दुई दिनमै रवि लामिछाने मन्त्री बन्न सक्छन्

२०७९ माघ १४ गते, शनिबार

काठमाडौं। सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उपप्रधान तथा गृहमन्त्रीको पद पनि गएको छ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको सांसद पद खारेज गरिदिएको छ। योसँगै उनको उपप्रधान तथा गृहमन्त्रीको पद पनि गएको हो। लामिछाने ३२ दिन अघि उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि स्वतः खारेज भएको छ। तर, तत्काल नागरिकता लिएमा उनी फेरि मन्त्री बन्न भने सक्छन्। संविधानमा सांसद नभएको व्यक्ति पनि ६ महिना मन्त्री बन्न सक्ने प्रावधान छ।

लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको अदालतको फैसला छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनको सांसद पद खारेजसँगै अब उक्त क्षेत्रमा उपनिर्वाचन हुनेछ।

यदि उनले नागरिकता पाएको खण्डमा फेरि उपनिर्वाचनमा उम्मेदवार हुन पाउनेछन्। त्यसमा विजयी भएमा सांसद बन्ने बाटो उनका लागि खुला छ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal