कुवेत जान लागेका ११७ श्रमिकलाई विमानस्थलबाटै फर्काइयो
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फिर्ता गरिदिएको छ। उनीहरुको भिसा शंकास्पद भएको र उनीहरु ‘प्रतिबन्धित’काममा जान लागेको समेत आशंका भएकोले उनीहरुलाई फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालका अनुसार बुधबार र बिहीबारका फरक फरक उडानबाट जान लागेका ११७ जनालाई र्फाइएको हो।
ढकालका अनुसार यसरी शंकास्पद रुपमा जान लागेका श्रमिकहरुलाई रोक्ने क्रम पछिल्ला केही दिनदेखि जारी छ। अध्यागमन कार्यालयले सलाम एयरमार्फत बुधबार साँझ कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो।
ढकालका अनुसार उनीहरुले साथमा बोकेका कागजातहरु शंकास्पद थिए। केही कागजातमा एउटा काम लेखिएको तर अर्कै काममा जान लागेको, केहीको दूतावासमार्फत श्रम स्वीकृतिका लागि पठाइएको पत्र शंकास्पद देखिएको थियो। उनीहरुले साथमा बोकेका कागजातमा उनीहरुले गर्ने काम अर्कै लेखिएको तर अध्यागमनका अधिकारीहरुले सोधपुछ गर्दा उनीहरुले अर्कै काम गर्न जान लागेको जवाफ दिएपछि अधिकारीहरुलाई शंका लागेको थियो। कागजातमा लेखिएका कुरा र सोधपुछमा उनीहरुले बताएका कुरा बाझिएपछि उनीहरुलाई रोकिएको हो।
यी सबै कामदारहरुले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, उनीहरुमध्ये केहीसँग हातमा अर्कै भिसा र लगेजमा अर्कै भिसा समेत पाइएको थियो।
यसरी रोकिएकामध्ये धेरै महिला पनि छन्। उनीहरुलाई घरेलु श्रमिकका रुपमा कुवेत लैजान लागिएको आशंका गरिएको छ। नेपालबाट अहिले घरेलु श्रमिकको रुपमा काम गर्न कुवेत जान पाइँदैन। ढकालका अनुसार यो मामिलामा अध्यागमन विभागसँगै श्रम मन्त्रालय, गृह मन्त्रालय पनि जोडिने भएकोले सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ।
ताजा
नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
२०८२ फाल्गुन २९ गते, शुक्रबार
नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
२०८२ फाल्गुन २९ गते, शुक्रबार
अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी
२०८२ फाल्गुन २९ गते, शुक्रबार
तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण
२०८२ फाल्गुन २९ गते, शुक्रबार
रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य
२०८२ फाल्गुन २९ गते, शुक्रबार
दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू
२०८२ फाल्गुन २७ गते, बुधबार
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते
२०८२ फाल्गुन २७ गते, बुधबार
विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल
२०८२ फाल्गुन २७ गते, बुधबार
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





