अव्यवस्थित वीर अस्पताल, बालेनले कर तिर्न भनेपछि फर्कायो यस्तो जवाफ,

२०७९ भाद्र २९ गते, बुधबार

वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ।

काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो।

महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्दै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताए।

‘स्थानीय तह सञ्चालन ऐन आउनुअघिदेखि वीर अस्पतालले राजस्व कार्यालयमा कर दाखिला गर्दै आएकामा अहिले पनि त्यसै गरिरहेका छौं, राजस्व कार्यालयमा बुझाउने कर महानगरपालिकामा परिवर्तन गर्न पत्र नआएका कारण पहिले जसरी नै तिरेको देखिन्छ’ उनले भने।

दैनिक करिब दुई हजार पाँच सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ। धेरै बिरामी चापका कारण त्यसको व्यवस्थापनमै कर्मचारी व्यस्त हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी मिश्रले स्थानीय केन्द्र सरकारलाई बुझाइरहेको कर स्थानीय सरकारलाई बुझाउने विषयमा अस्पष्टताका कारण यस्तो भएको हुनसक्ने सुनाए।

वीर अस्पतालको भवनमा विसं २०७२ देखि फार्मेसी सञ्चालन गर्दै आएका नवराज खनाल घरबहाल कर अस्पताललाई नै बुझाउने गरेको बताए।

महानगरपालिकाले घरबहाल कर नपाएको सूचना सार्वजनिक गरेपछि आफूहरूले पनि यस विषयमा अस्पताल प्रशासनलाई जानकारी गराएको उनले सुनाए। अस्पतालसँग वार्षिक सम्झौता गरी भाडा र कर बुझाउने गरेको व्यवसायी बताउँछन्।

अस्पतालमा उपचारका लागि आउने बिरामीले भने वीर अस्पताल अव्यवस्थित भएको गुनासो गरेका छन्। टिकट लिने स्थल, प्रयोगशाला र बहिरङ विभागसमेत अस्तव्यस्त रहेको उपचारका लागि आएका नुवाकोटका आइते तामाङले गुनासो गरे।अस्पताल पहिलेभन्दा अव्यवस्थित भएको उनको भनाइ छ।

नयाँ बनेको भवन विसं २०७८ असारमा उद्घाटन गरेको शिलालेख रहेकामा भित्रका संरचना बिग्रिएको भेटिएको छ।

नयाँ बनेको अस्पताल भवनको शौचालयमा पानीको धारा भाँचिएको पानी पास नहुनेलगायत समस्या देखिएको बिरामीका आफन्तको गुनासो छ। सूचना अधिकारी मिश्र भने बिरामी र सँगै आउने गरी दैनिक करिब छ हजार मानिसको आवतजावत हुने गरेकाले अव्यवस्थित भएको हुनसक्ने बताउँछन्।

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

यसरी हुन्छ टेक्सास इन्टरनेशनल कलेजमा लुटको धन्दा

२०८३ असार ५ गते, शुक्रबार

यसरी हुन्छ टेक्सास इन्टरनेशनल कलेजमा लुटको धन्दा

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal