बोतलको प्लाष्टिक धनराजले भुइँमा फा,ले, बालेनले खल्तीमा हाले
सामाजिक सञ्जाल टिकटकमा अहिले एउटा भिडिओ भाइरल छ।
भिडिओमा काठमाडौं महानगरका मेयर बालेन शाह र पोखरा महानगरका मेयर धनराज आचार्य देखिन्छन्। उनीहरू पानीको बोतल बिर्को खोलेर खाँदैछन्।
पानी बोतलको बिर्कोमा लगाइएको प्लाष्टिक खोलेर बालेन कोटको खल्तीमा राख्छन्। भिडिओमा पोखराका मेयर धनराजले भने त्यही प्लाष्टिक भुँइमा फा,लेका छन्। समय नेपाल टिभी नामक टिकटकमा राखिएको उक्त भिडिओमा लेखिएको छ– ‘बालेनबाट केही सिक्ने कि मेयर साब धनराज जी।’
सराङकोटको बन्द कोठामा देशका ६ वटै महानगरका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायत विज्ञहरू छलफलमा व्यस्त छन्।
महानगर मेयर सम्मेलनमा सहभागी हुन आएका उनीहरूलाई पोखराका मेयर धनराजले शुक्रबार सभागृहमा लोकदोहोरी प्रतियोगिता हेर्न लगेका थिए।
खचाखच दर्शकको भिडमा अघिल्लो रोमा बसेका मेयरहरूको टोलीमा धनराज र बालेन सँगसँगै बसेका थिए। स्वयंसेवकले दिएको पानी बोतल खोलेर खाने क्रममा धनराजले प्लाष्टिक भुइँमा फालेको प्रत्यक्षदर्शी सन्देश बरालले बताए।
‘काठमाडौंका मेयर बालेन र उपमेयर सुनिता डंगोलले प्लाष्टिक खल्तीमा हाल्नुभएको थियो, बाँकी सबैले भुइँमा फाले’ उनले भने, ‘बालेन र धनराजको भिडिओ खिच्दा उक्त दृश्य क्यामेरामा कैद हुन पुग्यो।’
पोखराका मेयर धनराजले महानगरको बजेट पास भएपछि पत्रकार सम्मेलन आयोजना गरेर आफू बालेन र धरानका मेयर हर्क साम्पाङ भन्दा फरक भएको बताएका थिए। बालेन र हर्कले ‘स्टन्ड’ गरेको तर्क दिएका उनले आफू गिट्टी कुट्न नजाने बताएका थिए।
‘कतिपय ठाउँमा युट्युबलगायत ठाउँमा स्क्याण्डल गर्ने देखिन्छ, धरान र काठमाडौंका मेयरसँग तुलना नगर्न आग्रह गर्दछु, उनले भनेका थिए, चर्चाका लागि मात्र त्यो गर्नु उपयुक्त होइन कि।’
मेयर धनराजले फालेझैं पोखरामा जथाभावी प्लाष्टिक फाल्न पाइँदैन। तत्कालीन पोखरा उपमहानगरपालिकाले २०७३ कात्तिक २४ गते सहरलाई प्लाष्टिक मुक्त घोषणा गरेको थियो। महानगरकै योजना अनुसार विभिन्न चरणमा अभियान चलाएर उक्त घोषणा गरिएको थियो।
त्यतिबेला शहरका पसलहरूमा राखिएका प्लाष्टिक हटाउन र जथाभावी प्लाष्टिक फाल्नेलाई कारबाही र जरिवानासमेत तोकेको थियो। महानगरका एक कर्मचारीका अनुसार त्यतिबेला प्लाष्टिक बेच्नेलाई ३० हजार रुपैयाँसम्म जरिवाना लिएका थिए। जथाभावी फाल्नेलाई १५ हजारसम्म जरिवाना लिएका थिए।
पोखरालाई प्लाष्टिकमुक्त बनाउन नगरपालिकाकै नीति अनुसार उनलाई जथाभावी प्लाष्टिक फालेको अभियोग सामाजिक संजालमा लागिरेको छ।
बालेनबाट संस्कार सिक्न आग्रह गर्दै सर्वसाधारणलाई विगतमा लगाएको जरिवाना मेयरलाई लाग्ने कि नलाग्ने प्रश्न उठेको छ।
ताजा
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





