अल्लु अर्जुनको अगाडी बलिउडका यीअभिनेता फि का पर्न थाले
सन् २०२३ :को सर्वाधिक प्रतीक्षित भारतीय फिल्म कुन होला? बलिउडका बादशाह भनिने शाहरुख खान र बलिउडका भाइजान भनिने सलमान खान दुवैको फिल्म सन् २०२३: मा रिलिज हुँदैछ। शाहरुखको पठान र सलमानको (टाइगर ३)जस्तो बहुप्रतीक्षित फिल्म आउँदो वर्ष रिलिज हुँदैछ। तर पनि यी फिल्म सर्वाधिक प्रतीक्षा गरिएका फिल्म भने होइनन्।
उमेर ढल्किँदै गएका र आउटडेटेड कन्टेन्ट अनि आफूभन्दा झण्डै आधा उमेर कमका हिरोइनसँग अनस्क्रिन रोमान्स गर्ने यी कलाकारको दिन अब सकिएको छ। बलिउड नै दक्षिण भारतीय फिल्मको चपेटामा परेर सङ्कटग्रस्त हुँदा बलिउडका कलाकार पनि विस्तारै दक्षिण भारतीय फिल्मका कलाकारको अघि फिक्का सावित भइरहेका छन्।
यस्तै भयो सन् २०२३: को सर्वाधिक प्रतीक्षित चलचित्रको सवालमा पनि। ठूला स्टार र ठूला ब्यानरका फिल्मलाई पछि पार्दै दक्षिण भारतीय कलाकार अल्लु अर्जुनको (पुष्पा २)मोस्ट अवेटेड फिल्मबनेको छ।
यस फिल्मको पहिलो भागले नै हिन्दी बेल्टमा मात्र १०० ,करोड भारुको कमाइ गरेको थियो। विश्वभर यसले ३५०, करोड भारु कमाएको थियो। नेपालमा समेत पुष्पा,ब्लकबस्टर भएको थियो।
मिडिया कन्सल्टिङ एजेन्सी ‘ओरम्याक्स’ले जारी गरेको सूचीमा पुष्पा २ ले सबै फिल्मलाई पछि छोड्दै सर्वाधिक प्रतीक्षित बनेको छ। यो सूचीको दोस्रोमा ,पठान तेस्रोमा, टाइगर ३, चौथोमा शाहरुखकै जवान र पाँचौँमा पनि शाहरुखकै डंकी छन्।
पुष्पामार्फत अल्लु अर्जुनलाई अवार्ड नै अवार्ड
अल्लु अर्जुन आफ्नो ब्लकबस्टर ‘पुष्पा: द राइज’ को सफलतासँग लगातार आफ्नो आकर्षण पनि चारैतिर फैलाउँदै छन्। उनी भारतबाट न्यूयोर्कमा वार्षिक इन्डियन डे परेडमा ग्रान्ड मार्शलको रूपमा राष्ट्रको प्रतिनिधित्व गर्ने एकमात्र अभिनेता समेत बन्न भ्याए ।
उनलाई ‘इन्डियन अफ द इयर’ को समेत उपाधि दिइयो । यस चलचित्र पछि साँच्चै अल्लु अर्जुनले धेरै सफलताहरू एकपछि अर्को गरी चुमिरहेका छन् । ‘इन्डियन अफ द इयर’ बाट सम्मानित हुनुका साथै उनले अन्य पुष्पा: द राइजका लागि सर्वश्रेष्ठ अभिनेता तेलुगुपुरस्कार र सर्वश्रेष्ठ अभिनेताको लागि दक्षिणी फिल्मफेयर पुरस्कार समेत पाएका छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





