आमालाई धेरै बर्ष बचाउछु भन्दै उपचार गर्न लगेकाे थिए तर के गर्नु बाघकाे मुखबाट खाेस्न सकिन !

२०७९ जेष्ठ ३१ गते, मंगलवार

कैलालीको लम्किचुहा नगरपालिका-४ कौवापुरकी ५० वर्षीया नन्दकली उपचार गर्न छोराको मोटरसाइकल चढेर नेपालगञ्ज आएकी थिइन्।

तर घर फर्किनै नपाइ उनीमाथि बा’घले झम्टियो। केही दिन यता छाति दुख्न थालेपछि भारतमा भएका श्रीमानको सल्लाहमा २२ वर्षीय छोरा सन्तोषको मोटरसाइकल चढेर चेकजाँच गर्न हिँडेकी थिइन्। उनलाई सुगर (चिनी रोग) थियो।

नेपालगञ्ज आएर छातिको सिटी स्क्यान गरे। डाक्टरलाई देखाए। उपचार सकिँदा दिन ढल्किसकेको थियो। नेपालगञ्जबाट हिँड्दा बेलुकाको ६ बजिसकेको थियो ।

पुसको जाडो मोटरसाईकलको यात्रा। तै राजमार्गमा आफ्नै गतिमा नहिँडे उल्टै पछाडिको गाडीले ठोक्लान् भन्ने त्रास उत्तिकै हुन्छ। सन्तोषले सुदूरपश्चिम प्रदेश १००८ प ६८०१ नम्बरको मोटरसाइकल हाँकिरहेका थिए। पछाडि उनकी आमा नन्दकली बसेकी थिइन्।

करिब साढे ३ घन्टा लामो यात्रापछि उनीहरू बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरे। जंगली जनावरको सुरक्षाका लागि निकुञ्ज भित्र चालकका लागि निश्चित गति निर्धारण गरिएको हुन्छ।

करिब साढे ३ घन्टा लामो यात्रापछि उनीहरू बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरे। जंगली जनावरको सुरक्षाका लागि निकुञ्ज भित्र चालकका लागि निश्चित गति निर्धारण गरिएको हुन्छ।

निकुञ्जको निर्देशन अनुसार सन्तोषले पनि मोटरसाईकलको गति घटाए। ‘मेरो मोटरसाईकलको गति त्यस्तै ३०–३५ सम्म थियो होला, सन्तोषले सेतोपाटीसँग भने। उनीहरू अम्रेनी चेकपोष्ट भन्दा ५/६ किलोमिटर अगाडि पुगेका थिए।

सडकको उत्तरतर्फ अगाडि करिब १० देखि १५ मिटरको दुरीमा एक्कासी बाघ देखापर्‍यो। उनले मोटरसाईकल अझै स्लो गरे। ‘मोटरसाईकल फर्काएर भाग्न मिल्ने ठाउँ नै थिएन। अगाडि यति ठूलो बाघ थियो के गर्ने गर्ने भयो, उनले भने, ‘त्यहीँ बिचमा बाघ जंगलतिर गयो।

मौका छोपेर गाडीको स्पिड बढाएर भाग्न खोजेको तर बा’घले हामीलाई झुक्याएको रहेछ।’ त्यहीँ बेला बाघले एक्कासी उनीहरूको मोटरसाइकलमा झम्टियो। ‘ममीलाई झम्टिएर लग्यो, सन्तोषले भने, ‘त्यपसपछि ममीले एक पटक चिच्याएर ‘बाबू’ भन्नुभयो।’ मोटरसाईकल सडकमा ढलिसकेको थियो। सन्तोषले पनि ममी–ममी भनेर कराए। रो’ए। तर उनको चि’त्कार बा’घले सुनेन!

‘कराएपछि ममीलाई छोड्ला कि, भनेर म धेरै कराएँ, सन्तोषले भने, तर, पापीले के छोड्थ्यो, त्यो अन्धकार रातमा कता लग्यो कता?’ सन्तोषका अनुसार बाघले सुरूमा उनैलाई टार्गेट गरेर झम्टिएको थियो।

तर, उसको निसाना गुडिरहेको मोटरसाईकलका कारण चुक्यो। सन्तोषको दायाँ पट्टीको ज्याकेटको बाहुला च्यातिएको छ। ‘मलाई टार्गेट गरेर झम्टिएको बाघले बाहुला च्यातिपछि ममीलाई समात्यो र घिसार्दै लग्यो, सन्तोषले भने ‘मेरो होस नै भएन। के गरौं, के नगरौं भन्ने मनस्थितिमा पुगेछु। रूने कराउनेभन्दा अरू केही गर्न सकिनँ।’

झन्डै १०० मिटरको दूरीमा पछाडि ट्रक आइरहेको थियो। ट्रकको ढोका लगाएको भए पनि उनी रोईकराई गरेर ढोका खोल्न लगाए।

त्यसपछि अन्य गाडी पनि पूर्वबाट आए। केही दिन यता छाति दुख्न थालेपछि भारतमा भएका श्रीमानको सल्लाहमा २२ वर्षीय छोरा सन्तोषको मोटरसाइकल चढेर चेकजाँच गर्न हिँडेकी थिइन्।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal