संसारको जुनसुकै अदालतमा पुष्टि गर्न सक्छु, दरबार हत्याकाण्ड दलहरुले गराएका हुन्ः स्वागत नेपाल

२०८२ बैशाख ६ गते, शनिबार

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन परिचालन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपालले दरबार हत्याकाण्ड नेपालका दलहरुले गराएको दाबी गरेका छन् ।

आज राजावादीहरुले आयोजना गरेको पृथ्वी पथबारे अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरुले दरबार हत्याकाण्ड गराएको कुरा आफू संसारका जुनसुकै अदालतमा गएर पुष्टि गर्न सक्ने बताएका हुन् । दरबार हत्याकाण्ड हुँदा जसको सरकार हो, उसैले जिम्मेवारी लिनुपर्ने उनले धारणा राखे ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको आरोप लगाइएको बारे आपत्ति जनाउँदै उनले भने,‘सुनिन्छ– भाइमारा, भाइको हत्यारा । म वकिल हुँ, संसारको जुनसुकै अदालतमा पुष्टि गर्न सक्छु– दरबार हत्याकाण्ड नेपालका दलहरुले गराएका हुन् । उनीहरुले जिम्मेवारी लिनुपर्छ । किनकी त्यतिबेला सरकार राजाको थियो रु तिनै दलहरुको थियो । त्यसैले हत्याकाण्ड तिमीहरुले गराएका हौं । दलहरुले यसको जिम्मेवारी लिनुपर्छ । प्रहरी कसको थियो, सरकार कसको थियो रु सडकमा भेटिएको एउटा बेवारिसे लासको पनि जिम्मेवारी सरकारको हुन्छ । त्यसैले दरबार हत्याकाण्डको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र त्यतिबेलासम्मका दलहरुले लिनुपर्छ, उनीहरुले हत्याकाण्ड गराएका हुन् ।’

साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओली भारतीय खुफिया एजेन्सीको कर्मचारी रहेको गम्भीर आरोप लगाए । प्रधानमन्त्री ओलीले त्यहाँबाट नियमित रुपमा तलब बुझ्ने गरेको उनको आरोप छ । ‘केपी ओलीज्यू तपाईँले राति १२ बजे भारतीय खुफिया संयन्त्रको प्रमुखसँग एक्लै भेट्नुभएको हो । तपाईँ त्यहाँको कर्मचारी हो । तपाईँ त्यहाँको तलब बुझ्नुहुन्छ । तपाईँले राति १२ बजे एक्लै इन्डियन खुफिया एजेन्सीको मालिकसँग भेटेर, परराष्ट्र मन्त्रालयको कर्मचारीसमेत नगराखेर कति तलब बुझ्नुभयो ? होइन भने के कुरा गर्नुभएको थियो रु कहिल्यै सार्वजनि गर्नुभयो ?’ प्रश्न गर्दै उनले भने

61 Views

ताजा

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९ गते, शुक्रबार

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९ गते, शुक्रबार

अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी

२०८२ फाल्गुन २९ गते, शुक्रबार

तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण

२०८२ फाल्गुन २९ गते, शुक्रबार

रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य

२०८२ फाल्गुन २९ गते, शुक्रबार

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते

२०८२ फाल्गुन २७ गते, बुधबार

विश्व  कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल

२०८२ फाल्गुन २७ गते, बुधबार

भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal