नेपालमा टिकटक बन्द गराएरै छाड्ने घोषणा, एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै ज्ञापनपत्र…यो कदम ठीक कि बेठिक ?
सामाजिक सञ्जाल टिकटक एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै युवाहरूको समूहले जनकपुरमा प्रदर्शन गरेका छन्। टिकटक बन्द संघर्ष समितिको ब्यानर लिएर युवा समूहले प्रदर्शनका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएका छन्।
टिकटक एपमार्फत् देशको आर्थिक, समाजिक, शैक्षिक, सांस्कृतिक लगायतका क्षेत्रमा प्रहार भइरहेकाले सरकारले तुरून्त एप बन्द गर्नुपर्ने समितिको माग छ। यस एपमार्फत् महिलाको शारीरिक शोषण समेत भइरहेकाले समितिले मुख्यमन्त्री कार्यालयलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।
‘नेपाली तथा विदेशी युवाहरूले हाम्रा समाजका महिलालाई प्रलोभनमा पारेर आफ्नो गोप्य अंग देखाउन बाध्य पार्छन् र यसले विदेशमा बस्ने युवाहरूको आर्थिक र मानसिक स्वास्थ्यमा समेत असर गर्छ,’ ज्ञापनपत्रमा भनिएको छ,‘टिकटकका कारण धेरै आमाबुवाले आफ्ना छोराछोरी गुमाएका छन्। साथै यसलाई हाम्रो सामाजिक, संस्कृतिसँग तुलना गर्ने हो भने हाम्रो समाज ठूलो संकटमा पर्ने देखिन्छ।’
कला प्रदर्शनीको बहानामा अश्लिलता, अभ्रदता फैलिने क्रियाकलाप दिनानुदिन बढ्दै गइरहेकाले टिकटक एपमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने समितिका संयोजक सुमन चौधरीले बताए।
‘धेरै विद्यार्थीहरूले टिकटक एपका कारण राम्ररी पढ्न पाएका छैनन्। दिनभर फलोअर कसरी बढाउने, गिफ्ट कसरी पाउने, स्टार कसरी बन्ने होडमा गइरहेको देखिन्छ, ‘ उनले भने, ‘३ लाख रुपैयाँ खर्च गरेर हाम्रा देशका युवा विदेश कमाउन जान्छन्। टिकटक स्टारले गोप्य अंग देखाउने शर्तमा उनीहरूबाट महँगो गिफ्ट तान्छन्। धेरै युवाले घरमा पैसा नै पठाउँदैनन्। दिनभर टिकटकमै लागेका हुन्छन्। यसले धेरैको घर परिवारै बर्बाद भएको धेरै घटना भएको छ।’
पछिल्लो समय टिकटकमा गिफ्ट पाउने चक्करमा केही युवतीको एमएमएस भिडिओ समेत बाहिरिएको उनको भनाइ छ। टिकटक बन्द संघर्ष समितिले आन्दोलनको क्रममा यसअघि मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारीलाई यो एपमाथि प्रतिबन्ध लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





