आमालाई धेरै बर्ष बचाउछु भन्दै उपचार गर्न लगेकाे थिए तर के गर्नु बाघकाे मुखबाट खाेस्न सकिन !

कैलालीको लम्किचुहा नगरपालिका-४ कौवापुरकी ५० वर्षीया नन्दकली उपचार गर्न छोराको मोटरसाइकल चढेर नेपालगञ्ज आएकी थिइन्।
तर घर फर्किनै नपाइ उनीमाथि बा’घले झम्टियो। केही दिन यता छाति दुख्न थालेपछि भारतमा भएका श्रीमानको सल्लाहमा २२ वर्षीय छोरा सन्तोषको मोटरसाइकल चढेर चेकजाँच गर्न हिँडेकी थिइन्। उनलाई सुगर (चिनी रोग) थियो।
नेपालगञ्ज आएर छातिको सिटी स्क्यान गरे। डाक्टरलाई देखाए। उपचार सकिँदा दिन ढल्किसकेको थियो। नेपालगञ्जबाट हिँड्दा बेलुकाको ६ बजिसकेको थियो ।
पुसको जाडो मोटरसाईकलको यात्रा। तै राजमार्गमा आफ्नै गतिमा नहिँडे उल्टै पछाडिको गाडीले ठोक्लान् भन्ने त्रास उत्तिकै हुन्छ। सन्तोषले सुदूरपश्चिम प्रदेश १००८ प ६८०१ नम्बरको मोटरसाइकल हाँकिरहेका थिए। पछाडि उनकी आमा नन्दकली बसेकी थिइन्।
करिब साढे ३ घन्टा लामो यात्रापछि उनीहरू बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरे। जंगली जनावरको सुरक्षाका लागि निकुञ्ज भित्र चालकका लागि निश्चित गति निर्धारण गरिएको हुन्छ।
करिब साढे ३ घन्टा लामो यात्रापछि उनीहरू बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरे। जंगली जनावरको सुरक्षाका लागि निकुञ्ज भित्र चालकका लागि निश्चित गति निर्धारण गरिएको हुन्छ।
निकुञ्जको निर्देशन अनुसार सन्तोषले पनि मोटरसाईकलको गति घटाए। ‘मेरो मोटरसाईकलको गति त्यस्तै ३०–३५ सम्म थियो होला, सन्तोषले सेतोपाटीसँग भने। उनीहरू अम्रेनी चेकपोष्ट भन्दा ५/६ किलोमिटर अगाडि पुगेका थिए।
सडकको उत्तरतर्फ अगाडि करिब १० देखि १५ मिटरको दुरीमा एक्कासी बाघ देखापर्यो। उनले मोटरसाईकल अझै स्लो गरे। ‘मोटरसाईकल फर्काएर भाग्न मिल्ने ठाउँ नै थिएन। अगाडि यति ठूलो बाघ थियो के गर्ने गर्ने भयो, उनले भने, ‘त्यहीँ बिचमा बाघ जंगलतिर गयो।
मौका छोपेर गाडीको स्पिड बढाएर भाग्न खोजेको तर बा’घले हामीलाई झुक्याएको रहेछ।’ त्यहीँ बेला बाघले एक्कासी उनीहरूको मोटरसाइकलमा झम्टियो। ‘ममीलाई झम्टिएर लग्यो, सन्तोषले भने, ‘त्यपसपछि ममीले एक पटक चिच्याएर ‘बाबू’ भन्नुभयो।’ मोटरसाईकल सडकमा ढलिसकेको थियो। सन्तोषले पनि ममी–ममी भनेर कराए। रो’ए। तर उनको चि’त्कार बा’घले सुनेन!
‘कराएपछि ममीलाई छोड्ला कि, भनेर म धेरै कराएँ, सन्तोषले भने, तर, पापीले के छोड्थ्यो, त्यो अन्धकार रातमा कता लग्यो कता?’ सन्तोषका अनुसार बाघले सुरूमा उनैलाई टार्गेट गरेर झम्टिएको थियो।
तर, उसको निसाना गुडिरहेको मोटरसाईकलका कारण चुक्यो। सन्तोषको दायाँ पट्टीको ज्याकेटको बाहुला च्यातिएको छ। ‘मलाई टार्गेट गरेर झम्टिएको बाघले बाहुला च्यातिपछि ममीलाई समात्यो र घिसार्दै लग्यो, सन्तोषले भने ‘मेरो होस नै भएन। के गरौं, के नगरौं भन्ने मनस्थितिमा पुगेछु। रूने कराउनेभन्दा अरू केही गर्न सकिनँ।’
झन्डै १०० मिटरको दूरीमा पछाडि ट्रक आइरहेको थियो। ट्रकको ढोका लगाएको भए पनि उनी रोईकराई गरेर ढोका खोल्न लगाए।
त्यसपछि अन्य गाडी पनि पूर्वबाट आए। केही दिन यता छाति दुख्न थालेपछि भारतमा भएका श्रीमानको सल्लाहमा २२ वर्षीय छोरा सन्तोषको मोटरसाइकल चढेर चेकजाँच गर्न हिँडेकी थिइन्।
ताजा

दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
२०८२ असार ३० गते, सोमबार
दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
२०८२ असार ३० गते, सोमबार
विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२ सम्पन्न
२०८२ असार ३० गते, सोमबार
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
२०८२ असार ३० गते, सोमबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबार
भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार