सूईहरुको उदासिनताले सडक चौपट

२०८० मंसिर १५ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको देशभरीका आयोजनाहरु हेर्ने एक्सन रुमको प्रयोग नहुँदा राष्ट्रिय गौरवका सडकहरु ध्वस्त बनेको छ । आयोजना निर्देशनालय एडीबी अन्तर्गत पर्ने नारायणघाट–बुटवल सडक खण्डको दुरावस्था यात्रा गर्नेलाई मात्र थाहा हुन्छ । सरकारी अधिकारीहरु सकेसम्म थाहा नै नपाए जस्तो गर्दछन् । प्रधानमन्त्री कार्यालयले एक्सन रुमबाट नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक खण्डको अवस्था हेरेर दबाब र हस्तक्षेप गरेको भए सडकको दुर्गती हुने थिएन । गत वर्षको २०७९ श्रावणसम्म सबै काम सकिनु पर्ने नारायणघाट–बुटवल खण्डको काम करिव ४० प्रतिशत मात्रै सकिएको छ । त्यही हिसावले काम भए सडक सम्पन्न हुन अझै ५ वर्ष लाग्ने समाचार श्रोतले जानकारी दिएको छ । यो सडक एडीबी निर्देशनालय अन्तर्गत पर्दछ । एडीबी निर्देशनालयका प्रमुख चुडाराज ढकाललाई चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ्ग कर्पोरेशनले नटेर्दा समस्या बढेको र कामले गति लिन नसकेको जानकारहरुले बताएका छन् । ठेकेदारप्रति नरम बन्दा पर्यटकीय नगरी पोखरालाई जोड्ने मुग्लिङ–पोखरा सडक खण्डको जस्तै छ । अनहुई कम्पनीले ठेक्का लिएको पोखरातर्फको पश्चिमखण्ड हरिविजोग छ । कूल ४८ कि.मी. सडकमा ११ प्रतिशत मात्रै काम भएको बताइएको छ । यो सडकको पूर्वीखण्डतर्फ पनि कामको गती लक्ष्य अनुसार छैन । तर पनि एडीबी निर्देशनालयका प्रमुख ठेकेदारलाई दोष थुपारेर पानी माथिको ओभानो बन्ने गरेका छन् । मन्त्रीपरिषद्को कार्यालयबाट प्रर्याप्त पहलकदमी र अनुगमन नहुँदा समस्या उत्पन्न भएको श्रोतले बताएको छ ।

तात्कालिन मन्त्री एवं हालका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुगमन गरेपछि यी समस्याग्रस्त सडकहरुको अनुगमन नभएको समाचार स्रोतले बताएको छ । हालका मन्त्रीले चासो नलिँदा हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र उत्तर–दक्षिण कोरिडोर सडकहरु पनि उस्तै समस्या छ । मदन भण्डारी राजमार्गमा केही पुल बनेपनि अन्य संरचना बन्न सकेको छैन भने मध्यपहाडी लोकमार्गको चियो भञ्ज्याङदेखि झुलाघाटसम्म नेकपा एमालेले पैदल यात्रा गर्ने भएपछि आयोजनाका प्रमुख कुवेर नेपाली र सडक विभागका महानिर्देशक कुदाकुद गरेका छन् ।

यसरी सुईहरुको उदासिनताले प्रगती हुन नसकेको राष्ट्रिय गौरवका सडकप्रति मन्त्री प्रकाश ज्वालाको ध्यान पुग्न नसकेको चर्चा चलेको छ । यता एडीबी सडक निर्देशनालयका प्रमुख ढकाललाई कमिशनकै लागि कनिष्ठ भए पनि एडीबी पठाइएको श्रोतले बताएको छ । काकडभिट्टा लौकही सडक खण्डको ठेक्कामा तुदी कन्ट्रक्सनले तीन करोड कमिशन प्रमुख ढकाललाई बुझाएको आरोप लागेको छ । ढकालको सुस्तीपन र गनगने प्रबृत्तिलाई ठेकेदारहरुले नरुचाएको समाचारमा उल्लेख गरिएको छ ।

69 Views

ताजा

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?

२०८२ कार्तिक ४ गते, मंगलवार

Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.

२०८२ कार्तिक ४ गते, मंगलवार

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’

२०८२ आश्विन २७ गते, सोमबार

बक्स अफिसमा ‘कान्तारा २’को आँधी

२०८२ आश्विन २७ गते, सोमबार

मेची राजमार्ग तत्काल नखुल्ने

२०८२ आश्विन २७ गते, सोमबार

देश हामीले नबनाए कसले बनाउँछ ?

२०८२ आश्विन २७ गते, सोमबार

जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ

२०८२ आश्विन २७ गते, सोमबार

विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै

२०८२ आश्विन २७ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal