मर्न भनेर हिँडेको मान्छे यस्तो गरौंला भन्ने कल्पना गरेको थिइँन– कार्की

२०७८ पुष २१ गते, बुधबार

रमेशकुमार बोहोरा
काठमाडौं । तिलबहादुर कार्की सामान्य मान्छे हुन् तर उनको कामलाई हेर्ने हो भनें अचम्मको छ । आफैं शारीरिक अशक्त भए पनि उनी सक्रिय भएर सधैं समाजसेवामा लागेका छन् । कार्कीको पछिल्लो समयको कर्म देखेर मानिसहरुले आफूलाई कमजोर महसुश गर्न थालेका छन् ।
पाँचथरमा २०२९ सालमा जन्मिएका कार्की ९ वर्षको हँुदा घर छोडेर हिँडे । जिवनसँग दिक्दार लागेपछि उनले बाटोमा आउँदा विषसमेत सेवन गरेका थिए । ‘मलाई बाँच्नु र यत्रो गर्नु रहेछ त्यसैले शक्तिशाली विष पनि मेरो अगाडि कमजोर बनिदियो’ उनी रुँदै भन्छन् ‘जिवनलाई सम्हाल्न नसक्दा पटक पटक अनेकन निर्णय गरेको थिएँ तर पनि बाँचेर नै समाज बनाउँदैछु, भगवानप्रति आभारी छु ।’ उनी घर छोड्नुको कथा पनि बेग्लै छ । उनी जन्मँदा अस्वाभाविक थिए, उनका २४ वटा औंला छन् । सबै हात र खुट्टामा ६÷६ वटा औंला भएकाले उनकी आमालाई समाजले वहिष्कार गर्ने निर्णय गरेको थाहा पाएपछि आमाको पीडा सहन नसकी उनले घर छोडेका थिए । २०३८ साल असार ११ गते काठमाडौंमा पाइला टेकेका उनको जिवन सधैं कष्टकर नै रह्यो । गाडीको व्यवस्था नभएकाले उनी महिनौं लगाएर दुःखले काठमाडौं आएका थिए । उनलाई अझै पनि गाडीको छतमा बसेर आएको सम्झना ताजै छ । ‘मलाई गाडीवालाले देखेको भए शायद काठमाडौं आउन पाउने थिइन होला’ उनले भने ‘ काठमाडौंको वसपार्कमा उत्रिसकेपछि मात्र कन्डक्टरले म पनि गाडीमा भएको भन्ने थाहा पायो ।’ उनी वसपार्कबाट सिधैं पशुपतितिर लागे । उनले पशुपतिमा २५ वर्ष बिताए । उनले वरपरबाट भेला गरेको ५ लाख ५१ हजार रुपिँया २५ वर्षमा जम्मा गरे । उनी सामान्य र कमजोर भएकाले अरुले पैसा लुटिदिने भएपछि माथि जंगलमा लगेर खाल्डो खनेर पैसा लुकाए । ‘मभन्दा अरु बलिया थिए, मागेर ल्याएको पैसा पनि लुटिदिन्थे र मलाई कुट्थे’ त्यो दिन सम्झँदै उनले भने ‘अब पैसा नजोगिने भएपछि जंगलमा गाड्ने जुक्ति लगाएँ, केही नोटका पैसा त काम नलाग्ने भएछन् ।’ उनले झण्डै ४ लाख रुपिँयाका नोट खेर गएको बताए । उनले डल्लर पैसा जम्मा गरेका थिए । उनले २५ वर्षपछि प्रहरीको सहयोगमा त्यो पैसा निकालेका थिए । दिनभर यताउता गरेर खाए पनि सुत्ने ठाउँ नहुँदा उनी दाहसंस्कर गरेकै ठाउँमा राती सुत्ने गर्दथे । ‘आगो भइरहने हुनाले त्यहाँ निकै तातो हुन्थ्यो’ दुःखित मुद्रामा उनी भन्छन् ‘पशुपतिले नै मलाई मान्छे बनाएको छ, मेरो जन्मेको घर पाँचथर भए पनि हुर्केको घर पशुपति नै हो ।’ उनको खुट्टा कमजोर छ । रातभरी चिसोमा बस्दा र पैसा भेला गर्न कुद्दा उनको खुट्टा झन् बिग्रेको उनी सुनाउँछन् ।
उनी घरबाट निस्केपछि कसैसँग सम्पर्क भएन । घरबाट खोजी गरे पनि उनलाई कसैले कहिल्यै पनि भेटेनन् । छोरो घर नगएपछि २०५१ सालतिर उनको काजकिरियासमेत गरिएको थियो । उनी २०७१ सालमा मोरङको उर्लावारी पुग्दा आमालाई घैंटोमा राखेर निकालिएको थियो । उनले घर छोडेपछि तीन भाई र तीन बहिनी जन्मिएका थिए । त्यतिबेला नै उनले भाई बहिनी र थपिएका परिवारसँग चिनजान गरे ।
उनले जम्मा गरेको पैसाले २०६४ सालमा संयुक्त अपांग एकता आवाज केन्द्र खोले जहाँ उनी अहिले ४८ जना विद्यार्थीलाई पढाउँदै आएका छन् । ती बालबालिकालाई राखेर पढाउन पाएकोमा उनी धेरै सन्तुष्ट छन् । ‘कहिलेकाँही त्यो ठाउँको भाडा तिर्ने पैसा नहँुदा मन रुन्छ, सबैले सहयोग गर्छु भन्छन् तर थारैले मात्र मन दिएका छन्’ उनले भने ‘विद्यार्थीको पनि पैसा तिर्नुपर्छ, कमसेकम सरकारी विद्यालयले केही पनि शुल्क लिएन भने पढाउन सजिलो हुन्थ्यो ।’ उनले विद्यालयसँग पनि सहयोगको अपेक्षा गरिरहेका छन् । यहीँबाट पढेर गएका केही भनें जागिरमा लागेकाले उनी खुशी छन् । उनले अपांग भत्तासमेत लिएका छैनन् । उनले बालबालिकालाई दुधदही खुवाउनका लागि गाईभैसी पालेका छन् भने सागपात खाने बेग्लै बारी छ ।
उनी मोडलिङमा पनि लागेका छन् । चलेका र राम्रै कलाकारसँग उनले अभिनय गर्ने मौका पाएका छन् । ‘मलाई जस्तो पनि अभिनय गर्न आउँछ, अब यो क्षेत्र पनि छोड्न सक्दिन’ उनले भने ‘कलाकारितामा पनि मेरो छुट्टै परिचय बनिसकेको छ, यसलाई अझ व्यापक बनाउँछु ।’ उनले कोरोना भाइरसका कारण भएको लकडाउनका बेला संस्थाबाट ठाउँठाउँमा पुगेर खानासमेत वितरण गरेका थिए । ‘मेरो जिवन त बोनसको जस्तै हो, समाजलाई केही गरौं भन्नेमा नै सधैं ध्यान केन्द्रित हुन्छ’ उनले भने ‘जुन कारणले मैले घर छोड्नुप¥यो, अरु कसैको त्यस्तो नहोस्, सकारात्मक सोचले नै समाज बन्छ त्यसैले आफ्नो ठाउँबाट मरे पनि बाँचे पनि लागिरहेको छु ।’

148 Views

ताजा

प्रतिनिधिसभा निर्वाचनका लागि डुंगादेखि भैंसीसम्म चुनाव चिन्ह !

२०८२ मंसिर २२ गते, सोमबार

प्रतिनिधिसभा निर्वाचनका लागि डुंगादेखि भैंसीसम्म चुनाव चिन्ह !

२०८२ मंसिर २२ गते, सोमबार

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

२०८२ मंसिर २२ गते, सोमबार

दैनिक पाँच घण्टा नागढुङ्गा नौबिसे सडक बन्द हुने

२०८२ मंसिर २२ गते, सोमबार

४ महिने छोराको हत्या गरी भागेका असई पक्राउ

२०८२ मंसिर २२ गते, सोमबार

आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

२०८२ मंसिर २१ गते, आईतवार

इक्यानले सोमबार एजुकेशन फेयर लगाउने

२०८२ मंसिर २१ गते, आईतवार

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

२०८२ मंसिर १७ गते, बुधबार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

२०८२ मंसिर १७ गते, बुधबार

गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

२०८२ मंसिर १७ गते, बुधबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal