फुटपाथ व्यवसायीको माग! न्यूरोड, कोटेश्वर, कलङ्की, चाबहिल, नयाँ बसपार्क क्षेत्रमा दसैँसम्म व्यवसाय गर्न पाउँ भन्दै आग्रह …

२०७९ भाद्र ३० गते, बिहीबार

काठमाडौँ महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् ।

काठमाडौँको माछापोखरी सडकको किनारामा विगत ३० वर्षदेखि कपडा बेच्दै आउनुभएका नुवाकोटका बलराम भेटवालले दसैँको समयमा काम गर्न दिन आग्रह गर्नुभयो । “हामी महानगरपालिकालाई सहयोग गर्न तयार छौँ, हामीले किनेर ल्याएको कपडा दसैँ अगाडिसम्म बिक्री गर्न दिइयोस्”, उहाँ भन्नुहुन्छ ।

भक्तपुरका भरत बस्नेत विगत ३३ वर्षदेखि माछापोखरीमा लत्ताकपडा बिक्री गर्दै आउनुभएको छ । “हामी बिहान दुई घण्टा र बेलुका दुई घण्टा कपडा बेच्दै आएका छौँ, दसैँ मुखमा आएको छ, दसैँको मुखमा हाम्रो रोजिरोटी नखोसियोस्”, बस्नेत भन्नुहुन्छ ।

माछापोखरी क्षेत्र मात्र नभएर काठमाडौँको मुख्य क्षेत्र न्यूरोड, कोटेश्वर, कलङ्की, चाबहिल, नयाँ बसपार्क क्षेत्रमा रातका समयमा फुटपाथमा सामान राखेर बिक्री वितरण हुँदै आएको छ । उनीहरुले भने व्यापार व्यवसाय गरेबापत हाल कसैलाई पनि कर तथा भाडा तिर्दैनन् ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे अनाधिकृत संरचना र फुटपाथ व्यवसाय हटाउने नीति महानगरपालिकाले लिएको बताउनुहुन्छ । “महानगरपालिकाले लिएको नीति पालना गर्ने दायित्व नगर प्रहरीको हो, जनप्रतिनिधिको आदेशअनुसार नगर प्रहरीले अनधिकृतरुपमा बनाएका संरचना र फुटपाथ व्यापार हटाउन लागेको हो”, उहाँ भन्नुहुन्छ ।

227 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई

२०८३ मंसिर ११ गते, शुक्रबार

सुकुम्वासीको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्णः डा. भट्टराई

२०८३ मंसिर ११ गते, शुक्रबार

मंसिर १७ गते गृहमन्त्री सुधन गुरुङको बिहे

२०८३ मंसिर ११ गते, शुक्रबार

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

२०८३ मंसिर ११ गते, शुक्रबार

बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना

२०८३ मंसिर ११ गते, शुक्रबार

साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु

२०८३ मंसिर ११ गते, शुक्रबार

विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

२०८३ मंसिर ११ गते, शुक्रबार

‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने

२०८३ मंसिर १० गते, बिहीबार

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

२०८३ मंसिर १० गते, बिहीबार

‘सामूहिक गिरफ्तारी गर’ भन्दै पत्रकार सडकमा

२०८३ मंसिर १० गते, बिहीबार

तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष

२०८३ मंसिर १० गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal