‘ट्रेडिङ बिजनेस’ बाट उद्योगमा ‘सिफ्ट’ हुँदै मल्होत्रा

२०८० मंसिर १७ गते, आईतवार

सुरेन्द्र बहादुर खत्री सिलवाल

काठमाडौं। सामसुङ मोबाइललाई नेपालमा ब्राण्डका रूपमा स्थापित गरेका व्यवसायी दीपक मल्होत्रा गाडी, मोबाइल र हाइड्रोपावरसहित दर्जनौँ व्यवसायमा आवद्ध छन्। विशेषतः उनी ुट्रेडिङ बिजनेसुमा जमेका व्यवसायी हुन्। मल्होत्राले मोबाइलसँगै कोरियन ब्राण्डकै साङयोङ गाडीको आयात गरेर बिक्रीसमेत गर्दै आएका छन्।

नेपाली बजारमा धेरै रुचाइएको सामसुङ मोबाइलको बिक्रेताको रूपमा परिचित मल्होत्राले आइएमएस वर्ल्ड प्रालिमार्फत् आफ्नो व्यापारिक साम्राज्य विस्तार गरिरहेका छन्। कृषिदेखि हाइड्रोसम्म लगानी गरेका उनले कोभिड–१९ महामारीको समयमा मास्क र स्यानिटाइजर समेत उत्पादन गरेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ व्यवस्थापनदेखि मोबाइल वालेट सेलपे हुँदै आइएमएस सफ्टवेरसम्मको बिजनेस मल्होत्राले गर्दै आएका छन्। उनको ग्रूपले अनलाइन सपिङ मार्केट स्मार्ट डोको पनि सञ्चालन गरिरहेको छ।

विदेशबाट सामान ल्याएर बिक्री गर्ने व्यापारीको रूपमा मल्होत्रालाई चिनिरहेको बेला अब भने उनी आफ्नो परिचय बदल्ने योजनामा अघि बढेका छन्। खासगरी आयातमुखी भन्दा उत्पादनमुखी नै नेपालको लागि सबैभन्दा उत्तम रहेको निष्कर्ष निकाल्दै मल्होत्राले पछिल्लो समय उत्पादनतर्फ आफ्नो व्यवसायिक यात्रा अगाडि बढाउन खोजिरहेका छन्।

उनले नेपालमा अथाह सम्भावना रहेको विद्युतमा लगानी विविधिकरण गरेका छन्। अहिले मल्होत्राले आफ्नो सम्पूर्ण ध्यान जलविद्युतमा लगाउन थालेका छन्। नेपालको आफ्नो उत्पादनको रूपमा विश्व बजारमा बिक्री गर्न सक्ने एउटै उत्पादन भनेको बिजुली नै भएकोले आफु पनि त्यसतर्फ सिफ्ट हुन लागेको मल्होत्राले बताए। उनले जलविद्युतका साथै घरजग्गा व्यवसायलाई तीव्रता दिने भएका छन्। जलविद्युत र घरजग्गा व्यवसायलाई केन्द्रित गरेर लगानी विस्तार गरिरहेको उनले सुनाए।

‘विद्युत उत्पादनमा लाग्दा मुलुकभित्रै खेर गइरहेको पानीको मात्र उपभोग हुँदैन रोजगारी समेत बढ्छ,’ व्यवसायी मल्होत्राले भने, ’अहिलेको परिस्थितिमा आयातभन्दा निर्यातमा जोड दिनुपर्ने स्थिति रहेकोले केही जलविद्युत आयोजनाहरु निर्माणको प्रक्रिया अगाडि बढाएका हुँ।‘

निजी क्षेत्रबाटै सबैभन्दा ठूलो जलविद्युत बनाउँदै
मल्होत्रा निजी क्षेत्रमार्फत नेपालमा सबैभन्दा ठूलो हाइड्रोपावर आयोजना गर्ने तयारीमा छन्। उनले टाइम्स इनर्जी प्रालिमार्फत ३ सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्धजलाशय जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएका छन्। काम अगाडि बढाउनका लागि विद्युत खरिद–बिक्री ९पिपिए० का लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल पनि गरेको जानकारी उनले दिए। आयोजना बनाउन ५१ अर्ब रूपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

आयोजनाबाट २०८५ देखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ८३ करोड ७१ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। पिपिए भएमा नेपाली लगानीकर्ताहरुले बनाएको सबैभन्दा ठूलो आयोजनाको रूपमा हुनेछ।

योसँगै पश्चिममा ठूलीभेरी जलविद्युत आयोजनाको काम अगाडि बढाएका छन्। आयोजना निर्माणको लागि आवश्यक अध्ययन प्रक्रिया अगाडि बढाएको उनले बताए। यो आयोजना ३ सय २५ मेगावाट क्षमताको रहेको छ।

यस्तै लमजुङमा १४ मेगावाट क्षमता भएको मिदिम खोला जलविद्युत आयोजनाको काम पनि उनको कम्पनीले अगाडि बढाएको छ। अहिले आयोजनाको भौतिक संरचनाको काम भइरहेको र डेढ वर्षभित्र उत्पादन हुनेगरी काम भइरहेको उनले बताए। सो आयोजनाको लागत करिब २ अर्ब ३० करोड रूपैयाँ अनुमान गरिएको छ।

कृषिमा पनि आइएमएसको फड्को
आइएमएस ग्रुपले व्यावसायिक कृषिको पाइलट प्रोजेक्टका रूपमा सुनसरीमा २५ बिघामा कृषि खेती सुरु गरेको छ। फार्ममा कागती, मेवा, स्ट्रबेरी, धान, गहुँलगायत बाली लगाएर प्रोजेक्ट सुरु गरेको उनले बताए।

जलविद्युतसँगै कृषिको पनि राम्रो सम्भावना रहेकोले आफ्नो ग्रूपले लगानी विस्तार गर्न लागिरहेको उनको भनाइ छ। अहिले सोही ग्रूपले मनाङमा ५ सय रोपनी क्षेत्रफलमा स्याउ खेती सुरु गरेका छ। उनले सातवटै प्रदेशमा कृषि खेती गर्ने लक्ष्य रहेको बताए।

घरजग्गा कारोबार गर्न ५ अर्बको कम्पनी
राजधानीको कालिकास्थानमा सिल्भर सिटी अपार्टमेन्ट निर्माण गरी सञ्चालन गरिरहेका मल्होत्राले अहिले घरजग्गा व्यवसायलाई नेपालको पहिलो पब्लिक कम्पनी बनाएका छन्।

मल्होत्राले पहिलो पब्लिक कम्पनी रियल इस्टेट म्यानेजमेन्ट लिमिटेड दर्ता गरेका छन्।

आर्थिक गतिविधि विस्तारै चलायमान हुन थालेसँगै अब तीव्र गतिमा काम अगाडि बढाउन लागेको उनले सुनाए।
हाउजिङ, अपार्टमेन्ट र प्लटिङसहित रियल इस्टेटसँग सम्बन्धित सबै क्षेत्रको काम गर्नेगरी कम्पनी स्थापना गरेको उनले बताए।

तीन वर्ष निरन्तर नाफा कमाएर बुक बिल्डिङमार्फत् प्राथमिक सेयर ९आइपिओ० जारी गर्ने उनको योजना छ। १८ लगानीकर्ताहरु रहेको कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ बराबर छ।

हाउजिङ, अपार्टमेन्ट र प्लटिङसहित रियल इस्टेटसँग सम्बन्धित व्यवसाय उनले भैंसेपाटीमा ५८ रोपनी जग्गाबाट गर्ने योजना बनाएका थिए, तर सोचेअनुसार काम अगाडि बढाउन नसकेको उनको भनाइ छ। जसकारण पहिलो चरणमा १८ रोपनी क्षेत्रफलको जग्गा प्लटिङ गरेर बिक्री गर्ने योजना उनले बनाएका छन्। ५८ रोपनी जग्गामध्ये पहिलो चरणमा १८ रोपनीमात्र प्लटिङ गरेर बेच्ने गरी काम सुरु भइसकेको छ।

दोस्रो चरणमा धापाखेलमा रहेको ६४ रोपनी क्षेत्रफलको जग्गामा हाउजिङ बनाउने योजना उनको छ। पब्लिक कम्पनीमार्फत नै त्यस क्षेत्रमा हाउजिङ बनाउने तयारीमा लागेको र नक्सा बनाउने काम भइरहेकाले केही ढिलाइ भइरहेको उनले बताए।

74 Views

ताजा

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९ गते, शुक्रबार

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९ गते, शुक्रबार

अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी

२०८२ फाल्गुन २९ गते, शुक्रबार

तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण

२०८२ फाल्गुन २९ गते, शुक्रबार

रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य

२०८२ फाल्गुन २९ गते, शुक्रबार

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते

२०८२ फाल्गुन २७ गते, बुधबार

विश्व  कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल

२०८२ फाल्गुन २७ गते, बुधबार

भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal