कपनमा बा,ढी आउने बित्तिकै सबैभन्दा धेरै गा,ली मैले खान्छु : गगन थापा

२०७९ भाद्र २६ गते, आईतवार

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबी खोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गर्नुभएको छ । 

आज आइतवार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो माग गर्नुभएको हो ।

उहाँले धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगरपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने उल्लेख गर्नुभयाे । 

महामन्त्री थापाले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउनासाथ सबैभन्दा धेरै गाली आफूले खाने गरेको पनि गुनासाे गर्नुभयाे ।

अहिले कोरिडोर क्षेत्रमा दुई आना र पाँच आना जग्गामा सयौँ घर बनेकाले ती घरकाे संरक्षण गर्ने गरी ‘मास्टर प्लान’ बनाउन उहाँकाे सुझाव छ ।  

उहाँले भन्नुभयो, ‘धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाएर गरिदिनुपर्छ ।

कोरिडोर क्षेत्रमा भएका कामहरू अब बन्ने आयोजनाअन्तर्गत आउनुपर्छ । यो क्षेत्रमा सबैभन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु ।’

महामन्त्री थापाले कोरिडोर क्षेत्रमा बनेका घरहरू वैधानक रहेको र वर्षैपिच्छे राज्यलाई कर बुझाएकाले खोलालाई पहिलेको अवस्थामा ल्याउने गरी मात्रै नभएर घरहरूको समेत संरक्षण कसरी गर्ने भन्नेबारेमा सोच्नुपर्ने बताउनुभयो । 

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal