हेरिटेज प्याजेन्टस् सम्पन्न, भेनेजुएला र जापानलाई मुख्य उपाधि

२०८० मंसिर १८ गते, सोमबार

काठमाडौं । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् प्याजेन्टस् सम्पन्न भएको छ । थाइल्याण्डको राजधानी शहर बैंककस्थित ईएससी पार्क होटलको अडिटोरियममा भव्यता पूर्वक सम्पन्न सो प्रतियोगितामा मिसेस् तर्फ भेनेजुएलाकी उआंदर जिर्लेथ कासानोभाले विजेताको ताज पहिरिन सफल भएकी छिन् । मुख्य उपाधि सहित उनले मिसेस् पर्सनालिटीको अवार्ड पनि जित्न सफल भइन् ।

मिस तर्फ जापानकी एरिका हाराले विजेताको ताज पहिरिन सफल भएकी छिन् । उनले प्रतियोगितामा मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्ड पनि आफ्नो पक्षमा पार्न सक्षम रहिन् । प्रतियोगितामा मिसेस् तर्फ स्वीडेनकी म्याडेलिन वालग्रेन भिकेरी फस्ट रनर्स अप, न्युजिल्याण्डकी एली स्मीथ लाइन्स सेकेन्ड रनर्स अप, मंगोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड रनर्स अप तथा केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्स अपका रुपमा चयन भएका थिए । यसैगरी मिस तर्फ नाइजेरियाकी टे«सी सोलोमोन फस्ट रनर्स अप, मेक्सिकोकी भ्यानेली उलेट सेकेन्ड रनर्स अप, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड रनर्स अप तथा रसियाकी बेला टोट्रोभा फोर्थ रनर्स छनौट भएका थिए ।

नेपालका सन्तोष सापकोटा अध्यक्ष रहेको ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजना संचालन भएको सो प्रतियोगिताको संयोजनमा सुसान कोह थिइन् । प्रतियोगिताको कोरियोग्राफरका रुपमा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज कोरियोग्राफर वेस्ली श थिए । कार्यक्रमको संचालन पनि रोजिनले नै गरेका हुन् । प्रतियोगिताको अफिसियल फोटोग्राफरका रुपमा बेन्जी योङ थिए भने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि दुर्गा बिशुराल, आशिष कँडेल र पूर्व मिसेस हेरिटेज फोन्तिप श्रीवारान्योको संयोजन थियो भने टिनिडी गल्फ होटल बैंककको कार्यक्रम अफिसियल होटलका रुपमा रहेको थियो ।


प्रतियोगिता मिस मिसेस्का अतिरिक्त हेरिटेज प्लस, हेरिटेज पटिट, हेरिटेज जेम्स गरी विभिन्न विधाहरुको पनि यसैवर्ष देखि शुरुवात गरिएको थियो ।

सो प्रतियोगितात्मक कार्यक्रममा आर्टिस्टिक निर्देशक विमल सुवेदी, मिसेस् मलेसिया युनिभर्स २०१४ की विजेता एस्थर चिन, मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ की विजेता फोन्टिप सुवर्णयु, वल्र्ड ब्युटी प्याजेन्ट अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबि नादिर तथा मिस हेरिटेज इन्टरनेसनल २०२२ की विजेता एना किरिलिनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा थाईल्याण्डका कहलिएका नृत्य कलाकारहरुले जोडदार प्रस्तुतिबाट मनोरञ्जन प्रदान गरेका थिए ।

86 Views

ताजा

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९ गते, शुक्रबार

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९ गते, शुक्रबार

अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी

२०८२ फाल्गुन २९ गते, शुक्रबार

तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण

२०८२ फाल्गुन २९ गते, शुक्रबार

रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य

२०८२ फाल्गुन २९ गते, शुक्रबार

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते

२०८२ फाल्गुन २७ गते, बुधबार

विश्व  कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल

२०८२ फाल्गुन २७ गते, बुधबार

भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal