लामिछानेलाई खेदेको खेदै युवराज

२०७९ माघ १९ गते, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता प्रकरणमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रबि लामिछालाई दोषी करार गरेपछि उनीविरुद्ध रिट दायर गर्ने युवराज पौडेल सफल यतिबेला निकै हौसिन पुगेका छन् । एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध पनि उजुरी दिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका उनले लामिछाने सभापति रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

बुधबार निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुर भवन पुगेर सफलले पार्टीका सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक ठहर गरेको भन्दै निजले दल दर्ता एव संसदको उम्मेद्वार बन्दा पेश गरेको नागरिकता कानुनत अवैधानिक रहेकाले दल खारेजी गर्न माग गर्दै निवेदन दिएका हुन् । उनले सोही अवैधानिक नागरिकता पेशगरी निजको अध्यक्षतामा बैठक बसी दल खोल्ने निर्णय गरेको र लामिछानेले गरेको हस्ताक्षर समेत अवैधानिक भएको दाबी निवेदनमा गरेका छन् ।
सफलद्वारा दायर रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार नागरिकताविहीन भएको फैसला सुनाए पछि लामिछाने उपप्रधान, गृहमन्त्री, सांसद र पार्टी सभापतिबाट एकैपटक मुक्त भएका थिए । आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता लिएसँगै पार्टी सभापतिमा नियुक्त लामिछानेका अन्य पदहरु भने रिक्त हुन पुगेका छन् ।

उनी पदमुक्त भएसँगै चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको पद रिक्त भएको जानकारी सभामुखले हिजो बसेको प्रतिनिधिसभा बैठकलाई गराएका थिए । सफलले मंगलबार दोहोरा राहदानीमा कारवाहीको माग गर्दै लामिछानेविरुद्ध काठमाडौं प्रहरी र राहदानी विभागमा समेत उजुरी दर्ताको प्रयास गरेका थिए ।

231 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal