औपचारिकतामै सकियो कांग्रेस महासमिति बैठक
केही दिनअघि ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ । महासमिति बैठकले स्पष्ट रुपमा के निर्णय ग¥यो भन्ने अस्पष्ट नै छ । केबल बैठक गर्नुपर्ने बाध्यता भएकाले नै बैठक बोलाइएको हो कि भन्दा खासै फरक पर्दैन ।
बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्ने अवसर पनि पाएनन् । बोल्नेहरुले बोल्ने मौका पाए पनि उनीहरुको कुरा सुनुवाई नभएकाले त्यो पनि अर्थहीन भएको छ । महासमिति सदस्यको संख्या ठूलो भएकाले ४ दिन भेला गर्दैमा पार्टीले नयाँ रुप लिने कुरा पनि कल्पनामै सीमित हुन्छ । पार्टीका पदाधिकारीले उठाएका विषयवस्तु सामान्य नै भए पनि निकै चर्चित भए भनें अरुले बोलेका कुरालाई कसैले पनि खासै वास्ता गरेन । बैठकमा सरकारको समीक्षसँगै सत्ता गठबन्धनको कुराले निकै प्राथमिकता पाएको थियो । पार्टी महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र) को गठबन्धनबारे प्रश्न उठाएका थिए । उनले आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पनि बताए । उनको कुरा गम्भीर भएकाले धेरैले यो प्रस्तावमा साथ दिएका थिए तर पार्टी सभापति शेरबहादुर देउवाले यो विषय पछि छलफल गर्न सकिने भन्दै पन्छाइदिए । यो विषल उठेपछि प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमाले भनें हौसिएको छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । यस्तै प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
ताजा
पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्यालीसहित निर्मल निवास लगिँदै
२०८२ फाल्गुन १ गते, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्यालीसहित निर्मल निवास लगिँदै
२०८२ फाल्गुन १ गते, शुक्रबार
राणाद्वारा राप्रपा लाेकप्रिय नेता सिलवालकाे पिताकाे निधनमा दुख व्यक्त
२०८२ माघ २८ गते, बुधबार
मकवानपुरमा फेरिँदै चुनावी समीकरण : ‘डिना’ को पक्षमा जुर्मुरायो कांग्रेस
२०८२ माघ २८ गते, बुधबार
चलचित्र ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री
२०८२ माघ २८ गते, बुधबार
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
२०८२ माघ २८ गते, बुधबारविमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न
२०८२ माघ २८ गते, बुधबार
आयुष मगरको ‘कान्छी’ सार्वजनिक (भिडियो)
२०८२ माघ २८ गते, बुधबार
मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह
२०८२ माघ २७ गते, मंगलवार
रामेछाप बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो
२०८२ माघ २७ गते, मंगलवार
कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै
२०८२ माघ २७ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





