बेलायतको इतिहासमै पहिलो पटक हिन्दु नागरिक प्रधानमन्त्रीमा नियुक्त
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
लन्डन = ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा सुनक चयन भएसँगै प्रधानमन्त्री बन्ने निश्चित भएको हो । प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा गरेकी छिन् ।
कन्जरभेटिभ पार्टी कार्यालयमा सर ग्राहम ब्रान्डीले दलको नेताका लागि सुनकको मात्रै उम्मेदवारी परेको जानकारी दिए । गत साता प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेसँगै कन्जरभेटिभ पार्टीमा नयाँ नेता छान्नका लागि स्थानीय समयअनुसार सोमबार ४ बजेसम्म मनोनयनका लागि समय तोकिएको थियो । प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रसको राजीनामा दिने घोषणपछि दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु भएको थियो ।
विभिन्न विवादमा परेका कारण जोन्सनले राजीनामा दिएपछि पार्टी नेताका लागि ट्रस र सुनकबीच प्रतिस्पर्धा भएको थियो । जसमा ट्रसले सुनकलाई पराजित गरेकी थिइन् । बेलायतका पूर्व अर्थमन्त्री ४२ वर्षीय सुनक भारतीय मूलका बेलायती हुन् । अर्थतन्त्रलाई गति दिन भनेर ल्याएको कार्यक्रमले संकट उत्पन गराएपछि ती निर्णयहरु फिर्ता लिँदै ट्रसले राजीनाको घोषणा गरेकी थिइन् ।
ऋषि कन्जरभेटिभ पार्टीका नेता चुनिएका हुन् । अब उनी ब्रिटेनको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् । उनी २०१५ :मा ३५ वर्षकै उमेरमा सांसद बनेका थिए । त्यसको ७ वर्षमै उनी प्रधानमन्त्री बन्ने भएका छन् । उनी भारतीय उद्योगपति इन्फोसिस कम्पनीका संस्थापक एनआर नारायण मूर्तिका ज्वाइँ हुन् । उनले २००९ मा अक्षता मूर्तिसँग बिहे गरेका थिए ।
ऋषि सुनक, बोरिस जोन्सनको मन्त्रिपरिषदमा वित्तमन्त्री थिए । उनले प्रधानमन्त्री बनेपछि देशको अर्थ व्यवस्था मजबुत बनाउने प्रतिवद्धता जनाएका छन् ।ऋषि योर्कासायरको रिचमण्डबाट सांसद चुनिएका थिए । उनी भारतीय मूलको तेस्रो पुस्ता हो । उनका हजुरबुवा–हजुरआमा भारतको विभाजनअघि पाकिस्तानी पञ्जाबको गुजरावाला शहरबाट पूर्वी अफ्रिका गएका थिए । लामो समय त्यहाँ बसेर इंगल्याण्डको साउथह्याप्टन आएर बसे ।
उनका पिता यशवीर सुनक डाक्टर हुन् भने आमा उषा सुनक फार्मासिस्ट हुन् । उनकी पत्नी अक्षता मूर्ति बेलायतकै सबभन्दा धनी महिलाहरुको सूचीमा पर्छिन् । उनी पत्नीको करसम्बन्धी विवादमा परेका थिए भने लकडाउनको नियम उल्लंघन गरेकोमा जरिवाना तिर्नु परेको थियो ।
उनले एसियाली पहिचान आफ्ना लागि अर्थपूर्ण भएको बताउने गरेका छन् । आफ्नो वेबसाइटमा ऋषिले लेखेका छन् ।मेरा मातापिताले धेरै त्याग गरेका छन्, ताकि म राम्रो स्कुल जान सकुँ । म भाग्यमानी थिएँ कि मैले विनचेष्टर कलेज अक्सफोर्ड विश्वविद्यालय र स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएँ ।
अक्सफोर्डमा दर्शन, राजनीति र अर्थशास्त्रको पढाइ गरेका उनी राजनीतिमा आउनु अगाडि उनले बैंकमा काम गरेका थिए । उनले युरोपियन युनियनबाट अलग हुने नहुने बारे भएको जनमत संग्रहमा पक्षमा प्रचार गरोक थिए र उनको संसदीय क्षेत्रमा ईयू छाड्ने पक्षमा ५५ प्रतिशत जनताले मत दिएका थिए ।
बेलायतमा प्रधानमन्त्रीपछि वित्तमन्त्री पद दोस्रो ठूलो मानिन्छ । वित्त मन्त्रीका रुपमा उनले राम्रो काम गरेका कारण पनि भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको थियो ।
उनी ६ साता पहिले पनि प्रधानमन्त्रीको दौडमा थिए । बोरिस जोनसनले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि उनले पनि दाबी गरेका थिए । तर लिज ट्रस प्रधानमन्त्री बनिन् । उनले ४५ दिनमै राजीनामा दिएपछि ऋषि फेरि दौडमा आए ।
यो पटक बोरिस जोनसन फेरि प्रधानमन्त्री बन्न चाहेको चर्चा थियो, जेरेमी हन्टको नाम पनि आएको थियो । तर दुबै प्रधानमन्त्रीको दौडमा औपचारिक रुपमा सहभागी भएनन् । पेनी मोर्डन्टले आधिकारिक रुपमा दाबी पेश गरेकी थिइन् ।
तर अन्तिम समयमा आफ्नो दाबी फिर्ता लिएपछि ऋषि एसियाली मुलका पहिलो बेलायती प्रधानमन्त्री बन्ने पक्का भयो । सर ग्राहम ब्रेन्डीले यसको औपचारिक घोषणा गरे । ऋषि बेलायतको प्रधानमन्त्री हुनुलाई कतिपयले २००८ मा बाराक ओबामा अमेरिकाको राष्ट्रपति बन्नु जस्तै भएको बताएका छन् ।
ताजा
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवार
१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो
२०८३ भाद्र १६ गते, मंगलवार
अनिश्चितकालका लागि तातोपानी नाका बन्द
२०८३ भाद्र १६ गते, मंगलवार
सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर
२०८३ भाद्र १६ गते, मंगलवार
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई
२०८३ भाद्र १४ गते, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





