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका हुन् ।जिविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको उनीहरुले बताएका छन् ।

याे पानी – नेपाल टेलिकमले आजदेखि ई-सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । अहिले फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ ।

त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ।

नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने छिट्टै यो सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले यो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो ।

ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा लगाउन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।

अहिलेका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्ने टेलिकमले जानकारी दिएको छ।

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal