ब,हुविवाह मु,द्दामा हि,रासतमा रहेकी महिलालाई मध्यराती आफ्नो कोठामा लिएर जाने असई प,क्राउ

२०७९ श्रावण १५ गते, आईतवार

इलाका प्रहरी कार्यालय कोहलपुरको मु,द्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईं प,क्राउ परेका छन्।

कोहलपुरमा प्रहरी हिरासतमा रहेकी एक महिलालाई शुक्रबार बिहान २ बजेतिर निकालेर भवनको माथिल्लो तलामा लगेपछि उनीमाथि यौ,न दु,र्व्यवहार तथा ब,लात्कार भएको आशंकामा चौलागाईं प,क्राउ परेका हुन्।

असईले मध्यरातमा आफ्नो कोठामा लगेर सामान्य सोधपुछ गर्नुको साथै हातपात गरेको भन्ने कुरा आएको हुँदा घ,टना अनुसन्धानका लागि चौलागाईंलाई नियन्त्रणमा लिएर जिप्रका बाँकेको थुनुवा कक्षमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

‘हामीले पीडित महिला, उनका श्रीमान र बाबुआमालाई समेत जाहेरी ल्याउनुस्। असईमाथि कानुनी कारबाही गर्छौं भनेका र्छौं, अधिकारीले भने, ‘अहिले फेरि कुरा अलि फरक ढंगले आउन थालेका छन्।

ती महिला र उनका बाबु-आमाले ब,लात्कार भएको असईं चौलागाईंले उनलाई आफ्नो कोठामा लगेको झन्डै दश मिनेटपछि छोडेको भन्ने खुलेको डिएसपी मल्लले बताए। घ,टनाबारे थप अनुसन्धान भइरहेको छ।इन भन्ने ढंगले कुरा गर्न थाल्नुभएको छ।’

पी,डित भनिएका व्यक्तिहरूले नै कुरा बदल्न थालेको उनले बताए। महिलाका बुवा-आमालाई जिल्ला प्रहरी कार्यालयमा बोलाउँदा पनि नआएको एसपी अधिकारीले बताए।

‘पी,डितले जे भन्नुहुन्छ, त्यही अनुसार प्रहरी अगाडि बढ्ने छ, उनले भने, उहाँहरूलाई न्याय दिलाउने काम हाम्रो हो र उहाँहरूले जे भन्नुहुन्छ, त्यही हुन्छ।

’पी,डित र उनका श्रीमानले बिहानसम्म असई चौलागाईंले मध्यरातमा आफ्नी श्रीमतीलाई हिरासतबाट कोठामा लगेर ब,लात्कार गरेको भन्ने सूचना दिँदै प,क्राउ गर्न आग्रह गरे पनि पछिल्लो समय उनीहरूले हातपातको प्रयास मात्रै भएको तथा यौ,नदुर्व्यवहार भएको भनेर बयान फेरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए।

‘म मानव अधिकारकर्मीसहितको टोलीसँग कोहलपुर जाँदैछु, डिएसपी न्यौपानेले भने ‘जोहरी दिनुस् भन्दा अहिले आएर ब,लात्कार गरेको होइन भनेर कुरा फेर्ने अलि अ,प्ठेरो कुरा हुन थाल्यो।’

तथ्य कुरा पछि बुझेर मात्रै भन्न मिल्ने उनले बताए।

इप्रका कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले बर्दिया घर भई झन्डै ८ महिनादेखि मु,द्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईंले जे-जसरी आफ्नो बचाउन गरे पनि उनको नियतमा खोट देखिएको स्पष्ट भइसकेको बताए।

‘मध्य राती सोधपुछको बहानामा आफू मातहतका कर्मचारीलाई एउटी थुनुवा महिलालाई निकाल्न लगाएर माथिल्लो तलाको आफ्नो कोठामा लैजानु आचरण विपरीतको कार्य हो, मल्ले भने, त्यति मध्यराती एउटी महिलासँग के सोधपुछ गर्नुपर्ने थियो, यहाँनेर ठूलो प्रश्न उब्जिएको छ।’

असई चौलागाईंले हिरासतमा भएकी महिलालाई मध्य रातमा निकाल्न आदेशपछि हिरासतमा बसेका अरूले हल्लाखल्ला गरेका थिए।

‘यति राती महिलालाई किन निकालेर लगियो भनेर हिरासतमा रहेका केटाहरूले हल्लाखल्ला गरेका रहेछन्, डिएसपी मल्लले भने, आ,रोपीले त सोधपुछ मात्रै गर्न बोलाएको हुँ भन्दै बचाउ गरिरहेका छन।’

पी,डित भनिएकी महिलाले पनि चौलागाईंले सोधपुछ मात्रै गरेको भनेर बयान फेरेकी भए पनि उनका श्रीमानले त्यसो भए मध्यरातमा किन लगेको हो त? भनेर प्रश्न गरिरहेको मल्लले बताए।

डिएसपी मल्लका अनुसार बहुविवाह मु,द्दामा ती महिला साउन ११ गते प,क्राउ परेकी थिइन्। असईं चौलागाईंले उनलाई आफ्नो कोठामा लगेको झन्डै दश मिनेटपछि छोडेको भन्ने खुलेको डिएसपी मल्लले बताए। घ,टनाबारे थप अनुसन्धान भइरहेको छ।

229 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal