नेपालको विकासमा सहयोग गर्न भारतीय नेताहरुसंग अध्यक्ष ढकालको आग्रह

२०७८ भाद्र २३ गते, बुधबार

काठमाण्डौ । गत शुक्रबार भारत भ्रमणमा गएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल चार दिने भारत भ्रमण पुरा गरी स्वदेश फकिएका छने । अध्यक्ष ढकाल भारतमा रहदाँ भारतका विभिन्न राजनैतिक नेताहरु तथा सरकारका उच्च ओहोदाका व्यक्तित्वहरुसँग भेटि नेपालको बिकासमा सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष ढकालले नेताहरु संगको संबादमा नेपालको संबेदनशिलतालाइ मनन गरि एक असल र बिशाल छिमेकीको रुपमा भारतको थप सहयोग र सदभाब नेपालको अपेक्षा गरेको बताउँर्द पछिल्लो समय कोभिड –१९ बिरुद्धको नेपालको लडाईमा सहयोग गरेकोमा भारतीय सरकार तथा जनताप्रति आभार ब्यक्त गरेका छन् ।
पूर्वमन्त्री ढकालले सार्क लाई क्रियाशील गर्नु पर्ने, क्षेत्रीय शान्ति, सुरक्षा र बिकासको लागी उच्च स्तरीय समझदारी हुनुपर्ने लगाएतका धारणाहरु राख्नु भएको ढकालको सचिवालयले जनाएको छ । भेटमा भारतीय नेताहरुले नेपाल संगको मित्रता अतुलनिय रहेको भन्दै एक–अर्काका सम्बेदनशिलतालाई बुझी मित्रता थप प्रगाड बनाउनु पर्ने बताएका थिए । अध्यक्ष ढकालले पूर्व उप–राष्ट्रपति हमिद अन्सारी, भारत सरकारका कानुन तथा न्याय केन्द्रिय मन्त्री कीरेन रिजिजु, परराष्ट्र राज्य मन्त्री डा राजकुमार रंजन सिंह, केन्द्रिय राज्यमन्त्री रामेश्वर तेली, बिजेपिका पूर्व महासचिव तथा आरएसएस का राष्ट्रिय कार्यकारिणी राम मानव, कांग्रेस नेता मनिशंकर एयर, बिजेपी नेता बिजय जोली, सांसद भुवनेश्वर कालिता, आम आदमी पाटिका बिधायक अजय दत्त लगाएतका नेताहरुसंग छुट्टा छुट्टै छलफल गरेको भ्रमणमा सहभागि परिवार दलका प्रबक्ता सन्तोष पौडेलले दिए । नेता ढकालको भ्रमणले दुई मित्रराष्ट्रका नागरिक बिचको सम्बन्ध थप मजबुत बनाउन सफल रहेको ढकालको सचिवालयले जनाएको छ ।
अध्यक्ष ढकालले इंडिया इन्टरनेश्नल सेन्टर, दिल्लीमा आयोजित “इन्डो–प्यासिफिक क्षेत्रको शान्ति र बिकासका चुनौती“ बिषयक अन्तरक्रियामा बोल्दै दक्षिण तथा पुर्बी एशियामा बिकसित घटनाक्रमको बारेमा गम्भीर विश्लेषण आबस्यक रहेको बताए । उनले म्यान्मारमा नागरिक सरकारको पुनर्बहाली गर्न तथा अफगानिस्तानमा शान्ति र मेलमिलापको खांतिर सार्क लाइ क्रियाशील बनाउनुको साथै भारतले बिशेष भूमिका खेल्नु पर्ने धारणा राखे । ढकालले क्षेत्रीय शान्ति र बिकासको लागी सरकार, नागरिक समाज र निजि क्षेत्रको भरपर्दो सहकार्यमा जोड दिनुपर्ने बताए । सोही कार्यक्रममा पूर्वमन्त्री मनीशंकर एयरले नेपाल लगाएत छिमेकि मित्रराष्ट्र प्रति भारतको पछिल्लो नीति मित्रता र बिश्वाश अभिबृद्धि गर्न असफल रहेको बताए । बिजेपी नेता तथा सांसद भुवनेश्वर कलिता, म्यानमार र अफगानिस्तानको लागी पूर्व भारतीय राजदुत गौतम मुखोपड्याय र राजिव भटिया, दिल्लीका बिधायक अजय दत्त, परराष्ट्र विज्ञ प्रोफेशर महेन्द्र पी लामा, पूर्व राजदुतहरु योगेन्द्र कुमार तथा केभी राजन, पूर्व मेजर जेनेरल अशोक मेहता लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।
युपिएफ र आइआइपिपि बीच सम्झौतामा हस्ताक्षर
यसै बीच अध्यक्ष ढकालको भारत भ्रमणको क्रममा संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्मा आबद्दता प्राप्त सस्था युनिभर्सल पीस फेडेरेसन र इन्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीका बिचमा बिज्ञ समुह २०२२ लक्ष्य प्राप्तीको लागि एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । युनिभर्सल पीस फेडेरेसन एशिया प्रशान्त क्षेत्रका अध्यक्ष समेत रहेका ढकाल तथा इन्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीकाका संस्थापक निर्देशक श्री केसी। सुन्दरमका बिचमा बिज्ञ समुह २०२२ लक्ष्य लाई समर्थन गर्ने सहमति पत्रमा सेम्टेम्बर ५ मा हस्ताक्षर भएको हो । दुवै हस्ताक्षरकर्ताहरूले एशिया प्रशान्त क्षेत्र तथा विश्वमा शान्ति, सुरक्षा तथा विकासको कार्यलाई बढावा दिने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एशिया प्रशान्त क्षेत्र तथा बिश्वमा शान्ति तथा समझदारीलाई बढावा दिन दुई संगठनहरूका बिचमा सहकार्य गर्ने तथा बिद्धता आदान प्रदान गर्ने प्रतिबद्दता समजदारी हस्ताक्षर कार्यक्रममा ब्यक्त गरियो । सोही अवसरमा भारत सरकारका बिदेश राज्य मन्त्री मानानीय डा. राज कुमार रन्जन ,राज्य सभाको सान्सद मानानीय भुबनेश्वोर कालिता ,नेपालका लागि पूर्व भारतीय राजदूत के। भि। राजन्, भारतिय जनता पार्ट्रीका नेता बिजय जोली, सुरक्षा विज्ञ प्रा. डा. महेन्द्र लामा लगायत बिशिस्ट ब्यक्तित्वहरुको रहेको थियो ।

180 Views

ताजा

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५ गते, बुधबार

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५ गते, बुधबार

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

२०८२ चैत्र २२ गते, आईतवार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२ गते, आईतवार

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

२०८२ चैत्र २२ गते, आईतवार

होटल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशन २७ र २८ गते पोखरामा हुने

२०८२ चैत्र २२ गते, आईतवार

नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मातहतका निकायलाई विशेष आग्रह

२०८२ चैत्र २२ गते, आईतवार

काठमाडौंबाट गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ

२०८२ चैत्र २१ गते, शनिबार

काठमाडौंमा बिहान ११ बजेदेखि ३ बजेसम्म यी स्थानमा बिजुली कटौती हुने

२०८२ चैत्र २१ गते, शनिबार

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

२०८२ चैत्र २१ गते, शनिबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal