ओलीको अभिव्यक्तिप्रति किन आपत्ति ?
रमेश कुमार बोहोरा
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा सम्बोधन गरे । उनको सम्बोधनलाई लिएर अनेक टिकाटिप्पणी भएका छन् ।
ओलीपक्षीय नेता तथा कार्यकर्ताले सम्बोधन ऐतिहासिक भएको भन्दै सर्वत्र प्रशंसा गरेका छन् भने सचेत नागरिकले ओलीको बोली त्यो हदसम्म गिर्नु हुँदैनथ्यो भनेर आलोचना गरेका छन् । उनले शेरबहादुर देउवाको नेतृत्वमा बनेको नयाँ सरकारलाई शुभकामना दिनुको सट्टा आलोचनामात्र गरिरहे । आफू सत्ताबाट हट्छु भन्ने नसोचेका उनले सर्वोच्च अदालतले असार २८ गते दिएको परमादेशको पनि विरोध गरे । उनले परमादेश जनताको पक्षमा नआएकोले यसले पनि राष्ट्रिय राजनीतिमा देखिएका समस्याको समाधान गर्न नसक्ने दाबी गरे । उनले पटकपटक परमादेशको सरकार भन्दै व्यङ्यसमेत गरे । उनले सर्वोच्चले जनादेशको विपरीत निर्णय गरेकाले मान्न बाध्य नहुनेसमेत चेतावनी दिए । ओलीले सर्वोच्च अदालतले विश्वका कुनै पनि देशमा प्रधानमन्त्री बनाएकाले आफूलाई यो सम्झँदा अचम्म लागेको बताए । उनले अन्य देशमा कहीँ नभएजस्तो संविधान मिचेर दुईपटक प्रतिनिधिसभा भंग गरेको चाहिँ भनेनन् ।
ओलीले गठबन्धनको सरकारको दीर्घकालीन लक्ष्य र कार्यक्रम समेत नभएको टिप्पणी गरे । उनले देउवा सरकारलाई रहेको बाँकी १६–१७ महिनाको कार्यकाल पनि बधाई र शुभकामनामै बित्ने समेत ठोकुवा गरे । उनले देउवालाई झस्केलाबाट छिरेर प्रधानमन्त्री भएको र अबको निर्वाचनपछि आफ्नो पार्टी ठूलो हुने र आफू मूलढोकाबाट नै आएर फेरि प्रधानमन्त्री बन्ने बताए । ओलीले प्रधानमन्त्रीका रुपमा देउवालाई साउन ३ गते मतदान गर्ने एमालेका २२ जना सांसदतर्फ लक्षित गर्दै भने ‘उहाँहरुलाई मन्त्री बनाइदिनुस्, कुदिरहेका छन् किन ढिलो गरेको, जे पर्छ म सहँुला ।’ देउवालाई एमालेका माधवकुमार नेपाल पक्षका २२ जना सांसदले विश्वासको मत दिएका थिए । ओलीले संविधान स्विकार्ने भन्दै आफूले गरेका सबै काम संविधानसम्मत भएको दाबी गरे ।
ओली ४० महिना २५ दिनपछि सरकारबाट बाहिरिएका छन् । धेरैले उनको अभिव्यक्तिलाई सरकारबाट बिदा हुनुको कुण्ठाको रुपमा लिएका छन् । उनले प्रधानमन्त्रीलाई विभिन्न प्रश्न उठाएर यसबारे सरकारको धारणा के छ ? भनेर प्रश्न गरेका थिए । उनले आफूले चुच्चे नक्सा प्रकाशित गरेर राम्रो काम गरेको भए पनि त्यसलाई थप टुंगो लगाउने प्रक्रिया अघि बढाइएको चर्चा गरे । उनले सत्ता पक्षमा उन्माद आएको आरोप लगाएका छन् ।
उनले बोलिरहँदा प्रधानमन्त्री देउवा धैर्य भएर सुनिरहेका थिए । ओलीले सरकार बनेको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भन्दै सरकारको गतिविधिप्रति कटाक्ष गरेका थिए । उनले दिएको अभिव्यक्तिप्रति उनकै गुटका सांसदले समेत असन्तुष्टि जनाएका छन् ।
ताजा
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवार
१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो
२०८३ भाद्र १६ गते, मंगलवार
अनिश्चितकालका लागि तातोपानी नाका बन्द
२०८३ भाद्र १६ गते, मंगलवार
सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर
२०८३ भाद्र १६ गते, मंगलवार
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई
२०८३ भाद्र १४ गते, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





