जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जाको अध्यक्षमा श्रेष्ठ

२०७७ फाल्गुन २३ गते, आईतवार

स्याङ्जा । जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाको आठौ वार्षिक साधारणसभाबाट रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन भएको छ ।
समितिको उपाध्यक्षमा यज्ञप्रसाद पाठक, सचिवमा अच्यूत प्रसाद पोखरेल, कोषाध्यक्षमा लेख बहादुर केसी सर्वसम्मत चयन हुनु भएको हो ।
समितिका सदस्यहरुमा यादवराज शर्मा, अमृत नेपाली थापा, तारा केसी अर्याल, अर्जुन सुवेदी र नारायणसिंह थापा चयन हुनु भएको छ । लेखा समितिको संयोजकमा मुक्तिराम पाण्डे तथा सदस्यहरुमा नवराज शर्मा र कृष्ण डुम्रे सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नवनिर्वाचित सञ्चालक र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले शुक्रवार सपथ ग्रहण गराउनु भएको थियो ।
संघको आठौ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रम फागुन १८ गते सम्पन्न भएको थियो । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले गर्नु भएको थियो ।

302 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal