समान बिचार र एजेन्डा राख्ने दलसँग परिवार दलले सहकार्य गर्ने

२०७९ श्रावण २४ गते, मंगलवार

काठमाडौं । नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा काठमाडौँमा यहि साउन २२– २३ गते हाइब्रिड (भौतिक तथा अनलाइन) माध्ययम द्वारा सम्पन्न भएको छ । बैठकले अगामि मङसिर ४ गते आईतबार एकै साथ हुने संधिय संसद तथा प्रदेश सभाको निर्बाचनको स्वागत गरेको छ । लोकतन्त्रको स्वस्थता र सबलता अनि शासनको वैधताका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको ठहरगदै घोषित निर्बाचन निस्पक्ष, स्वतन्त्र, मितव्ययी र धाधली रहित सम्पन्न गर्न नेपाल सरकारलाई आग्रह गरेको छ। देश भित्रका सबै राजनैतिक दलहरुलाई निर्वाचनमा सहभागी भई मित्रवत स्वस्थ प्रतिष्पर्धा गर्न बाताबरण बनाउन आग्रह गदै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबमा सहभागिताको लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न बरिष्ट उपाध्यक्ष बिनोद डाँगी लाइ अख्तियारी दिने निर्णय गरेको छ ।
बैठकले बर्षादको कारण बाढी पहिरोले पिडित तराई मधेश तथा पहाडी जिल्लाहरुका बासिन्दाहरुलाई तुरुन्त राहत सामग्री उपलब्ध गराउन र बढ्दो महंगी नियन्त्रण गरि आम नागरिकको पक्षमा काम गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको दलका महामन्त्री सन्तोष कुमार पौडेले जानकारी दिए ।
आगामी मंसिर ४ का दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न परिवार दलका सम्पूर्ण पार्टी पंतिलाइ आवहान गर्ने निर्णय गरेको केन्द्रीय सदस्य ढुण्डीराम खनाले जानकारी दिए ।
बैठकले आगामी निर्बाचनमा एजेन्डा मिल्ने पार्टी संग राष्ट्र र जनताको हितको पक्षमा आबस्यकता अनुसार सहकार्य वा तालमेल गर्न सकिने र त्यसको स केन्द्रिय कार्य सम्पादन समिति वा केन्द्रिय अध्यक्षले आबस्यकता अनुसार परामर्श गरि उपयुक्त निर्णय लिनसक्ने अधिकार दिने निर्णय गरेको छ । बैठकले स्थानीय निर्वाचन २०७९ को बारेमा घनिभूत समिक्षा गदै बैठकले पार्टीको तर्फबाट बिजयी उम्मेदवारहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । बैठकमा तीन दर्जन भन्दा बढी नेताहरुको सहभागिता रहको छ र अहिले दलका अध्यक्ष एकनाथ ढकालले पार्टीको भाबि रणनितिको बारेमा बैठकमा जानकारी दिदै दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलहरुको द्वैत चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब बिकल्पको खोजी गर्ने बेला आएको बताए । उनले परिवार दल उच्च राजनैतिक संस्कार भएको पार्टी भएको भन्दै सबै नेता कार्यकर्तालाइ असल काम गरेर जनताको मन जित्न अभिप्रेरित गर्नुपर्ने जोड दिदै निर्बाचनको तयारीमा लाग्न आग्रह गरे ।
बैठकमा दलका बरिष्ठ उपाध्यक्ष बिनोद डाँगी ,उपाध्यक्ष गणेश कुमार श्रेष्ठ, महामन्त्री सन्तोष पौडेल सहमहामन्त्री एवम् संबिधान सभा सदस्य मिलन कुमारी राजबशी , सह महामन्त्री मनोज सुर्खेती अब्दुल कैयुम शाह प्रवत्ता रुपसिह भण्डारी ,केन्द्रीय सदस्य रामचन्द्र चौधरी, खडग नागरीक, लक्ष्मी प्रसाद भण्डारी लगायतले आफ्नो धारण राखेका थिए ।

125 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal