विश्वको तापमानवृद्धि नियन्त्रण बाहिर जान लागेको संयुक्त राष्ट्रसङ्घको चेतावनी

२०७९ कार्तिक ११ गते, शुक्रबार

संयुक्त राष्ट्र सङ्घले विश्वको तापमानवृद्धि नियन्त्रणबाहिर जान लागेको प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययन प्रतिवेदनले विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासका लागि विश्वसनीय मार्गचित्र नदेखिएको जनाएको छ ।

 

वैज्ञानिकहरूले तापमानवृद्धि १, दशमलव ५, डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा विश्वभरिका मानिसमा न कारात्मक प्रभाव पर्ने बताएका छन् ।

 

राष्ट्र सङ्घको प्रतिवेदनले गएको वर्ष स्कटल्यान्डकाे ग्लास्कोमा भएको जलवायु सम्मेलन कोप २६ यता कार्बन उत्सर्जन कटौती गर्ने विभिन्न देशका सरकारहरूको योजना दुःखद रूपमा अपर्याप्त रहेको जनाएको बीबीसीले उल्लेख गरेको छ । समाजको तत्काल रूपान्तरणले मात्रै अबको विपदबाट जोगाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । जलवायु सम्मेलन कोप २७ आउँदो हप्ता इजिप्टमा सुरु हुँदैछ ।

 

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वले जलवायु परिवर्तनमा पुनध्यान केन्द्रित नगरे विपत्तिको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ । संयुक्त राष्ट्र सङ्घले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले १, दशमलव ५, डिग्री सेल्सियसको सीमा गम्भीर जोखिममा रहेको उल्लेख छ।

 

राष्ट्र सङ्घले कार्बन उत्सर्जनमा कटौती गर्ने लक्ष्य हासिल गर्न कठिन रहेको स्वीकार गर्दै जीवाश्म इन्धनको प्रयोग घटाउनु पर्नेमा जोड दिएको छ।

 

 

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति

२०८३ असार २८ गते, आईतवार

‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति

२०८३ असार २८ गते, आईतवार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal