शेषकान्त फाउण्डेशनद्धारा धादिङका ४ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

२०७८ असार ३ गते, बिहीबार

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका ५ मा रहेको शेषकान्त फाउण्डेशनले स्थानीय तीनवटा गाउँपालिकालाई फेरि पनि कोरोना संक्रमणको रोकथामका लागि स्वास्थ्य सामग्री उपलव्ध गराएको छ ।
फाउण्डेशनका उपाध्यक्ष तथा नेपाली कांग्रेस धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले सिद्धलेक, बेनिघाट रोराङ र गजुरी गाउँपालिकालाई मास्क, पीपीई, अक्सिमिटर, थर्मोमिटर, कन्सन्टेटरका साथै ग्लोव्सलगायतका सामग्री प्रदान गरेको जनाए । फाउण्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालसहितको पदाधिकारी र कार्यसमिति सदस्यहरुले गाउँपालिकामा नै पुगेर ती सामग्रीहरु हस्तान्तरण गरेका हुन् । अध्यक्ष ढकालले फाउण्डेशनको तर्फबाट समाजसेवाको भावनाले केही सामग्रीहरु उपलब्ध गराएको बताएका छन् । उनले आगामी दिनमा पनि समाजसेवामा फाउण्डेशनका गतिविधि सञ्चालन हुने जनाएका छन् ।
ढकालका बुबा शेषकान्त ढकालको नाममा २०७२ साल वैशाख १ गतेबाट फाउण्डेशन सञ्चालनमा आएको हो । साविक जीवनपुर निवासी स्वर्गीय शेषकान्त स्थानीय ठाउँमा सामाजिक व्यक्तित्वका रुपमा परिचित थिए । बुबाको सोच र योजनालाई साकार पार्न फाउण्डेशनको स्थापना गरिएको अध्यक्ष ढकालले बताए । फाउण्डेशनले २०७२ सालको भूकम्पमा पनि महत्वपूर्ण सेवा गरेको थियो जसलाई अझै पनि स्थानीयले सम्झिरहेका छन् । फाउण्डेशनले सोही ठाउँमा जर्मन टेक्निकल शिक्षालय सञ्चालन गरेर प्राविधिक शिक्षा पनि पढाइरहेको छ ।
फाउण्डेशनले गत बुधवार पनि धादिङकै धुनीवेशी नगरपालिकामा मेडिकल मास्क ५० प्याकेट, पीपीई एक सय पीस, अक्सिमिटर ५० पीस, थर्मोमिटर ५० पीस, कन्सन्टेटर ३ थानका साथै ग्लोव्सलगायतका सामग्री प्रदान गरेको थियो । ती सामग्री सबै वडाका साथै आवश्यक परेको स्थानमा वितरण गरिने स्थानीय तहले जनाएका छन् । फाउण्डेशनका उपाध्यक्ष सापकोटाले आवश्यकता अनुसार अन्य स्थानीय तहमा पनि उपलब्ध गराउने स्पष्ट पारेका छन् ।
फ्युचर अफ नेपालको आर्थिक सहयोग र लाजिम्पाट काठमाडौंमा रहेको ‘कोकिना मिठो छ’ को सहकार्यमा अहिले पनि ती स्वास्थ्य सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ । यसअघि वितरित सामग्रीमा पनि यिनै संस्थाले सहयोग र समन्वय गरेका थिए । ‘सामाजिक संस्था भएर सञ्चालनमा आएपछि त्यो अनुसारको दायित्व पनि निर्वाह गर्नुपर्छ त्यसैले पनि हामीले लक्ष्यलाई साकार बनाएका छौं’ सापकोटाले भने ‘कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सबैले आफ्नो ठाउँबाट जिम्मेवार भएर योगदान गर्नुपर्ने बेला भएको छ ।’

271 Views

ताजा

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

२०८२ चैत्र २२ गते, आईतवार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२ गते, आईतवार

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

२०८२ चैत्र २२ गते, आईतवार

होटल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशन २७ र २८ गते पोखरामा हुने

२०८२ चैत्र २२ गते, आईतवार

नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मातहतका निकायलाई विशेष आग्रह

२०८२ चैत्र २२ गते, आईतवार

काठमाडौंबाट गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ

२०८२ चैत्र २१ गते, शनिबार

काठमाडौंमा बिहान ११ बजेदेखि ३ बजेसम्म यी स्थानमा बिजुली कटौती हुने

२०८२ चैत्र २१ गते, शनिबार

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

२०८२ चैत्र २१ गते, शनिबार

‘तारा पिली पिली’ गीत सार्वजनिक (भिडियोसहित)

२०८२ चैत्र २० गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal