दक्षिण अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा तीव्र वृद्धि
बीबीसी। दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमणमा तीव्र रूपमा वृद्धि भएको छ। सोमवारयतामात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको हो। स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनले सङ्क्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन्।
यद्यपि त्यसकै कारण कति भन्ने स्पष्ट चाहिँ छैन। विगत २४ घन्टामा मात्रै आठ हजार पाँच सय नयाँ सङक्रमितको सङ्ख्या दर्ता भएको छ। अत्यधिक उत्परिवर्तित भनिएको यो नयाँ भेरिअन्ट सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको गत साता घोषणा गरिएको थियो।
अन्य देशमा देखिने क्रम जारी
अमेरिकामा पनि दक्षिण अफ्रिकाबाट फर्किएका एकजनामा ओमिक्रोनको पहिलो सङ्क्रमण देखिएको छ। ओमिक्रोन कति सङ्क्रामक छ र अहिले उपलब्ध खोप त्यसका लागि कति प्रभावकारी छ जस्ता थुप्रै विषयबारे अध्ययन भइरहेको छ।
नाइजेरियन सेन्टर फर डिजिज कन्ट्रोलले गत साता दक्षिण अफ्रिकाबाट नाइजेरिया आएका यात्रुहरूमा उक्त भेरिअन्ट पत्ता लागेको जनाएको छ। यो साताको सुरुमा, क्यानडा सरकारले नाइजेरियाबाट आएका दुई यात्रुमा ओमिक्रोन भेरिअन्ट पत्ता लागेको जनाएको थियो। विश्व स्वास्थ्य सङ्गठनले गत साता यो नयाँ भेरिअन्टलाई “भेरिअन्ट अफ कन्सर्न” का रूपमा वर्गीकरण गरेको थियो।
दक्षिण अफ्रिकामा नयाँ भेरिअन्ट पहिलोपटक पत्ता लागेको घोषणा भएयता थुप्रै पश्चिमा देशहरूले दक्षिण अफ्रिकी देशहरूमाथि प्रतिबन्ध लगाउँदै आएका छन्। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभइ विभेदपूर्ण ढङ्गबाट लगाइएको र त्यो प्रतिउत्पादक हुने बताएका थिए।
उनले सबै देशहरूलाई यात्रा प्रतिबन्धको निर्णय उल्ट्याउन पुनस् एकपटक आह्वान गरेका छन्। नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीसँऊ अबुजास्थित राष्ट्रपति कार्यालयमा संयुक्त प्रेस सम्मेलनमा बोल्दै रामापोसाले यस्तो आह्वान गरेका हुन्।
पूर्ण रुपमा प्रतिबन्ध लगाइँदा त्यसले दीर्घकालसम्मका लागि आर्थिक क्षति पुर्याउने भन्दै त्यसविरुद्ध क्षेत्रीय नेताहरू एकताबद्ध भएको रामापोसाले बताए। रामापोसा अहिले पश्चिम अफ्रिकाको चारदिने भ्रमणमा छन्।
ताजा
तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने
२०८२ फाल्गुन २९ गते, शुक्रबार
इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण
२०८२ फाल्गुन २९ गते, शुक्रबार
रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य
२०८२ फाल्गुन २९ गते, शुक्रबार
दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू
२०८२ फाल्गुन २७ गते, बुधबार
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते
२०८२ फाल्गुन २७ गते, बुधबार
विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल
२०८२ फाल्गुन २७ गते, बुधबार
भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
२०८२ फाल्गुन २६ गते, मंगलवार
बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै शंका छैनः पाण्डे
२०८२ फाल्गुन २६ गते, मंगलवार
भोलि भट्टराई भारत जाने
२०८२ फाल्गुन २६ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





