यस्तो छ एनआरएन क्यालिफोर्नियाको लागि च्याप्टर उपाध्यक्ष खत्रीको प्रतिबद्धता

२०७७ फाल्गुन २३ गते, आईतवार

विष्णु खत्री विगत लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आउनु भएको छ । उहाँले अमेरिकामा बसेर नेपालीहरुलाई सक्दो सहयोग पु¥याउँदै आउनु भएको छ । उहाँले यु.एन. मिशनमा समेत गएर सेवा गर्नु भएको थियो । अहिले ‘एनआरएन’ निर्वाचनका लागि अमेरिकाको क्यालिफोर्नियाको लागि च्याप्टरको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिनु भएको छ । निकै नै सरल र सोझा व्यक्तित्व खत्रीको यस्तो छ प्रतिबद्धता ।
आदरणीय अमेरिकाबासी नेपाली दाजु–भाई आमा, बुबा तथा दिदी–बहिनी, बिद्यार्थीहरुमा ‘सादर नमस्कार’
प्रवासमा रहेका हामी नेपालीहरुको गरिमामय साझा संगठन गैर आवासिय नेपाली संघ अमेरिका (NRNA) जस्तो हामी सबै नेपाली भाषीहरुको अविभावकत्व रहेको संस्थामा रही मेरो केही सामाजिक उत्तरदायित्व र सेवा गर्ने स्वच्छ मनासयले आगामी हुन गहरहेको निर्वाचनमा क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका लागि उमेरद्वारी दिने निर्णय गरेको छु ।
यो स्वतस्फूर्त उमेरद्वारी तमाम् क्यालिफोनिर्यामा रहनु भएका नेपाली दाजु–भाई आमा, बुबा, दिदी–बहिनीहरुको प्रतिनिधित्व सहितको उमेद्वारी रहनेछ। तसर्थ यो निस्वार्थ स्वतस्फुर्त उमेद्वारीमा यहाँको अमूल्य साथ, सहयोग र सल्लाह सुझावको अपेक्षा राख्दै यहांँहरुको सम्पूर्ण योगदानलाई मेरो विवेकले भ्याए सम्म कुनै लोभ लालज र स्वार्थ नराखी दृढताका साथ सेवामा रहनेछु भनी प्रतिवद्धता जनाउँदै नयाँ कार्यसमिती निर्वाचन (२०२१÷०२३)का लागि च्याप्टर उपाध्यक्ष पदमा म आफ्नो उमेद्वारी घोषणा गर्दछु । यदि मलाई विजयी गराउनु भएको खण्डमा निम्नानुसारको कार्यहरुमा मेरो प्राथमिकता रहनेछ ।
मेरा प्राथमिकताका कार्यहरू:–
१.नेपाली समुदायलाई अति आवश्यक Community Hall निर्माणका लागि आवश्यक पहल कदमी तथा तदारुकताका साथ लागि पर्नेछु ।
२ . हाम्रो नेपाली जनशक्तिलाई अझ सशक्त र सुदृढ बनाउन र यहाँको वयद job market तथा अवसरलाई मध्यनजर गरी यस राज्य तथा अन्य राज्यमा रहनु भएका विभिन्न क्षेत्रका नेपाली विद्वान मित्रहरु तथा दक्ष मित्रहरु संग एवं यहाँको सरकारी तथा गैह्र सरकारी निकायहरुसंग छलफल बहस र सहकार्य गरी विभिन्न किसिमका सिपमूलक तालिमहरु संचालन गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिने छु ।
३ . नेपालवाट विभिन्न माध्यमवाट तत्काल यहा‘ आई पुग्नु हुने हरेक नेपालीलाई सुरुमा समस्या पर्दछ तसर्थ उहाँहरूको लागि गा‘स, बास र जागीरका लागि सहयोग गर्नेछु। ।जुन मैले आजसम्म गरि गराई आई रहेको छु।
४ . जेहेन्दार बिध्यार्थीको लागी छात्रवृतिको व्यवस्थाका साथै अन्य विद्यार्थीहरुलाई आवश्यकता अनुसारको अन्य सहयोग उपलब्ध गराउने छु ।
५. यहाँ भैपरी आउने सुख दुःख का सवै कार्यहरुमा आफ्नो कर्तव्य ठानी आवश्यक सहयोग जुटाउने तथा समन्वयकारी भूमिका निभाउनेछु ।
६. विभिन्न भिषामा नेपालवाट केही समयका लागि आउनु हुने आमा वुवाहरु (parents)को लागि निशुल्क उपचारको व्यवस्था गर्न आवश्यक प्रकृयाका लागि सहयोग पुर्याऊने छु ।
७ ड्ड क्यालिफोर्निया राज्यको विभिन्न स्थानहरूमा छरिएर रहेका नेपालीहरूको लागी मुख्य मुख्य शहरमा सामुदायिक केन्द्र स्थापना गर्न नेपाली समाज भन्दा बाहिर बिदेशी संघ संस्था तथा व्यक्तिहरुसंग डोनेसनको लागी पहल गरी जत्ति सक्दो चाढो स्थापना गर्न जोड दिनेछु ।
८ . स्थायी बासिन्दाको लागि ईमिग्रेशन प्रक्रियामा रहनु भएका दाजुभाई तथा दिदी बहिनीहरूलाई तथा अन्य सबै किसिमको कानुनी सल्लाह उपलब्द गराउने प्रयोजनार्थ छुट्टै नेपाली कानुन व्यवसायीहरु संग सहकार्य गरी एउटा कानुन परामर्श डेस्क स्थापना गर्नेछु ।
म आफ्नो स्वतस्फुर्थ मनसायले समाजको सेवा गर्न ऊत्प्रेरित भएर आएको हुनाले म समाजको सल्लाह सुझाब ,समस्या जस्ता बिषयलाई समाधान र ब्यबस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने छु । मलाई मतदान गरि बिजयी गराउनु हुन तमाम् क्यालिफोर्नियावासी सम्पुर्ण दाजुभाई दिदी–बहिनी तथा आमा,बुबा र आफन्तजनहरुमा हार्दिक विनम्र’ अनुरोध गर्दछु !!!

557 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal