निस्क्यो पुरा टुकुचाको नक्सा, खान खोज्ने करोडपति जति सडकमा बास बनाउदै, बलेन सहि गर्दैछन् त?

२०७९ आश्विन ५ गते, बुधबार

निस्क्यो पुरा टुकुचाको नक्सा, खान खोज्ने करोडपति जति सडकमा बास बनाउदै, बलेनको जय !काठमाडौं । २४ जेठ, २०६६ मा काठमाडौं महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलामा भएको अतिक्रमण हटाउन भन्यो । तर, खोला खोज्न फिल्डमा गएन ।

 

 

२०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गर्‍यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन ।

 

 

नारायणहिटीबाट निस्किंदा खोला गायब भएको क्षेत्र (रातो गाेलातभित्र) स्रोत: गुगल म्याप
टुकुचाको खोजीको विषय पटक-पटक उठ्दा पनि बीचमै सेलाउनुको मूल कारण थियो, जय नेपाल हल (नारायणहिटीको दक्षिण पर्खालसँगै सडकपारि) देखि काठमाडौं मलसम्म खोला नै गायब हुनु । यो खोला गायब भएका क्षेत्रमा ठूला-ठूला व्यवसायिक र आवासीय भवनहरु बनेका छन् । टुुकचा खोज्दा तिनलाई हटाउनु पर्ने अवस्था देखिएपछि महानगरको तत्कालीन नेतृत्वले आँट नै गर्न सकेन ।

 

 

हात्तीसारमा सडकको समानान्तर रुपमा बगेको टुकुचालाई करिब ४५० मिटरमा जमिनभित्र छोपिएको कुरा धेरैलाई थाहा नै थियो । तर, यति ठूला-ठूला कुन भवनको मुनि कुन भागबाट कस्तो अवस्थामा खोला बगिरहेको छ भन्ने कुरा खोजी नै भएन ।

 

 

३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नयाँ नेतृत्व आएसँगै १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर फेरि भन्यो, ‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउनू ।

 

 

’सूचनामा घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैंले हटाउने चेतावनी दिएको थियो ।यो पटक पनि टुकुचाबारेको सूचना विगतकै जस्तो ‘टाँस्नका लागि मात्रै हो’ भन्ने धेरैको अनुमान थियो । तर, बिहीबार दिउँसो साढे १ बजे जय नेपाल हलको परिसरमा महानगरको डोजर पुगेपछि भने अनुमान फेल खायो ।

101 Views

ताजा

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा

२०८२ बैशाख १२ गते, शुक्रबार

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

२०८२ बैशाख १२ गते, शुक्रबार

‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

२०८२ बैशाख १२ गते, शुक्रबार

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

२०८२ बैशाख १२ गते, शुक्रबार

‘के गरौं भन तिम्रो हुनलाई’ मा गरिमा र रञ्जनको रोमान्टिक अवतार (भिडियो)

२०८२ बैशाख १२ गते, शुक्रबार

एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’

२०८२ बैशाख १० गते, बुधबार

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने

२०८२ बैशाख १० गते, बुधबार

सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन

२०८२ बैशाख १० गते, बुधबार

“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च

२०८२ बैशाख १० गते, बुधबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal