चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक

२०८२ माघ २४ गते, शनिबार

काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ ।

अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको छ । जोगीको भेषमा बसेर भित्री रूपमा कतिपय व्यक्ति कसरी अपराधमा सक्रिय हुन्छन् भन्ने ट्रेलरमा देखाएको छ ।

बाहिरबाट हेर्दा सांसारिक मोह त्याग गरेर सादगी जीवन बिताइरहेको त्यागी देखिए पनि ऊ भित्रको क्रुर मानसिकता र व्यवाहार कति डरलाग्दो हुन्छ भन्ने ट्रेलरले प्रष्ट पारेको छ । जोगीको भेषको आवरणमा हत्याजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिको कथा सिनेमाले भन्ने संकेत ट्रेलरले देखाएको छ ।

पौराणिक हिन्दु मान्यता र आधुनिक युगको रहस्यलाई रोचक ढंगले प्रस्तुत गरेको सार्वजनिक ट्रेलरले पौराणिक ‘समुद्र मन्थन’ को प्रसंग र त्यस क्रममा उत्पत्ति भएको विषको कथालाई उठान गरिएको छ ।

ट्रेलरको सबैभन्दा बलियो पक्ष अभिनेता प्रविण खतिवडाको लुक्स र अभिनय हो । सुरुवाती दृश्यमै अभिनेता प्रविण खतिवडालाई एउटा यस्तो साधुको रूपमा देखाइएको छ जो कुनै दिव्य शक्ति वा ‘सिद्धि’ प्राप्तिको लागि मरिहत्ते गरिरहेको छ । उनको शरीरमा खरानी, हातमा त्रिशूल र उनको आँखामा देखिएको उन्मादले चलचित्रमा एक शक्तिशाली ‘एन्टी-हिरो’ वा रहस्यमयी पात्रको संकेत गर्छ ।

चलचित्रको मूल कथा एक रहस्यमयी दिव्य शिला (ढुंगा) र त्यसले कलयुगमा निम्त्याउन सक्ने शक्ति वा विनाशको वरिपरि घुमेको संकेत ट्रेलरले दिएको छ । आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण रहेको देखिन्छ ।

ट्रेलरमा भनिएको “यो पुस्तकले विध्वंश निम्त्याउन सक्छ” संवादले यसको वरिपरि ठूलो खतरा रहेको दर्शाउँछ ।

ट्रेलरमा एकातिर गुफा, मन्त्रोच्चारण र तान्त्रिक विधिहरू देखिन्छन् भने अर्कोतिर ल्यापटप, आधुनिक हतियार र प्रहरीको अनुसन्धान पनि देखिन्छ । यसले चलचित्र केवल एउटा धार्मिक कथा मात्र नभएर आधुनिक युगमा पौराणिक शक्ति भेटिँदा उत्पन्न हुने द्वन्द्वमा आधारित रहेको बुझिन्छ ।

यस्तै, ट्रेलरले अन्य कलाकारहरू तेज गिरी, विकास जोशी र रुशा न्यौपानेको भूमिकाले पनि कथालाई थप रहस्यमयी बनाएको छ ।

निर्देशक सन्तोष कुमार आत्रेयले चलचित्रलाई भव्य र फरक शैलीमा निर्देशन गरेको झलक ट्रेलरमा प्रष्ट देखिन्छ । चलचित्रको छायांकन, पृष्ठभूमि संगीत र भीएफएक्समा पनि विशेष ध्यान दिइएको छ, जसले चलचित्रलाई स्तरीय बनाउने प्रयास गरेको छ ।

चलचित्रको अर्को विशेष पक्ष भनेको भारतीय प्रख्यात गायक कैलाश खेरको स्वर र संगीत हो । ट्रेलरमा प्रयोग गरिएको शक्तिशाली पृष्ठभूमि संगीत र मन्त्रोच्चारणले दर्शकलाई आध्यात्मिक भावमा डुबाउँछ ।

प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।

चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको यस सिनेमाका गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।

सरद महतोको डीओपी रहेको चलचित्रमा बनिश शाहको सम्पादन, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ भने विक्रम चोहानको कोरियोग्राफी छ । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहेको चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनरमा प्रतीक चौधरी छन् ।

बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा पौराणिक विषयवस्तुमा आधारित ‘स्पिरिचुअल एक्शन ड्रामा’ थोरै मात्र बन्ने गरेका छन् । यस्तोमा ‘शिवांश : च्याप्टर १’ले दर्शकलाई नयाँपन दिने अपेक्षा गरिएको छ । महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएकाले पनि शिवभक्त र चलचित्र प्रेमीहरूका लागि यो एक विशेष उपहार सावित हुन सक्छ ।

51 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal