मेरो युरोपको यात्रा र स्मरणहरु
निर्मलादेवी तिम्सिना
झस्किएको सपना र चस्किएको मुटु बोकेर रमाउँदै रहरले सायदै कोही विदेसिदैन होला ! ओछ्यान पर्दै गरेका बा–आमाको सेवा गर्नु जीउँदा भगवानको सेवा गर्नु थियो । काख भरिका वच्चालाई ममता दिनु आफै भगवान हुनुजस्तै थियो । पति सेवा पनि कुनै मन्दिर धाए भन्दा कम थिएन तर जहाँ अकिञ्चन हुन्छ त्यहाँ सबै कुरा भएर पनि शान्ति हुँदो रहेनछ । पैसा नै सबैथोक हैन त पैसा हुनेले भन्ने रहेछन् । पैसा नहुनेलाई सबैथोक पैसा नै हुनेरहेछ ।
१५ वर्षको लामो समयको अथक परिश्रम र ठूलो रकम तिरेर बटुलेका प्रमाणपत्रहरु सयौं कार्यालयका प्रमुखहरुले पल्टाउँदा पल्टाउँदै धर्सि सकेका थिए । निक्कै समय लगानी गरेर श्रम बेच्न प्रमाणपत्र किनेकी थिएँ । तिनै प्रमाणपत्र मूल्यहीन भएपछि श्रम कहाँ बिक्थ्यो र ! ागउँमा भएको अलिकति खेतबारी बाआमाले भविष्य बनाउने सपनाले मेरा प्रमाणपत्र किनि दिँदै बेचिसकेका थिए । खास त्यो जग्गा थियो त दुई छाक टार्न आनन्दले सकिने थियो ।
सहरका अनेक चोकचोकमा र गल्लीगल्लीमा भोकाएको चितुवा भौतारिए जसरी बर्षौ भौतारी रहे । दिन आवश्यकताले भौतारिन्थे र रात अभावले । अथक छट्पटिले आवश्यकताका खात दिन दुई गुणा रात चौ गुणा थपिएका थिए । पुर्खाहरुले नेपाली हुनुमा गर्व गर्ने होसला छोडेर गएका भए पनि तत्कालिन जल्दाबल्दा छ्यापछ्याप्ती मौलाएका व्वाँसा र धमिराले देश ख्वाप्लक्क निलिसकेका थिए । जसले गर्दा नेपाली भनेर आफूलाई चिनाउँदै गर्दा आफै शीर झुकेको महसुस हुन्थ्यो । दलाल, घुसखोरी र तस्करले मात्र सम्पत्तिका ठुलो पोका जम्मा पारेरका छन् भन्दा अनुचित नहोला । सामान्य व्यक्ति गरिबीको ठूलो चक्रव्यूहमा होमिएको कुरा दिनमा लाखौंलाख युवायुवती विदेशिन लाइन लागेको विमानस्थलको यात्राले बताएको हुन्छ । त्यो यात्रा मैले पनि तय गरेँ ।
प्हिला त श्रम बेच्ने आशाले प्रमाणपत्र किनेको थिएँ यो पाली आफैंलाई बेचि दिएँ । निक्कै महँगोमा आफूलाई बेचेर युरोपको साइप्रस तिर लागेँ । यात्रा आफैंसँग अन्जान थियो । पिडाले जिउँदै मारिरहेको थियो । प्रकृतिले छोरी मान्छेलाई धेरै कुरा त्याग्न सिकाएको थियो जन्म, घर, जन्मदाता, आफन्त, साथी, रहर सबै त्याग्न सिकाए पनि जन्माएको मान्छेलाई चटक्क छोडेर हिँड्दा सबै छोडेको भन्दा धेरै पीडा हुँदो रहेछ । मेरो मुटुको टुक्राको अनुहारमा आँखाले अन्तिम स्पर्शसम्म लिन नसकेरै यात्रा अगाडि बढाए ।
भुइँमा खुट्टाले हिँडेको अनुभव धेरै थियो, गाडीको यात्राको अनुभव पनि थियो, आकाशभित्र जहाजको यात्रा अनुभव थिएन । अनुभव विनानै लामो यात्रा सकिएछ, पत्तै पाइन । मन आफूसित भए पो थाहा हुन्थ्यो । एउटा मृत मान्छे जो चितामा सुतिरहेको उसले के नै थाहा पाउन सक्छ र । थाहा पाउने भए आगोले किन पोलेन ? उ किन चिच्याएर उठेन ? म त्यो बखत चितामा सुते भन्दा केही कम थिइन ।
युरोपको मैदानमा उत्रिएका मेरो पाइला बेसुर चले कसैको इशारामा । पाइला मात्र चलेनन् भाषा, संस्कार, खानपान, सबै अरुकै इसारामा चले । यतिसम्म भयो म को हुँ भनेर चिमटीचिमटी आफू भएको सम्झना आफूलाई दिन्थेँ । नाम युरोप भएपनि काम र दाम खाडीको भन्दा कम थिएन । आठ घण्टा कामको सम्झौता भए पनि चौबिसै घण्टा खटिनु पर्ने रहेछ । स्वतन्त्रता हराउँदो रहेछ । एक कैदी बराबर । यस्तो हुन्छ भनेर नबुझी आएको भने पक्कै हैन ।
बुझेर आत्मसमर्पण गर्नु सिवाय के नै हुन्छ र गरीबिको । बल्ल महिनामा एकदिन छुट्टी निस्कने अवसर जुट्यो नेपाली अनुहार देख्दा थामी नसक्नु मुटु दुख्यो । कति धेरै दिदी बहिनी र दाजुभाई विदेशिएका रहेछन् । यति सानो देशमा त यति धेरै दिदी बहिनी र दाजुभाई हुनुहुन्छ भने अरु ठूला ठूला देशमा कति दाजुभाई र दिदी बहिनी हुनुहुन्छ ? मन झन् भारी भयो । महिनाभरि उकुसमुकुस भएर काम गर्दै बल्लतल्ल महिनामा चार सय यूरो थाप्दा आएको रुपैयाँ सम्झेर झन बढी मुटु दुख्थ्यो । त्यो पनि बुझी बुझी आएको हो । भिखारीलाई जति सरो पनि माग्न छोड्दैन । बाध्यता नै बुझ पचाउनु थियो । जति पीडा भए पनि साथीहरुसित हाँसेर फोटा खिचियो । हाँसेका फोटाले सुख अनुभूति दिए पनि पीडाका चाङ्ले मुटु फुट्ने गरी थिचिएको थियो । मानौ कुनै ठूलो पहाड छातीमाथि ढसमस बसेको छ ।
निश्चित आवश्यकता किन कर्तव्य बेचेको छु, प्रेम बेचेको छु, ममता बेचेको छु र खुसी बेचेको छु । रहरले विदेश गएको होस् भन्नेलाई के थाहा बाध्यता र जिम्मेवारी अनि स्तनपान गर्दा गर्दैको बाल शुलभ ममता । जिम्मेवारीले धेरै कुरा सिकाउँछ अरुको कमाई खाएर कोठे रानी हुनेले कहाँ पाएर नयाँ अनुभव बटुल्नु । नयाँ कुरा देख्न पाउनु । दुःख खोज्नेले मात्र मिठो अनुभव बटुल्छ । दुःखभित्र असीमित ज्ञान हुन्छ जति पुस्तकका पन्नाभित्र हुँदैन ।
माया गर्ने आफन्तले कहिले नेपाल फर्किने भनेर प्रश्न माथि प्रश्न गरिरहेका हुन्छन् । मौन रहेको छ मेरो उत्त । उनीहरुलाई दिने उत्तर आफैसित प्रश्न बनेको छ । नेपाल गएर के गर्छेस ? यत्रो वर्ष नेपाल बसेर के गरिस् ? अब तुरुन्तै जान्छेस ? लाचार छन् उत्तर । आँखाभरि प्यारो जन्मभूमिको तस्बिर कैद छ । मुटुभरी आफन्त र देशको माया छ । हरेक रात सपनाभरी आफ्नै माटोमा आफन्तकै साथमा हुन्छु । झस्किएर विउँझिदा पनि आफूलाई ठेगानामा पाउँदिन । प्रिय देश तिम्रै असीमित माया छ ।
तिम्रो मायाको तराजुमा कोही बढी हुनै सक्दैन । तर कहिल्यै नफर्कनु जस्तो लाग्छ तिम्रो माया नलागेर हैन तिम्रो सर्वनाश हेर्न नसकेर तिमीलाई दिनदिनै सक्दैछन् तिम्रा अराजक सन्तानले । तिमीलाई खरानी बनाउँदैछन् असत्तीहरुले । तिमी जल्दै गरेको हेर्न कसरी आउ आमा ? तिमी नै सुरक्षित छैनौ भने हामी कसरी सुरक्षित हुँला ?
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





