औपचारिकतामै सकियो कांग्रेस महासमिति बैठक

२०८० फाल्गुन १९ गते, शनिबार

केही दिनअघि ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ । महासमिति बैठकले स्पष्ट रुपमा के निर्णय ग¥यो भन्ने अस्पष्ट नै छ । केबल बैठक गर्नुपर्ने बाध्यता भएकाले नै बैठक बोलाइएको हो कि भन्दा खासै फरक पर्दैन ।

बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्ने अवसर पनि पाएनन् । बोल्नेहरुले बोल्ने मौका पाए पनि उनीहरुको कुरा सुनुवाई नभएकाले त्यो पनि अर्थहीन भएको छ । महासमिति सदस्यको संख्या ठूलो भएकाले ४ दिन भेला गर्दैमा पार्टीले नयाँ रुप लिने कुरा पनि कल्पनामै सीमित हुन्छ । पार्टीका पदाधिकारीले उठाएका विषयवस्तु सामान्य नै भए पनि निकै चर्चित भए भनें अरुले बोलेका कुरालाई कसैले पनि खासै वास्ता गरेन । बैठकमा सरकारको समीक्षसँगै सत्ता गठबन्धनको कुराले निकै प्राथमिकता पाएको थियो । पार्टी महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र) को गठबन्धनबारे प्रश्न उठाएका थिए । उनले आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पनि बताए । उनको कुरा गम्भीर भएकाले धेरैले यो प्रस्तावमा साथ दिएका थिए तर पार्टी सभापति शेरबहादुर देउवाले यो विषय पछि छलफल गर्न सकिने भन्दै पन्छाइदिए । यो विषल उठेपछि प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमाले भनें हौसिएको छ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । यस्तै प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

89 Views

ताजा

सशस्त्र प्रहरीको गोलीबाट सुनसरीमा चालकको मृत्यु

२०८२ पुष १७ गते, बिहीबार

सशस्त्र प्रहरीको गोलीबाट सुनसरीमा चालकको मृत्यु

२०८२ पुष १७ गते, बिहीबार

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

२०८२ पुष १७ गते, बिहीबार

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस मनाइँदै

२०८२ पुष १७ गते, बिहीबार

आजबाट सन् २०२६ शुरु

२०८२ पुष १७ गते, बिहीबार

‘नेपाल नेशन्स अवार्ड २०२५’ भव्यरुपमा सम्पन्न

२०८२ पुष १७ गते, बिहीबार

मधु गुरुङको उपन्यास “जीवनको गीत” परिचर्चा

२०८२ पुष ८ गते, मंगलवार

सपना आचार्यको दोस्रो कृति “ उनले छोडेको उज्यालो “ सार्वजनिक

२०८२ पुष ७ गते, सोमबार

रवि लामिछानेलाई धरौटी बुझाउन आदेश

२०८२ पुष ३ गते, बिहीबार

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

२०८२ पुष ३ गते, बिहीबार

एमालेको चुनावी परिणामः यस्तो बन्यो पदाधिकारी टिम

२०८२ पुष ३ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal