भोलिदेखि विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप खेल शुरु
कास्की । सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० पोखरामा भोलि आइतबार देखि औपचारिक खेल सुरु हुँदैछ ।
नेपाल पत्रकार महासंघ कास्कीको सभा हलमा आज शनिवार विकास शिल्ड आयोजक समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा अपांगता भएका व्यक्तिहरु अन्य व्यक्तिहरु सरह खेल्न सक्छन् भन्ने कुराको अपनत्व गराउन भोली फागुन २० देखि २१ गतेसम्म दुई दिने विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको आयोजना गरिएको जानकारी दिएको हो ।
सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आइतवार हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्ने भएका छन् । प्रतियोगिताको अवलोकन भने निःशुल्क रहेको छ । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम र महिला ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा १५ टिमको सहभागिता रहने आयोजकको भनाई छ ।
सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको स्मृतिमा आयोजित प्रतियोगिता उहाँको जीवन र गवाही प्रति समर्पित रहेको सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विजता अधिकारीले बताउनुभयो । प्रतियोगिताको तयारी पूरा भएको विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप आयोजक समितिले जनाएको छ । खेलस्थल, प्रतियोगिता सञ्चालन, समारोह सुरक्षा, खेल सामग्री सबै हिसाबले प्रतियोगिताको तयारी पूरा भएको विकास शिल्ड आयोजक समितिका संयोजक हिमाल अर्यालले बताउनुभयो ।
प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषतर्फबाट क्रमशः प्रथम, द्धतिय र तृतिय हुने टोलीले क्रमश ५०, ४० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगितामा उत्कृष्ट खेलाडी र ९हाई स्कोरर०लाई नगद रु ५ हजारसहित ट्रफी प्रदान गरिनेछ । साथै, अन्य सहभागी टिमलाई सान्त्वना पुरस्कारसहित सहभागीताको प्रमाण पत्र प्रदान गरिने संयोजक अर्याले बताए । संस्थाले प्रतियोगितामा सहभागी हुने सबै खेलाडी तथा प्रशिक्षकलाई खान र बस्नको व्यवस्था गरेको छ । आयोजकका अनुसार प्रतियोगितामा ७० लाख रुपैयाँ भन्दा बढी खर्च हुने छ ।
सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको स्मृतिमा आयोजित प्रतियोगिता उहाँको जीवन र गवाहीप्रति समर्पित रहेकोले अपाङ्गता खेलकुदप्रति स्व। अधिकारीको उत्कृष्ट चाहनालाई पुरा गर्ने उदेश्यले स्थापित यस विकास शिल्ड प्रत्येक २ वर्षमा विभिन्न राष्ट्रियस्तरको अपाङ्गता खेलकुद कार्यक्रमको आयोजना गर्ने हाल संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले बताउनुभयो ।
प्रतियोगिताको समापन भने गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अन्तिम तयारीले मुख्य आयोजनास्थल पोखरा रंगशालाको बास्केटबल कोर्ट र पुन समाजको बास्केटबल कोर्ट पर्यटकीय सहर पोखरा खेलकुदमय बनेको हो । खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेसा व्यवसायीहरू उत्साहित बनेका छन् ।
ताजा
पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्यालीसहित निर्मल निवास लगिँदै
२०८२ फाल्गुन १ गते, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्यालीसहित निर्मल निवास लगिँदै
२०८२ फाल्गुन १ गते, शुक्रबार
राणाद्वारा राप्रपा लाेकप्रिय नेता सिलवालकाे पिताकाे निधनमा दुख व्यक्त
२०८२ माघ २८ गते, बुधबार
मकवानपुरमा फेरिँदै चुनावी समीकरण : ‘डिना’ को पक्षमा जुर्मुरायो कांग्रेस
२०८२ माघ २८ गते, बुधबार
चलचित्र ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री
२०८२ माघ २८ गते, बुधबार
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
२०८२ माघ २८ गते, बुधबारविमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न
२०८२ माघ २८ गते, बुधबार
आयुष मगरको ‘कान्छी’ सार्वजनिक (भिडियो)
२०८२ माघ २८ गते, बुधबार
मधेशको विकासप्रति रास्वपा प्रतिबद्धः बालेन शाह
२०८२ माघ २७ गते, मंगलवार
रामेछाप बस दुर्घटना, मृतकको संख्या १२ पुग्यो
२०८२ माघ २७ गते, मंगलवार
कराते टोली थाइल्याण्डको इन्टरनेशनल कराते च्याम्पियनसिपमा सहभागी हुदै
२०८२ माघ २७ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





