नेपालमा टिकटक बन्द गराएरै छाड्ने घोषणा, एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै ज्ञापनपत्र…यो कदम ठीक कि बेठिक ?

२०७९ भाद्र ३० गते, बिहीबार

सामाजिक सञ्जाल टिकटक एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै युवाहरूको समूहले जनकपुरमा प्रदर्शन गरेका छन्। टिकटक बन्द संघर्ष समितिको ब्यानर लिएर युवा समूहले प्रदर्शनका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएका छन्।

टिकटक एपमार्फत् देशको आर्थिक, समाजिक, शैक्षिक, सांस्कृतिक लगायतका क्षेत्रमा प्रहार भइरहेकाले सरकारले तुरून्त एप बन्द गर्नुपर्ने समितिको माग छ। यस एपमार्फत् महिलाको शारीरिक शोषण समेत भइरहेकाले समितिले मुख्यमन्त्री कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।

‘नेपाली तथा विदेशी युवाहरूले हाम्रा समाजका महिलालाई प्रलोभनमा पारेर आफ्नो गोप्य अंग देखाउन बाध्य पार्छन् र यसले विदेशमा बस्ने युवाहरूको आर्थिक र मानसिक स्वास्थ्यमा समेत असर गर्छ,’ ज्ञापनपत्रमा भनिएको छ,‘टिकटकका कारण धेरै आमाबुवाले आफ्ना छोराछोरी गुमाएका छन्। साथै यसलाई हाम्रो सामाजिक, संस्कृतिसँग तुलना गर्ने हो भने हाम्रो समाज ठूलो संकटमा पर्ने देखिन्छ।’

कला प्रदर्शनीको बहानामा अश्लिलता, अभ्रदता फैलिने क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेकाले टिकटक एपमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने समितिका संयोजक सुमन चौधरीले बताए।

‘धेरै विद्यार्थीहरूले टिकटक एपका कारण राम्ररी पढ्न पाएका छैनन्। दिनभर फलोअर कसरी बढाउने, गिफ्ट कसरी पाउने, स्टार कसरी बन्ने होडमा गइरहेको देखिन्छ, ‘ उनले भने, ‘३ लाख रुपैयाँ खर्च गरेर हाम्रा देशका युवा विदेश कमाउन जान्छन्। टिकटक स्टारले गोप्य अंग देखाउने शर्तमा उनीहरूबाट महँगो गिफ्ट तान्छन्। धेरै युवाले घरमा पैसा नै पठाउँदैनन्। दिनभर टिकटकमै लागेका हुन्छन्। यसले धेरैको घर परिवारै बर्बाद भएको धेरै घटना भएको छ।’

पछिल्लो समय टिकटकमा गिफ्ट पाउने चक्करमा केही युवतीको एमएमएस भिडिओ समेत बाहिरिएको उनको भनाइ छ। टिकटक बन्द संघर्ष समितिले आन्दोलनको क्रममा यसअघि मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारीलाई यो एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

108 Views

ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

२०८२ जेष्ठ २ गते, शुक्रबार

राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक

२०८२ जेष्ठ २ गते, शुक्रबार

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

२०८२ जेष्ठ २ गते, शुक्रबार

‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन

२०८२ जेष्ठ २ गते, शुक्रबार

मखनटोलमा आगलागी, एक जनाको मृत्यु

२०८२ बैशाख ३१ गते, बुधबार

दक्षिण कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’ सरकारंद्वारा स्थगित

२०८२ बैशाख ३० गते, मंगलवार

रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२०८२ बैशाख ३० गते, मंगलवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal