काठमाण्डौको नागार्जुनमा चितुवाको आ,क्रमणबाट पाँच जना घाइते,
काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा असिमुरे कुवामा चितुवाको आ,क्रमणबाट पाँच जना घा,इते भएका छन् ।
घा,इतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको वडा अध्यक्ष सुरजकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति १ बजेतिर घरसँगै रहेको कुखुरा पालेको छाप्रोमा चितुवा पसेको थियो ।
‘कुखुरा कुरेर त्यहीँ छाप्रोमा बसेका राम भट्टराईले खोरमा ठूलो बिरालो पसेको भन्दै आमाबुबालाई बोलाउन घरमा गएका रहेछन्, उहाँले भन्नुभयो– ‘आमाबुबा खोरमा आउँदा झ्यालमा राखेको जाली भत्किएको देखेपछि बाहिरबाट आमा सरस्वती भट्टराईले जाली बान्न लाग्दा खोरभित्र रहेको चितुवाले हात तानेको थियो ।
त्यसपछि खोरको ढोका खोल्दा बुबा कुमार भट्टराई र हजुरआमा कान्छी भट्टराईलाई समेत चितुवाले आ,क्रमण गरेछ ।’ ७७ वर्षकी हजुरआमा कान्छी भट्टराईको टाउको र शरीरभरि घा,उ चोट लागेको छ भने हात पनि भाँचिएको छ ।
यस्तै, चितुवालाई खोरबाट भगाउने क्रममा छिमेकी सुविन भट्टराई पनि घा,इते हुनुभएको छ । घा,इते पाँचमध्ये तीन जनालाई अस्पताल भर्ना गरिएको छ भने दुई जना डिस्चार्ज भएका छन् ।
७७ वर्षकी हजुरआमा कान्छी भट्टराई र उहाँका छोराबुहारीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको वडा अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । घा,इतेको सीतापाइलामा रहेको मनमोहन अस्पतालमा उपचार भइरहेको हो ।
‘चितुवा खोरबाट भागेको छ तर यहाँ पटक पटक चितुवाले आ,क्रमण गर्दै आएको छ’, वडाध्यक्ष पोखरेलले भन्नुभयो– ‘शिवपुरी राष्ट्रिय निकुञ्जको पर्खाल भत्किएपछि जङ्गलबाट आहाराको खोजीमा चितुवा बस्तीमा पस्न थालेको छ ।’
चितुवाको जोखिम बढेकाले यसको रोकथामका लागि निकुञ्जका अधिकारीहरुसँग छलफल भइरहेको पनि वडा अध्यक्ष सुरजकुमार पोखरेलले जानकारी दिनुभयो ।
ताजा
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?
२०८२ कार्तिक ४ गते, मंगलवार
Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.
२०८२ कार्तिक ४ गते, मंगलवार
विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी
२०८२ आश्विन २७ गते, सोमबार
कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’
२०८२ आश्विन २७ गते, सोमबार
बक्स अफिसमा ‘कान्तारा २’को आँधी
२०८२ आश्विन २७ गते, सोमबार
मेची राजमार्ग तत्काल नखुल्ने
२०८२ आश्विन २७ गते, सोमबार
देश हामीले नबनाए कसले बनाउँछ ?
२०८२ आश्विन २७ गते, सोमबार
जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ
२०८२ आश्विन २७ गते, सोमबार
विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै
२०८२ आश्विन २७ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





