अल्लु अर्जुनको अगाडी बलिउडका यीअभिनेता फि का पर्न थाले

२०७९ कार्तिक ११ गते, शुक्रबार

सन् २०२३ :को सर्वाधिक प्रतीक्षित भारतीय फिल्म कुन होला? बलिउडका बादशाह भनिने शाहरुख खान र बलिउडका भाइजान भनिने सलमान खान दुवैको फिल्म सन् २०२३: मा रिलिज हुँदैछ। शाहरुखको पठान र सलमानको (टाइगर ३)जस्तो बहुप्रतीक्षित फिल्म आउँदो वर्ष रिलिज हुँदैछ। तर पनि यी फिल्म सर्वाधिक प्रतीक्षा गरिएका फिल्म भने होइनन्।

उमेर ढल्किँदै गएका र आउटडेटेड कन्टेन्ट अनि आफूभन्दा झण्डै आधा उमेर कमका हिरोइनसँग अनस्क्रिन रोमान्स गर्ने यी कलाकारको दिन अब सकिएको छ। बलिउड नै दक्षिण भारतीय फिल्मको चपेटामा परेर सङ्कटग्रस्त हुँदा बलिउडका कलाकार पनि विस्तारै दक्षिण भारतीय फिल्मका कलाकारको अघि फिक्का सावित भइरहेका छन्।

यस्तै भयो सन् २०२३: को सर्वाधिक प्रतीक्षित चलचित्रको सवालमा पनि। ठूला स्टार र ठूला ब्यानरका फिल्मलाई पछि पार्दै दक्षिण भारतीय कलाकार अल्लु अर्जुनको (पुष्पा २)मोस्ट अवेटेड फिल्मबनेको छ।

यस फिल्मको पहिलो भागले नै हिन्दी बेल्टमा मात्र १०० ,करोड भारुको कमाइ गरेको थियो। विश्वभर यसले ३५०, करोड भारु कमाएको थियो। नेपालमा समेत पुष्पा,ब्लकबस्टर भएको थियो।

मिडिया कन्सल्टिङ एजेन्सी ‘ओरम्याक्स’ले जारी गरेको सूचीमा पुष्पा २ ले सबै फिल्मलाई पछि छोड्दै सर्वाधिक प्रतीक्षित बनेको छ। यो सूचीको दोस्रोमा ,पठान तेस्रोमा, टाइगर ३, चौथोमा शाहरुखकै जवान र पाँचौँमा पनि शाहरुखकै डंकी छन्।

पुष्पामार्फत अल्लु अर्जुनलाई अवार्ड नै अवार्ड
अल्लु अर्जुन आफ्नो ब्लकबस्टर ‘पुष्पा: द राइज’ को सफलतासँग लगातार आफ्नो आकर्षण पनि चारैतिर फैलाउँदै छन्। उनी भारतबाट न्यूयोर्कमा वार्षिक इन्डियन डे परेडमा ग्रान्ड मार्शलको रूपमा राष्ट्रको प्रतिनिधित्व गर्ने एकमात्र अभिनेता समेत बन्न भ्याए ।

उनलाई ‘इन्डियन अफ द इयर’ को समेत उपाधि दिइयो । यस चलचित्र पछि साँच्चै अल्लु अर्जुनले धेरै सफलताहरू एकपछि अर्को गरी चुमिरहेका छन् । ‘इन्डियन अफ द इयर’ बाट सम्मानित हुनुका साथै उनले अन्य पुष्पा: द राइजका लागि सर्वश्रेष्ठ अभिनेता तेलुगुपुरस्कार र सर्वश्रेष्ठ अभिनेताको लागि दक्षिणी फिल्मफेयर पुरस्कार समेत पाएका छन् ।

162 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कित्ताकाटसम्बन्धी व्यवस्थामा भएको प्रतिबन्धात्मक वाक्यांशको अपव्याख्या गरिएको भन्दै नेपाल लेखापढी व्यावसायी एसोसिएसनको आपत्ति

२०८३ असार २९ गते, सोमबार

कित्ताकाटसम्बन्धी व्यवस्थामा भएको प्रतिबन्धात्मक वाक्यांशको अपव्याख्या गरिएको भन्दै नेपाल लेखापढी व्यावसायी एसोसिएसनको आपत्ति

२०८३ असार २९ गते, सोमबार

‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति

२०८३ असार २८ गते, आईतवार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal