संविधान दिवसकै दिन पूर्वमन्त्री गुरुङ र खड्काद्वारा च्छो रोल्पा कन्स्ट्रक्सन प्रा.लि. को उद्घाटन

२०८१ आश्विन ५ गते, शनिबार

काठमाडौं । संविधान दिवसका दिन गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ स्थित च्छो रोल्पा कन्स्ट्रक्सन कम्पनीको नवनिर्मित भवन पूर्वसञ्चार मन्त्री पार्वत गुरुङ, पुर्व वातावरण मन्त्री विशाल खड्काद्वारा उद्घाटन गरिएको छ ।
उक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले देशभर उत्साह र उमंगका साथ मनाइरहेको संविधान दिवसलाई शुभकामना दिँदै देशमा अहिले सबैले हर्षोउल्लासका साथ संविधान दिवस मनाइरहेको बताए ।


कम्पनीका संस्थापक अध्यक्ष फुर्लाक्पा शेर्पालाइ पनि उत्तरोउत्तर प्रगतीको शुभकामना दिँदै मन्त्री गुरुङले मुलुक निर्माण व्यवसायीहरुको ठुलो योगदान रहेको बताउँदै उनले निर्माण व्यवसायीहरुले धेरै दुःख कष्ट भोगेको समेत बताए । तर यस कम्पनीले विगतमा पनि निकै राम्रो काम गरेको र अहिले पनि गर्दै आइरहेको बताउँदै अबको दिनहरुमा पनि राम्रो काम देख्न र सुन्न पाइनेमा आफू विश्वस्त रहेको बताए ।
अर्का पुर्ववातावरण मन्त्री विशाल खड्काले भेलालाई सम्बोधन गर्दै संविधान दिवसको शुभकामना दिँदै कम्पनीको सफलताको शुभकामना प्रकट गरे ।
त्यसैगरी कम्मनीका संस्थापक अध्यक्ष शेर्पाले नेपालमा पनि काम गरियो भने धेरै कुराहरुको सम्भावना रहेको बताउँदै नेपालमा पनि धेरै रोजगारको अवसरहरु रहेको बताउँदै उनले आफ्नो अनुभव सुनाए ।
‘म बिदेशमा केही समय बसे अर्काको देशमा रगत पसिनाको खासै मुल्य हुदैन, विदेशको बसाइमा मैले सोचे अब म मेरो मुलुक नेपालमा गएर मैले केही काम गर्नुपर्छ त्यो काम के होला त भनेर मेरो मनमा धेरै खुल्दुली हुन्थ्यो तर मैले जानेकोे बुझेको र गरेको काममा अनुभव भएको काम नै ज्यामी काम थियो’ उनले भने ।


आफुले जानेको कामलाइ पहिलो स्थानमा राख्दै आज भन्दा एक दशक अघि मैले कम्पनी दर्ता र निरन्तर त्यही काम अहिले पनि गरिरहेको छु । उनले अगाडि भने– धेरै प्रोजेक्टहरुमा काम गर्ने मौका पाउँ र सफल पनि भएँ । आफ्नै मलुकमा पनि श्रम गरियो भने धेरै कुराको सम्भावना रहेको बताएँ । यस कम्पनीमा अहिले पनि लगभग ३ सय जनाहरुले प्रत्यक्ष रोजगार पाइरहेका छन् साथै नेपालको अर्थतन्त्रमा पनि केही टेवा पुगेको छ अध्यक्ष शेर्पाले बताए ।

112 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal