यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने
काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा आज बिहान र दिउँसो विद्युत सेवा अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुईटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भएको हो ।
प्राधिकरणले एक सूचना जारी गर्दै बलम्बु वितरणको केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । त्यहाँ सडक चौडा गर्ने काममा नयाँ ट्रान्सफर्मर निर्माण गर्नुपर्ने भएकाले बिहान १ घन्टा विद्युत अवरूद्ध हुने भएको हो ।
यस्तै, बलम्बु वितरण केन्द्रकै सतुंगल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुङल चोक एरियामा भने बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । त्यहाँ पनि सडक चौडा र गर्न र नयाँ ट्रान्सफर्मर पोस्ट निर्माण गर्ने कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्न मुलपानीचौर , थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवधारा, मनकामना माइ मन्दिर, मुलपानी खहरे, डुमाखाल, बाबाचोक क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । त्यहाँ जडान कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ । तीनै फिडरअन्तर्गतका क्षेत्रमा समयअगावै काम सकिए निर्धारित अवधीभन्दा पहिल्यै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ ।
ताजा
गाउँको अवस्था जे छ त्यही भनिदिन कांग्रेस उम्मेदवार दवाडीको आग्रह
२०८२ माघ २० गते, मंगलवार
गाउँको अवस्था जे छ त्यही भनिदिन कांग्रेस उम्मेदवार दवाडीको आग्रह
२०८२ माघ २० गते, मंगलवार
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
२०८२ माघ २० गते, मंगलवार
पब्लिक स्पिच बाँकेको चौथो श्रंखलाको अडिसन राउण्ड सम्पन्न
२०८२ माघ २० गते, मंगलवार
देश विकासको नेतृत्व लिन कांग्रेस तयार छः महामन्त्री पौडेल
२०८२ माघ २० गते, मंगलवार
गाली होइन आलोचना लोकतन्त्रको आत्मा हो
२०८२ माघ २० गते, मंगलवार
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
२०८२ माघ २० गते, मंगलवार
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा
२०८२ माघ २० गते, मंगलवार
निर्वाचन आउन ३० दिन बाँकीः ७६ जनाको नाम हटयो
२०८२ माघ २० गते, मंगलवार
जापानमा राष्ट्रपति पौडेल
२०८२ माघ १९ गते, सोमबार
पशुपति क्षेत्रमा पहिलो पटक ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने
२०८२ माघ १९ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





