राप्तीका मेयरको दुई बर्षः अबरोध छिचोल्दै उल्लेख्य उपलब्धी

२०८१ जेष्ठ १० गते, बिहीबार

राप्ती । चितवनको राप्ती नगरपालिकामा मेयर शमशेर लामाले नेतृत्व गरेको दुई बर्ष पुरा भएको छ । दुई ठुला दल नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको अबरोध छिचोल्दै उनले नगरको विकासमा उपलब्धि हासिल गरेको दावी गरेका छन् । उनले नेतृत्व सुरु गरेपछि नगरको मुहार फेरिन सुरु भएको उनको भनाई छ ।

उनले विकास निर्माण र नगरबासीको चाहना साथै गरिवी निबारणलाई प्राथमिकता दिएर काम गरेको, नगरबासीको आधारभूत आवश्यकता पुरा गरी विकासका काम अगाडि बढाएको, नगरको भौगोलिक अवस्था र यसको आधारमा जनताको प्राथमिकता र आवश्यकता पहिचान गरी त्यसको समाधानमा लागि प्रयासरत रहेको, नगरको शिक्षा र स्वास्थ्यमा चित्त बुझ्दो परिवर्तन गरेको, निःशुल्क शिक्षा र स्वास्थ्यको अवधारणा कार्यान्वयन गरेको बताएका छन् ।

राप्तीका जनताले अहिले पढ्न पैसा तिर्नु पदैन । स्वास्थ्य सेवा समेत सहज भएको छ । आफ्नो कार्यकालमा उनले विपन्न घर बनाउने घोषणा गरे । उनले ५०५ घर बनाउने प्रतिवद्धता अनुरुप काम गरिरहेका छन् । तर राप्तीमा राजनीतिक द्धन्द र टकरावले जनताले विकासको पर्याप्त प्रयोग गर्न पाएका छैनन् । मेयर र उपमेयरको कार्यकक्षामा जनप्रतिनिधिले नै लगाएको ताला तीन महिना सम्म खुल्न सकेको छैन् । सोही कारणले विकासमा ढिलाई भएको छ । जनप्रतिनिधि बीचको अनावश्यक द्धन्दले गर्दा दुई बर्षमा सोचे जस्तो काम गर्न नसकेको उनले बताए ।

अबरोधका बीच मेयर लामाले सीमान्तकृत चेपाङ समुदायलाई आबास निर्माण देखि उनीहरुको जीवन स्तर उकास्ने गरी पालिकाको योजनालाई विकटमा उकालेका छन् । घन्टौ हिड्नुपर्ने कान्देलीको लागि, सुत्केरीको पीडामा तड्पिएका वासवाङका महिलाहरुको लागि, छाना नभएकाहरुका लागि, भोकाएकाहरुको भोक मेटाउनकै लागि शमशेर लामाले योजनालाई पहाड केन्द्रीत गरेका हुन् ।

६५ प्रतिशत भुभाग विकट रहेको राप्ती नगरपालिकाको मुहार एकै पकट फेर्न मुश्किल छ उनले भने चुड्कीमै समृद्ध नगरको खाका कहाँ कोर्न सकिन्छ । जनताको मत पाएपछि भोकाएकाहरुको भोक मेट्नु पर्छ भन्दै मेयर लामा विकटका बस्तीहरुमा पुग्ने गरेका छन् । विकटमा जाँदा उनी रित्तो हात जादैनन, नाना, छाना र खाना लिएर उनी बस्तीमा पुग्ने पहिलो मेयर हुन । आत्मनिर्भर जनताको परिकल्पना सहित मेयर लामाले आफ्नो दोस्रो कार्यकाल बर्ष पुरा गरेका छन् । म आफै राप्तीमा जन्मिएर यही हुर्किएर अहिले राप्तीकै नेतृत्व गरिरहेको छु उनले भने अध्ययनको क्रममा केही समय म नगर भन्दा वाहिर रहेता पनि आफ्नै क्षेत्रमा केही गर्ने उद्देश्यले राजनीतिको माध्यमवाट जनताको सेवामा लागि परेको उनको भनाई छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं ४ को अध्यक्ष र २०७९ जेठ को निर्वाचमा मेयर भएका उनी ओडारमा बस्ने चेपाङ देखि आलिसान महलमा बस्ने सम्मका व्यक्तिको हकहितका लागी लागिपर्छन । बस्ने वास नभएका, खाने गाँस नभएका जनताको नेतृत्व गर्नु उनको लागि कम चुनौतीपूर्ण थिएन । आधा जनतालाई छिटो विकास चाहिएको थियो उनले भने सडक निर्माण, खानेपानी, यातायात र विद्धुतको पहुँच पुगोस भन्ने थियो । दुई बर्षको अबधिमा मेयर लामाले ३ सय २५ विपन्न परिवारको लागि आबास निर्माण गरेका छन् । शिक्षाका परिर्वतन ल्याउन उनले ठुलै कसरत गरे । राप्तीका ४९ सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा अन्तर्गत हरेक बर्ष १३ हजार विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् ।

विकट क्षेत्रमा आवसीय विद्यालय सञ्चालनको लागि तयारी गरिएको छ । स्वास्थ्यमा नगरबासीलाई निःशुल्क एम्बुलेन्स, विरामीलाई निःशुल्क रगत, १० हजारको निःशुल्क स्वास्थ्य बिमा, हरेक हप्ता घरघरमा निःशुल्क स्वास्थ्य परीक्षण, कान्दामा स्वास्थ्य केन्द्र, वासवाङ्गमा वर्थिङ्ग सेन्टर सुरु गरिएको छ । नमुना कान्दाको अभियान अन्तर्गत सडक विस्तार, वडा नं १३ मा टेलिकमको पहँुच, कान्दामा फोर जि इन्टरनेट सेवा विस्तार, विकटमा पिसानी मिलको व्यवस्था गरी दैनिक जीवनयापनलाई सहज बनाएको मेयर लामाले बताए ।

कृषि तर्फ कृषि एम्वुलेन्स खरिद, उत्पादनलाइ सहजीकरण, सिंचाइको लागि स्यालो बोरिङ्ग वितरण, बेमौसमी तरकारीलाई प्रोत्साहन र टनेलको व्यवस्था, ८० प्रतिशत लागत साझेदारीमा मिनी टिलर र धान काट्ने रिपर अनुदानमा वितरण, मौरीमा अनुदान र विमा कार्यक्रम सञ्चालन गरिएको छ । भुमिहिन दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरी निस्सा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा चेपाङ समुदायको लागि चिउरी चमेरो संरक्षण कार्यक्रम तथा पहाडी वडामा एकीकृत बस्ती निर्माणसमेत भएका छन् ।

नागरिकको गुनासो सुन्न र उनीहरुको आबश्यकता पहिचान गर्न जनतासंग मेयर कार्यक्रम सुरु गरिएको छ । राप्ती नगरपालिकालाइ प्रविधिमैत्री बनाइएको छ । नगरको प्रशासनिक काम प्रविधिमैत्री र डिजिटल माध्यम वाट भइरहेका छन् । सो नगरपालिकाले चालु आर्थिक बर्ष देखि दिगो आयआर्जनको उद्देश्यलाई प्राथमिकतामा राखि नगरलाई कफी जोन घोषणा गर्न वडा नं १३ स्थित गुन्द्रीमा कफीको विउ राख्दै कृषकलाई अनुदानमा कफी खेती सुरु गरिएकोमा वडा नं १० देखि १३ का किसानहरु कफी खेती तर्फ आकर्षित भएका छन् । समग्रमा आफ्नो कार्यशैली प्रति नगरवासी उत्साहित भएको उनको भनाई छ ।

134 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal