लामिछानेलाई खेदेको खेदै युवराज

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता प्रकरणमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रबि लामिछालाई दोषी करार गरेपछि उनीविरुद्ध रिट दायर गर्ने युवराज पौडेल सफल यतिबेला निकै हौसिन पुगेका छन् । एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध पनि उजुरी दिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका उनले लामिछाने सभापति रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
बुधबार निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुर भवन पुगेर सफलले पार्टीका सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक ठहर गरेको भन्दै निजले दल दर्ता एव संसदको उम्मेद्वार बन्दा पेश गरेको नागरिकता कानुनत अवैधानिक रहेकाले दल खारेजी गर्न माग गर्दै निवेदन दिएका हुन् । उनले सोही अवैधानिक नागरिकता पेशगरी निजको अध्यक्षतामा बैठक बसी दल खोल्ने निर्णय गरेको र लामिछानेले गरेको हस्ताक्षर समेत अवैधानिक भएको दाबी निवेदनमा गरेका छन् ।
सफलद्वारा दायर रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार नागरिकताविहीन भएको फैसला सुनाए पछि लामिछाने उपप्रधान, गृहमन्त्री, सांसद र पार्टी सभापतिबाट एकैपटक मुक्त भएका थिए । आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता लिएसँगै पार्टी सभापतिमा नियुक्त लामिछानेका अन्य पदहरु भने रिक्त हुन पुगेका छन् ।
उनी पदमुक्त भएसँगै चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको पद रिक्त भएको जानकारी सभामुखले हिजो बसेको प्रतिनिधिसभा बैठकलाई गराएका थिए । सफलले मंगलबार दोहोरा राहदानीमा कारवाहीको माग गर्दै लामिछानेविरुद्ध काठमाडौं प्रहरी र राहदानी विभागमा समेत उजुरी दर्ताको प्रयास गरेका थिए ।
ताजा

कि सफाइ देऊ कि सजायः कुञ्जना घिमिरे
२०७९ चैत्र १० गते, शुक्रबार
कि सफाइ देऊ कि सजायः कुञ्जना घिमिरे
२०७९ चैत्र १० गते, शुक्रबार
पुरुषभन्दा महिलाको जनसंख्या बढी
२०७९ चैत्र १० गते, शुक्रबार
नेपालमा ६६ लाख ६६ हजार परिवार
२०७९ चैत्र १० गते, शुक्रबार
नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
२०७९ चैत्र १० गते, शुक्रबार
नेपालको जनसङ्ख्या वृद्धिदरमा असन्तुलन देखियोः प्रधानमन्त्री प्रचण्ड
२०७९ चैत्र १० गते, शुक्रबार
भोलिदेखि रिटर्नी फेडेरेसनको महाधिवेशन काठमाडौंमा सुरु
२०७९ चैत्र १० गते, शुक्रबार
नेपालमा मातृमुत्यु दर घट्यो
२०७९ चैत्र १० गते, शुक्रबार
कर्मचारीले अश्लील फोटो बेचेको बोसले थाहा पाएपछि…
२०७९ चैत्र ९ गते, बिहीबार
‘अस्फाल्ट’ प्रविधिमा नेपालगञ्जमा सडक कालोपत्र गरिँदै
२०७९ चैत्र ९ गते, बिहीबार
सञ्चालनको अन्योलमा टीकापुर विमानस्थल
२०७९ चैत्र ९ गते, बिहीबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार