सन्दर्भ अन्तर्राष्ट्रिय माहिला दिवसः पितृसत्तात्मक सोच अझै हावी

२०७७ फाल्गुन २३ गते, आईतवार

काठमाडौं । नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनिकरण चुनौती थपिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताएकी छन् । नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समिति महिला विभागले आयोजना गरेको अन्तरक्रियामा बोल्नुहुँदै आयोगका अध्यक्ष पराजुलीले पितृसत्तात्मक सोच पुरूषहरूमा मात्र नभइ राज्यका विभिन्न संयन्त्रमा समेत रहेकाले यसको अन्त्यका लागि सबैमा जागरण आवश्यक रहेको बताउनु भयो ।
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा संयुक्त राष्ट्र संघले यस दिवसलाई महिला दिवस मात्र भनेपनि यसको सुरूवात श्रमिक महिलाले समान पारिश्रमिक पाउनु पर्ने माग भएको भन्दै सबै महिला श्रमिक भएका कारण पनि श्रमिक महिला दिवस भन्नु उपयुक्त रहेको उनको भनाइ थियो ।
महिला जीवनलाई बालिका, किशोरी, वयस्क, जेष्ठ र वृद्ध अवस्था गरी ५ अवस्थामा विभाजन गर्न सकिने बताउँदै अहिले वयस्क महिलाको मात्र समस्याको कुरा भइरहेको चर्चा गर्दै आराम गर्नु पर्ने उमेरमा समेत वृद्ध अवस्थाका महिलाहरु घरका विभिन्न काममा सक्रिय रहनु पर्ने स्थिति समाजमा रहेको र नाति नातिनालाई हेर्न र खाजा पकाएर खुवाउने लगायत काम गर्न नसकेको अवस्थामा अवस्थामा छोरा बुहारीले घरबाटै निकाली दिने भोगाइ रहेको बताए ।
कार्यक्रममा महिला हिंसा न्यूनिकरणका लागि क्रियाशील पत्रकारहरू मीरा (उषा) लोहनी, लक्ष्मी पुन र सम्झना महर्जनका साथै समाजसेवी गीता गुरूङ्गलाइ दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
महिला हिंसा न्यूनिकरणमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा मानव अधिकारका लागि महिला एक महिला समूहकी संस्थापक अध्यक्ष एवम् राष्ट्रिय महिला आयोगका सदस्य लिलि थापा र सिविन नेपालया कार्यकारी निर्देशक सुम्निमा तुलाधरले प्रमुख वक्ताका रूपमा महिला र बालिकाहरूले भोगिरहेका हिंसाका घटना सम्बन्धमा आफ्ना कुरा राखेका थिए । वक्ता थापाका अनुसार जस्तोसुकै नीति नियम तथा सोचमा परिवर्तन आयो भनेपनि सनसनी फैलाउने विषयहरुले स्थान पाउने तर महिला सशक्तिकरणका विभिन्न मुद्दाहरुले संचार माध्यममा अझै निकै कम मात्र स्थान पाएको उल्लेख गरे । जबसम्म सबै एक भएर साझा मुद्दाका रुपमा आवाज उठाउन सकिँदैन तबसम्म परिवर्तन टाढिँदै जाने उल्लेख गर्दै यसका लागि राजनीति, जाति, धर्मभन्दा पर मात्र महिला आवाज उठाउने महिला महासंघ आवश्यक रहेको बताए ।
अन्तरक्रियामा बालवालिकाप्रति हुने दुब्र्यवहार र हिंसाका विषयमा आफ्नो मन्तब्य राख्दै देशका उच्च पदस्थ ब्यक्तिहरुको स्थानमा सडक बालबालिका, बाल श्रमिकहरुको रहेको हेर्न चाहने कि नचाहने भनी प्रश्न गर्नुभयो । बालबालिकाहरुप्रति हुने हिंसा न्यूनिकरणका लागि अध्ययन अनुसन्धान महत्वपूर्ण छ तर यसका लागि कति संचार माध्यमले लगानी गर्छ ? निडर, निर्भिक भइ अध्ययनमा कुनै किसिमको असुरक्षा अनुभूति भए संचारकर्मीसाथ संचार माध्यम उभिनुपर्छ, पत्रकारमा दक्षता अभिबृद्धि तथा मुद्दाका बारेमा लेख्ने पत्रकारको सुरक्षाका विषयमा ध्यान जानुपर्छ भन्नु भयो । बालबालिका उद्धारमा समाचारको प्रभावले सकारात्मक परिणामहरु आएका छन् तर पीडितका पछि लाग्ने संचार माध्यम पीडक पछाडी सक्रिय भएर लाग्नु पर्ने बताए ।
कार्यक्रमका अतिथि मानव अधिकारका लागि महिला एकल महिला समूहका अध्यक्ष कुन्ता शर्माले नेपाल सरकारका विभिन्न प्रावधानहरुबारे लक्षित समूहसम्म ती सूचना पुग्न सकेको छैन भन्दै अभियानको उपलब्धि मध्ये विभिन्न संयन्त्रमा महिला समावेशीकरणको अभ्यास पनि भयो तर तिनै स्थानमा प्रतिनिधित्व गर्ने महिलाहरुले आवाज राख्न नसकेको अवस्था एकातिर छ भने अर्कोतिर उठाएको आवाज पनि सम्बोधन नहुने अवस्था छ । यी अवस्था परिवर्तनमा संचार माध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले दबूले राज्यको असमान ब्यवहारकै कारण नेवाः पत्रकार संगठित भएको उल्लेख गर्दै महिला हिंसा तथा बालबालिकाप्रति हुने हिंसा न्यूनिकरणमा दबूमा आवद्ध पत्रकारहरु निरन्तर सक्रिय रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उनले सूचनाको शक्तिबाट समाजमा परिवर्तन ल्याउन अनुभवी, विद्वत वर्गसँग अन्तरक्रिया पनि निरन्तर गर्दै जाने बताए ।
महिला विभाग प्रमुख एवम् पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष रचना श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा दबूका केन्द्रीय सहसचिव प्रेरणा शाक्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन दबूका केन्द्रिीय सदस्य सुनीता महर्जनले संचाल गरेका थिए । यस कार्यक्रममा पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाकी सदस्य एवम् स्वास्थ्यकर्मी विमला मानन्धरले यौन हिंसा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि संस्थाहरूले गरिरहेका प्रयासको बारेमा प्रश्न राखेका थिए । विभागका मीना बज्राचार्य, अनिता महर्जन, रूवि श्रेष्ठले कार्यक्रम ब्यवस्थापनमा सहयोग गरेका थिए ।

291 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal