उर्जाशील बनाउने चित्लाङ यात्रा
हामी जहिले पनि खुशी हुन चाहान्छौ तर आफू खुशी हुन अरुलाई खुशी दिनुपर्छ भन्ने कुरा चाहि बिर्सन्छौ । सबैको आ आफ्नो सवारी साधन भए पनि सबै आफ्नो तरिकाले जाँदा अलि खल्लो हुने पो भनि हामीले टुरिष्ट बस नै दुई दिनको लागि रिर्जभ गरे जार्ने भयो । जसले गर्दा हामी सबै कार्यक्रम अवधिभर सँगै रहने र सगै एउटै बसको यात्रा गर्दा रमाईलो पनि हुने ।
बिष्णु गिरी ‘निश्चल‘
जीवनमा धेरै घटनाहरु घटने गर्छन कसैलाई क्यामेरामा कैद गर्न सकिन्छ कसैलाई सकिदैन कैद गर्न सकिएकाहरूले हाम्रो मस्तिष्क र जीवनलाई सदैव उर्जाशील बनाउन सहयोग गर्छ । हामी जहिले पनि खुशी हुन चाहान्छौ तर आफू खुशी हुन अरुलाई खुशी दिनुपर्छ भन्ने कुरा चाहि बिर्सन्छौ । बर्षमा एकपटक अफिसियल कार्यक्रममा सहभागिता हुदाँ पनि हामी पुरै समय दिन सक्दैनौ त्यो मानबिय स्वभाव नै हो । हामी कार्यरत संस्थाबाट म्यानेजमेन्ट सबै र कर्मचारीगरी २४ जना रिफरेसमेन्ट सहितको यात्रा गर्ने भन्ने बारेमा छलफल हुदाँ हामी सबैको रोजाई काठमाडौबाट नजिकै रहेको मकवानपुरको चित्लाङ जाने निधो गरीयो । सो स्थान काठमाडौंबाट चारवटा रुट भएर चित्लाङ पुग्न सकिन्छ । सबैभन्दा कम दुरी कलंकी हुँदै चन्द्रागिरि भएर थानकोटबाट १८ किलोमिटरमा चित्लाङ पुग्न सकिन्छ । काठमाडौंबाट मातातिर्थ सःखेल हुँदै जाने हो भने करीब २७ किलोमिटर चित्लाङ पर्छ । दक्षिणकाली फर्पिङ कुलेखानी भएर जाँदा ५२ किलो मिटरको दुरीमा चित्लाङ पुगिन्छ । अर्को अझै थानकोट नौबिसे टिस्टुङ हुँदै पनि चित्लाङ पुग्न सकिन्छ । तर हामीले छोटो बाटो नै रोज्यौ ।

हाम्रो यात्रा यहि चैत्र १३ र १४ गते थियो । देशले नयाँ र युवा प्रधानमन्त्री पाउँदै थियो सोही दिन हामी रिफरेसमेन्टको लागि चित्लाङ जाँदै थियौ । सबैको आप आफ्नो सवारी साधन भए पनि सबै आफ्नो तरिकाले जाँदा अलि खल्लो हुने पो भनि हामीले टुरिष्ट बस नै दुई दिनको लागि रिर्जभ गरे जार्ने भयो । जसले गर्दा हामी सबै कार्यक्रम अवधिभर सँगै रहने र सगै एउटै बसको यात्रा गर्दा रमाईलो पनि हुने । हामी चैत्र १३ गते सुन्धरामा सबैलाई नौ बजे बिहानै भेटन भन्यौ । तर नेपालीको समय न हो कहिले सोचेजस्तो हुन्छ गाडि खोज्न र म बाहेक तोकिएको समयमा कोही आई पुगेनौ तर कार्यालय आएर सबैलाई सम्पर्क गरेपछि हामी आधा घण्टामा हिडने तयारी गदै थियौ एक जना सर एक्कासी नजाने कुरा भयो । हामी अचम्ममा परियो पछि थाहा भो वहाँको परिवारको सदस्यको सामान्य सवारी दुर्धटना भएको रहेछ ।
पछि बहाँले त्यसको ब्यबस्थापन गरेर आफै आउँछु भन्नु भयो बहाँलाई केही समय कुरयौ र हामी मैक, चाउँचाउ,चना लगायतका बाटोमा खाने कुराको केही जोहो गरेर यात्रामा निस्कयौ । कलकीमा दूई जना साथी र थानकोटमा एक जना साथीलाई रिसीभ गरेर हामी चित्लाङको यात्रामा निस्क्कीयौ । यात्रामा बसमा केही राजीतिक केही रमाईलो केही छेडखान केही हासीमजा केही नाच्दै रमाईलो गदै हामीले यात्रा अगाडि बढायौ ।
लाग्थ्यो हामी हाँस्न, नाच्न र गाउनकै लागि जन्मेका हौं । बाटो साँघुरो थियो । ठुलो बस छिर्न पनि गाह्रो तर हामी त्यही बाटोमा गुडिरहेको बसभित्रै नाच्यौं । कहिले बजिरहेको गीतसँगै ठुल्ठुला आवाजमा गीत गाउथ्यौं । कहिले गीतको शब्दसँगै चित्लाङ नै थर्कने गरी हास्थ्यौं । त कहिले अभिनय र नक्कल गर्दै नाच्यौं । बिचमा चन्द्रगिरीको एक होटलमा हामीले नास्ता गरयौ । होटलमा भएको सबै खानेकुरा खाईदियौ जम्मा खादा रु ४२०० भएछ । बसमा निकै नाच्दै, हाँस्दै र उफँ्रदै हामी २ घण्टामा चित्लाङ पुग्यौ । चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतीले पनि धनी पाइयो । तीनतिर हरिया पहाडले ढाकिएको र बीचमा समथर खेतीयोग्य जमिन देख्दा आँखाको धित मर्नेगरी हेरेको हेर्यै भयौं । त्यति मात्रै होइन हामीले आदिबाटोभरि लालिगुराँससँग रमायौ ।
जब हामी बसबाट ओर्लिएर होटलमा पुग्यौ हामीलाई स्वागत गर्न होटलका कर्मचारी थिए । होटल पुग्नासाँथ हामी कोठामा गयौ फ्रेस भईयो हामी बस्ने होटेल फोटोजेनिक बनाएको रहेछ । सबै सहभागिहरुले आआफ्नो तरिकाले फोटो खिचे टिकटक बनाएर रमाईलो गरियो । दिउँसो ३ बजे खाजा खाएपछि पानि परयौ त्यसपछि सबै मिल्ने मिल्ने साथीहरुसँग बसेर रमाइलो गफगाफ गर्न थालियो । मकवानपुरको चित्लाङ कृषि, पर्यटन र पुरातात्विक सम्पदाले भरिपूर्ण उपत्यका हो, चित्लाङमा बाख्रापालनबाट चिज उत्पादन हुन्छ, मौसमी तथा बेमौसमी तरकारी खेती गरिन्छ, र यहाँ ऐतिहासिक पदमार्ग र पुरातात्विक महत्त्वका संरचनाहरू छन् । वरिपरि चुरे रेन्जको पहाड, बिचमा केही समथर भूभाग, हरियाली वातावरण अनि प्राचीन ठाउँ । पहिलो पटक पुग्ने जो कोहीलाई मोहित बनाउँछ चित्लाङले हामीलाई पनि त्यसै भयो म भने पहिलो पटक चित्लाङगएको होईन् । यस क्षेत्रमा बाख्राको दुधबाट चिज बनाउने उद्योग स्थापना गरिएको छ । चित्लाङमा उत्पादित बाख्राको दुधबाट बनेका चिज स्वादिलो, गुणस्तरीय हुन्छ । यहाँ पुराना मन्दिर, पाटी–पौवा, पदमार्ग, दरबार र स्मारकहरूले नेपालका राजनीतिक, धार्मिक र सामाजिक इतिहासको झलक दिने स्थानीयसँग कुरा गर्दा बताए ।
चित्लाङ‘लालीगुराँस पदमार्ग’ जस्ता पदमार्गहरूले प्राकृतिक सुन्दरतालाई नजिकबाट अनुभव गर्ने अवसर पाईयो । काष्ठकलाको अनुपम नमुनाहरू पाटी–पौवामा प्रहरी चौकी, सामुदायिक पुस्तकालयहरुले थप आर्कषित गरेको छ । चित्लाङ नजिकै रहेको इन्द्रसरोवर मानव निर्मित ताल हो । यो ताल ७ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइको छ ।आफूसँग थोरै फूर्सदको समय छ र त्यसलाई कसरी मनोरञ्जनात्मक बनाउने भन्ने सोचिरहनुभएको छ भने तपाईंको लागि चित्लाङको एक दिन एक रातको बसाइ नै काफी छ । बाहै्र महिना चिसो भइरहने ठाउँ, हरिया फाँट र हरिया जंगल नियाल्दै स्थानीय स्तरमै उत्पादित खानाको स्वादका चित्लाङमा पाईन्छ । शुरुमा शुक्रबार र शनिबार मात्र चित्लाङमा आन्तरिक पर्यटकको भीड हुने गरेकोमा अहिले भने सातै दिन उत्तिकै आन्तरिक पर्यटक आउने गर्छन् ।
यहाँ क्याम्प फायरसँगै गीत संगीतमा झुम्दै नाँच्न पाइन्छ । हामीले पनि बारबिकी गरयौ । मनलागेको खाने कुरा खायौ । कोही नाच्नमा ब्यस्त कोही टेबुलटेनीस खेल्ने, कोही स्नुकर , कोही पौडी कोही खानामा रमाउने कोही शान्त बाताबरणमा रिर्सोट वरफर घुम्पीर गर्ने गरेर रमाईलो गरियो । बाहिर पानि परिरहेकोले कोही साथीले तास पनि खेले । हामी भने एक मित्रले अस्टेलियाबाट त्याएको रक्सी बाट बनाएको कोक्टेल खाने अवसर पनि जुरयौ । हामी सबै खायौ रमायौ । चिकेन र र्पोर्कको बारबीकिले सबैको मन जित्यौ ।
शुक्रबार भएकोले होला हामी बसेको रिर्सोट भरिभराउ थियो । कर्मचारीले समयमै डेलीभरी गर्न सकेका थिएन भने खानामा खासै क्वालीटि नभएपनि हामी भने हामै साथीभाईको गफ र कुराकानीमा रमाईलो गरेका थियो । एक जना साथी चितवनबाट आएर साझमा सहभागि भएपछि झन रमाइलो माहोल बन्यो । बेलुका रमाईलो गरियो । हामीहरुले केही गेम फनि खेल्यौ जित्नेलाई उपहार पनि दियौ । तीन जना साथीले जित्नु भयो तर खेलमा सबैले सहभागिता जनाईयो ।
शनिबार बिहान केही साथी काठमाडौ जानै पर्ने भएकोले केही खल्लो महसुस भयो बहाँहरुलाई सामान्य ब्रेकफास्ट गराए मन गरुगो बनाएर बिदा गरेपनि बहाँहरुले हरेक हामीलाई फोन गरेर के भईरहेको छ भन्दा खुशी लाग्यो । हामी केही समय हाइकिङ पनि गयौ । सहभागी साथीहरुले धेरै कपडा लिएर आउनु भएको रहेछ । पानि परेकाले अन्य धेरै ठाउँ धुम्न नगए पनि होटल परिसर मै कपडा फेरी फेरी फोटो र टिकटक बनाएको हेर्दा निक्कै रमाईलो भयो । मान्छे खुशी हुन् चाहे सानो कुरामा पनि रमाउन सक्दो रहेछ । शनिबारनै बिहानको खाजापछि रिसोर्टकै कर्मचारीले गाउँ भ्रमणमा लैजाने योजना भएपनि पानि परेकाले हामी त्यसमा सहभागि हुन सकेनौ तर केही समय पानी रोकीएको मौका छोपेर हामीले डाँडा काडाको यात्रा गरयौ । लागिगुरास फुलसँग रमायौ । फोटो खिच्चौ । धुलो, धुवाँले गाँजेको काठमाडौंबाट उम्किएर केही दिन नजिकैको शान्त, सुरक्षित र रमणीय ठाउँमा जान चाहनुहुन्छ त्ययो गन्तब्य बन्न सक्छ चित्लाङ । हामी २४ जनाको सहभागी भएको यो यात्रामा पुरुष भन्दा महिलै सहभागिता बढी थियो । हामीले दुई दिनको यात्रामा होटलको बसाई धुमाई रमाईलो गरी करिब एक लाख तिस हजार रुपैयाँमा यात्रा सफल भयौ । थोरै खर्च राम्रो र आत्मीय यात्रा गर्ने बाताबरण बनेकोमा आयोजकलाई बधाई ।
ताजा
नेपाल पत्रकार महासंघ ७१ वर्षमा प्रवेश
२०८२ चैत्र १६ गते, सोमबार
नेपाल पत्रकार महासंघ ७१ वर्षमा प्रवेश
२०८२ चैत्र १६ गते, सोमबार
उर्जाशील बनाउने चित्लाङ यात्रा
२०८२ चैत्र १६ गते, सोमबारनरैनापुर गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
२०८२ चैत्र १६ गते, सोमबार
लुम्बिनी प्रदेश सभाकी सदस्य रेखा शर्मा पक्राउ
२०८२ चैत्र १६ गते, सोमबार
सामाजिक सञ्चालकी चर्चित मोडल इभा गिरीले ‘पाँच पाण्डव’ मा अभिनय गर्ने
२०८२ चैत्र १५ गते, आईतवार
सरकारद्वारा दलीय विद्यार्थी सङ्गठन हटाउने घोषणा
२०८२ चैत्र १५ गते, आईतवार
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको निर्णय
२०८२ चैत्र १५ गते, आईतवार
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै
२०८२ चैत्र १५ गते, आईतवार
पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ
२०८२ चैत्र १५ गते, आईतवार
अब देशले नयाँ दिशा लिनेछः गृहमन्त्री गुरुङ
२०८२ चैत्र १४ गते, शनिबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





