चोलेन्द्रलाई सत्तापक्षले नै सफाइ दियो। घर घेर्नु गैर जिम्मेवार ओली

२०७९ आश्विन २ गते, आईतवार

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दा,बी गरेका छन्। संसदको कार्यकाल सकिएसँगै महाअभियोग स्वतनिस्फल भएको भन्दै उनले प्रधानन्यायाधीशलाई प्रहरी घेरामा राख्नु गैरजिम्मेवार क्रियाकलाप भएको बताए।

महाअभियोग प्रस्ताव टुंगो नलगाई प्रतिनिधिसभा सदस्यहरुको कार्यालय शनिबार मध्यरातमा सकिए पछि जबराले आइतबार सर्वोच्च अदालत फर्किन खोजेका थिए। प्रहरीले निवासमै कडा सुरक्षा घेरा दिएपछि उनी अदालत गएनन्। एमाले अध्यक्ष ओलीले भने यो घटनालाई अदालतमाथि भएको हस्तक्षेप भनेका छन्। सोमबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले महाअभियोग प्रस्ताव दर्ता भएपछि पास वा फेल हुनुपर्ने बताए तर सभामुखले सत्तापक्षको स्वार्थअनुसार ६, महिनासम्म अड्काएर राखेको भन्दै उनले भने । हिजो संसदको अधिवेशन मात्र सकिएन संसदको कार्यकाल नै सकियो। त्यो महाभियोग प्रस्ताव पारित भएन।

ओलीले अगाडि भने दर्ता भयो र पारित भएन भने कुरा सिद्धियो। यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो। विलम्ब गरेर सफाइ दियो। अब संसद सचिवालयले संसदले पास गर्न नसकेको भनेर पत्र दिनु पर्ने एमाले अध्यक्ष ओलीको तर्क छ। तर सरकारले प्रधानन्यायाधीशको निवास घेर्नु गैर,जिम्मेवारपूर्ण काम भएको उनले बताए।

बोरिस एल्सिनले संसदमाथि गोलाबारी गरेको थियो। गोलाबारी गरेको थियो ड्याङ कि ड्याङ। अब यस्ता बोरिस एल्सिनहरु सँग संसदका कुरा के गर्ने ,अदालतका कुरा के गर्ने, कानुनी राजको कुरा के गर्ने ?’ एमाले अध्यक्ष ओलीले भने । यो त सर्वोच्च अदालतमाथि लगातार हानेको गोलाबारी हो। यस्तो गैर जिम्मेवार क्रियाकलापको एमालेले विरोध गर्ने ओलीले बताएका छन्।

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal