पोखरामा पर्यटकका निधारमा सप्तरङ्गी टीका

२०७९ कार्तिक १० गते, बिहीबार

पोखरा = तिहारमा सप्तरङ्गी टीका लगाएर पोखरामा नेपालीमात्रै रमाएनन्, विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको १५, औँ भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक सप्तरङ्गी टीका लगाउन पाउँदा दङ्ग परे ।

 

सङ्घको आयोजनामा भएको महोत्सवमा ३५ जना विदेशी पर्यटक सहभागी भएका थिए । पोखराको लेकसाइडमा भएको कार्यक्रममा पर्यटकलाई रेन्वो चिल्ड्रन होमका बालबालिकाले टीका, माला,  ढाका टोपी र सल लगाइ दिएका थिए

बालबालिकाले पर्यटकलाई नेपाली परम्पराअनुसार टीका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि बालबालिकालाई दक्षिणा दिएका थिए । संस्कृतिका माध्यम बाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयाे ।

 

पर्यटक देउसीभैलो र सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै नाचेका थिए । स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचाराको अभिवृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्न महोत्सव सफल हुने आयोजकको विश्वास छ ।

 

 

 

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal