मुलुकलाई अब थप पाँचजना बालेन चाहिएको छ,हजारौं नेता पाल्नुको कुनै औचित्य छैन : रमेश उप्रेती

२०७९ आश्विन २ गते, आईतवार

लोकप्रिय अभिनेता रमेश उप्रेतीले मुलुकमा काम गर्ने नेताको खाँचो भएको बताएका छन् ।

सदिऔँदेखि नेपाली नेताहरुले राजनीतिको नाममा लुटतन्त्र गर्दै आएको नेपालमा अब थप नेताहरु पाल्न नसकिने भन्दै अभिनेता उप्रेतीले नेपाललाई धेरै नेताको खाँचो भन्दा ५ जना बालेन शाह जस्ता नेताको आवश्यकता परेको बताएका छन् ।

सामाजिक संजालमा आफ्नो धारणा राख्दै अभिनेता उप्रेतीले भनेका छन् मुलुक लाई अब थप पाँचजना बालेन चाहिएको छ। हजारौ नेता पाल्नुको कुनै औचित्य छैन।

नेपालमा रहेका अनगिन्ती पार्टीहरु र तीनका नेताहरुले भने जस्तो विकाश, शान्ती सुब्यबस्था दिन नसकिरहेको परिप्रेक्षमा आम नेपाली जनताले अभिनेता उप्रेतीले भने जस्तै दिगो विकाश खोजीरहेका बेला नेपालमा महंगीले ढाड से,काएको छ ।

तर नेपाली नेताहरुको नजर आफ्नै बनाउने, आँफै बन्नेमा देखिँदा पढेलेका बालेन जस्ता नेताहरु आए आफ्नो भुँडी भन्दा पनि देशको ढुकुटी बढाउन तिर लागेको अहिले काँग्रेस एमालेका नेताहरुलाई नपचेको छनक देखिन्छ ।

कारण काँग्रेस एमालेहरुले अनाधिकृत रुपमा खडा गरेका संरचनाहरुमा बालेनले आँफै फिल्डमा गएर डोजर चलाइदिएपछि नेताहरुको निद्रा हराम भएको छ । र त रमेश उप्रेती, निर्मल शर्मा जस्ता स्थापित कलाकारहरुले बालेन बालेन भन्दै हिँडिरहेका छन् ।

र त जनताले पनि काँग्रेस एमालेलाई भन्दा स्वतन्त्रलाई साथ दिने लक्षण देखाइरहेका छन् । कारण हो स्वतन्त्रले स्वतन्त्र भएर विकाश गर्न सक्नेरहेछन् भन्ने उदाहरण बने बालेन, हर्क र गोपाल हमालहरु ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal